किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा बिरेन तुम्खेवा निर्वाचित
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको चौधौँ महाधिवेशनबाट बिरेन तुम्खेवा अध्यक्षमा निर्वाचित भएका छन्।नोभेम्बर १५ तारिख आइतबार पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा सम्पन्न महाधिवेशनले तुम्खेवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमित नेम्वाङ चयन भएका छन् भने उपाध्यक्षहरूमा डि.बी. योङहाङ, राजन सौदेन, घनेन्द्र केरुङ, ऋतु सङ्मी, रुबिना आङ्बो, मिलन फुदुङ र प्रमेश मादेन रहेका छन्।त्यसैगरी महासचिवमा महेन्द्र हाङसरुम्बा, सचिवमा इन्द्र केरुङ, सहसचिवमा सर्वण कुमार तुम्बापो, कोषाध्यक्षमा बुद्धिबल थोक्लेन र सहकोषाध्यक्षमा समीर योङहाङ चयन भएका छन्।त्यस्तै कार्यसमिति सदस्यहरूमा सागर खजुम, यमुना इजम, सम्झना माङ्मु, निर्मल नेम्वाङ, मक्खु योङहाङ, विप्लव तुम्बापो, मिथुन तुम्बापो, युवराज लिम्बू, राजन सम्बाहाम्फे, प्रभात साँवा लिम्बू, नुगेन आङदेम्बे, दिक...









