शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने
शेर्पा सङ्घ दक्षिण कोरियाले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला पुल प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत बुसान शाखालाई उपलब्ध गराउने भएको छ। संस्थागत एकता र शाखाहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले सङ्घले उक्त निर्णय गरेको हो।
आकस्मिक राहत कोषलाई मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको आय–व्यय विवरणअनुसार कुल ६६ लाख २७ हजार कोरियन वोन आम्दानी भएको थियो। प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा ५३ लाख ५६ हजार वोन खर्च भएपछि १२ लाख ७१ हजार वोन बचत भएको सङ्घले जनाएको छ।
बचत भएको कुल रकममध्ये आधा अर्थात् ६ लाख ३५ हजार ५ सय वोन शेर्पा सङ्घ दक्षिण कोरिया बुसान शाखालाई प्रदान गरिने अध्यक्ष दोर्जे शेर्पाले जानकारी दिएका छन्। बाँकी रकम संस्थाको उद्देश्यअनुसार उपयोग गरिने जनाइएको छ।
सङ्घका अनुसार यो सहयोग केवल आर्थिक हस्तान्तरणमा सीमित नभई संस्थाका विभिन्न...









