विशाल श्रेष्ठ: विगत १० वर्ष देखि दक्षिण कोरियामा रोजगारीका सिलसिला रहदै आउनुभएका प्रकाश बस्नेतको पहिलो प्रयास एक दमै नयाँपनका साथमा प्रमोद खरेल र मेलिना राइको स्वरमा पहिलो सांगेतिक कोसेली “लोभी नजर” सार्बजनिक भएको छ।
बस्नेतको लेखन तथा भावना म्युजिक सोलुसनको प्रस्तुति “लोभी नजर” मा नेपालको हालको सर्वप्रिय गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राइको श्वर रहेको छ। बिमल अधिकारी र सलिना खत्रीको अभिनय रहेको म्युजिक भिडियोलाइ मौसम हिमाली ले निर्देशन गर्नुभएको छ भने राजेश घिमिरेको छायांकन रहेको छ। बिमल अधिकारीको म्युजिक, विशाल निरौलाको arranger,कुमार रानाको मिक्स मास्टर, मालाश्री स्टुडियोमा खुमन सुमन रानाले रेकर्ड गर्नुभएको छ भने विकास ग्यवालिले एडिट र अनिमेष जोर्देनले मेकअप अनि शिव खत्रीको प्रडक्सन रहेको छ।
BHAWANA MUSIC SOLUTION को युट्युब च्यानलबाट सार्वजनिक भएको “लो...
१ फाल्गुन २०७९, सोमबार ००:४८१ फाल्गुन २०७९, सोमबार ००:४८१ फाल्गुन २०७९, सोमबार ००:४८ by विशाल श्रेष्ठNo Comments
काठमाडौं,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।
२८औँ 'जनयुद्ध दिवस'का अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसका रुपमा रहेको बताए।
उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना पनि व्यक्त गरेका छन्।
‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु’, ...
२८ माघ २०७९, शनिबार ०९:४९२८ माघ २०७९, शनिबार ०९:४९२८ माघ २०७९, शनिबार ०९:४९ by विशाल श्रेष्ठNo Comments
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको टिप्पणी गरे । उनले नेकपा एमालेले आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई देखाइदिएको बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्नेसमेत बताए ।
देशको राष्ट्रिय परिस्थिति दुषित रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको जिकिर गरे । उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम...
२६ माघ २०७९, बिहीबार १४:३६२६ माघ २०७९, बिहीबार १४:३६२६ माघ २०७९, बिहीबार १४:३६ by विशाल श्रेष्ठNo Comments
२६ माघ, धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए ।
२७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।
जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भउपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।
रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिन...
२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८ by विशाल श्रेष्ठNo Comments
नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित रहेकी छिन आज सम्म उनी आज भोलि दिपक राज गिरि सग मिलेर नेपाल कै बहुचर्चित फिल्म छ्क्का पन्जा कोसिरिज बनाउन मा बेस्त छिन ।
कुराकानी को क्रम मा दिपाश्री निरौलाले आफ्नी आमा लाइ सम्झियकि छिन । उनी पन्द्र बर्षकी हुदा आमा को देहान्त भएको खुलाएकी छिन । उनले आमा नहुदा र आमा को माया लाई बुज्झ्न नपाउदै भएको त्यो समय लाई लिएर सम्झिएको छ्न ।उनी भन्छिन आमा को धेरै याद आउँछ र आमा हुलाक । मा काम गर्ने क्रमचारी रहेको र आमा ले हरेक शनिबार सबै छोरा छोरी लाई तेल लगाएर मालिस गर्दिने अनिघाम ताप्ने गरेको याद गरेकी छिन ।
घर छेउमै पिक्निक जाने रमाइलो गर्ने गरेको पनि उनिले बताइन र भनिन बुबा ले अम्बा को बोट मुनि बनाइ...
२५ माघ २०७९, बुधबार ०७:५४२५ माघ २०७९, बुधबार ०७:५४२५ माघ २०७९, बुधबार ०७:५४ by विशाल श्रेष्ठNo Comments
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । गीता नाम गरेकी एक महिला श्रीमान बिदेशमा भएको मौका छोपी मणिराज बिश्वकर्मा नाम गरेका एक पुरुषसँग फरा र भएकि थिइन । आज भने उनिहरु एउटै कोठामा सँगै सुतिर हेको अबस्थामा फेला परेका छन ।
रामपुर घर भएका उनिहरु भागेर बिवाह गरी कोठाभाडामा लिई लुकेर बस्दै आएका रहेछन । महिलाले भने आफू भागेको कुरा श्रीमानलाई पनि थाहा भएको बताईन । नाठोले हेर्दाहेर्दै दुईचार झापड खाइहाले । खासमा फरार महिला र पुरुषको नाता जेठाजु बुहारीको रहेछ । उक्त पुरुषले छिमेकी भाईको श्रीमती उ डाएका रहेछन ।
असोजदेखि उनिहरु सँगै बस्नेखानेदेखि लिएर सुत्ने गरेको बाहीरिएको छ । एउटै कोठामा छोरा र ना ठो दुबैलाई सुताउने कस्ती महिला ? बिबाह नै नगरी श्रीमान बिदेश हुँदा यता श्रीमती भने नाठोसँंग ओछ्यान तताएको खबरले के बित्ला बिदेशमा रहेका श्रीमा...
२४ माघ २०७९, मंगलवार ०६:२९२४ माघ २०७९, मंगलवार ०६:२९२४ माघ २०७९, मंगलवार ०६:२९ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । टर्की र सिरियामा गएको दुई शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल सम्म उक्त भूकम्पमा ४ हजार ३०० जनाको मृत्यु पुष्टि भएको छ भने मृत्यु हुनेको संख्यामा बढोत्तरी हुनसक्ने प्रबल सम्भावना रहेको छ।
भूकम्पले सबैभन्दा बढी क्षति अंकारा, नुरदागीलगायतका १०शहरमा पुर्याएको छ । टर्कीमा भूकम्प आएको केही सेकेन्डमै सिरिया, लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
टर्कीको आपतकालीन एजेन्सी एफएडीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार हाल विभिन्न ६५ देशको सहयोगमा क्षतिग्रस्त क्षेत्रमा उद्धार कार्य अगाडि बढाइएको छ ।
सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको उक्त भूकम्पको पराकम्प ३ सय किलोमिटरसम्म महसुस गरिएको रिपोर्टमा उल्लेख छ ।...
२२ माघ २०७९, आईतवार ११:५७२२ माघ २०७९, आईतवार ११:५७२२ माघ २०७९, आईतवार ११:५७ by एलिनाNo Comments
राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी
माघ २० गतेबाट ’ नम्बरी सुन यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ ।
निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको जानकारी दिए । यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन् । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।
लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।...
२२ माघ २०७९, आईतवार १०:३७२२ माघ २०७९, आईतवार १०:३७२२ माघ २०७९, आईतवार १०:३७ by एलिनाNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया' ले श्रीस्वस्थानी साङ्गेता (व्रत समापन ) कार्यक्रम र NRNA ख्यङ्गि इन्छन प्रान्त सग समन्वय गरेर सयुंक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
'पाँच-स' दक्षिण कोरिया' को अध्यक्ष नरेश मेहताको अध्यक्षतामा तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका प्रमुख सल्लाहकार आनन्द सिलवालको प्रमुख अतिथत्वमा "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा आयोजित 'पाँच-स' दक्षिण कोरिया'को पूर्व अध्यक्ष तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका सल्लाहकार प्रेमराज अधिकारी ज्युको सयुंक्त बिदाइ तथा सम्मान कार...
२२ माघ २०७९, आईतवार १०:३४२२ माघ २०७९, आईतवार १०:३४२२ माघ २०७९, आईतवार १०:३४ by एलिनाNo Comments
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
उक्त पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
यो निर्णयसँगै उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिँदैछन्।
अदालतको आदेशपछि पद गुमाएमा रास्वपका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री बन्ने चाहना राखेका थिए। तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत भएनन्।
प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए, त्यो प्रस्ताव लामिछानेले स्वीकार गरेनन्।
गृह मन्त्रालय दिन रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ शनिबार सकिएको थियो। त्यसपछि बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थि...