दशैको पहिलो हप्तानै “छक्का पञ्जा ५” कोरियाको ४ शहरमा लाग्दै
विशाल आवाज:नेपालमा दशैँको फूलपातीको दिनबाट प्रदर्शन आएको यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि दशैको पहिलो हप्तानै जिन्छन,नोन्सान,थेजन र छन्जु गरि ४ शहरमा प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै विभिन्न सहरका आयोजकहरूले दोलखा समाजसँग आफ्नो सहरको प्रदर्शन अधिकार लिइ विभिन्न चार शहरमा चलचित्र प्रदर्शन गर्न लागेको दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ।
“छक्का पञ्जा ५” अक्टोबर १२ तारिख शनिबारका दिन नोन्सान नेपाली समाज दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा साँझ ७ बजे 충남 논산시 중앙로 255 नोन्सान स्थित मेगाबक्समा नोन्सान सो गर्दैछ।
यसैगरी १२ तारिख नै इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसर...









