Advertisement
Advertisement

समाचार

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा बिरेन तुम्खेवा निर्वाचित

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा बिरेन तुम्खेवा निर्वाचित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको चौधौँ महाधिवेशनबाट बिरेन तुम्खेवा अध्यक्षमा निर्वाचित भएका छन्।नोभेम्बर १५ तारिख आइतबार पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा सम्पन्न महाधिवेशनले तुम्खेवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमित नेम्वाङ चयन भएका छन् भने उपाध्यक्षहरूमा डि.बी. योङहाङ, राजन सौदेन, घनेन्द्र केरुङ, ऋतु सङ्मी, रुबिना आङ्बो, मिलन फुदुङ र प्रमेश मादेन रहेका छन्।त्यसैगरी महासचिवमा महेन्द्र हाङसरुम्बा, सचिवमा इन्द्र केरुङ, सहसचिवमा सर्वण कुमार तुम्बापो, कोषाध्यक्षमा बुद्धिबल थोक्लेन र सहकोषाध्यक्षमा समीर योङहाङ चयन भएका छन्।त्यस्तै कार्यसमिति सदस्यहरूमा सागर खजुम, यमुना इजम, सम्झना माङ्मु, निर्मल नेम्वाङ, मक्खु योङहाङ, विप्लव तुम्बापो, मिथुन तुम्बापो, युवराज लिम्बू, राजन सम्बाहाम्फे, प्रभात साँवा लिम्बू, नुगेन आङदेम्बे, दिक...
यहि नोभेम्बर २८ तारिख जिन्छनको मेगाबक्समा नेपाली सुपरहित चलचित्र “कबड्डी’ प्रदर्शन हुदै

यहि नोभेम्बर २८ तारिख जिन्छनको मेगाबक्समा नेपाली सुपरहित चलचित्र “कबड्डी’ प्रदर्शन हुदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियाको जिन्छनमा आगामी नोभेम्बर २८ तारिख शनिबार नेपाली चलचित्र ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुने भएको छ। बासुरी फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रको प्रदर्शन जिन्छन बस टर्मिनलस्थित मेगाबक्स (MEGABOX) मा हुन लागेको हो। चलचित्रको प्रदर्शन साँझ ७ बजे (इभिनिङ शो) सुरु हुनेछ। दक्षिण कोरियाको जिन्छन तथा आसपासका क्षेत्रमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली चलचित्र हेर्न उपस्थितिका लागि अनुरोध गरिएको छ। रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा नेपाली कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको पोस्टरमा ‘After the Final Match’ उपशीर्षकसमेत राखिएको छ। कार्यक्रममा पोखरा रेस्टुरेन्ट तथा लालिगुराँस फेमिली रेस्टुरेन्टको रेस्टुरेन्ट पार्टनरका रूपमा सहयोग रहनेछ भने जेन हिमालय ट्राभल एन्ड टुर्स ट्राभल पार्टनर, सामसुङ लाइफ इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर र हानपास रेमिट ...
दक्षिण कोरियाको Eonyang मा यही नोभेम्बर २९ तारिख नेपाली सुपरहित चलचित्र “कबड्डी” को बिषेश प्रदर्शन हुने

दक्षिण कोरियाको Eonyang मा यही नोभेम्बर २९ तारिख नेपाली सुपरहित चलचित्र “कबड्डी” को बिषेश प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
अन्याङ नेपाली समाज उल्सान, दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर २९ तारिख आइतबार दक्षिण कोरियाको उल्सानमा नेपाली कथानक चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन हुने भएको छ। आपत्कालीन राहतकोष स्थापना तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रदर्शन आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार चलचित्र प्रदर्शन 울산광역시 울주군 삼남읍 울산역로 345 (3층) मा हुनेछ। नोभेम्बर २९ मा हुने प्रदर्शनका लागि दिउँसो १२:३० बजे कार्यक्रम सुरु हुनेछ। 언양시외버스터미널 बाट पैदल हिँडेर करिब ७ मिनेटमा कार्यक्रमस्थल पुग्न सकिने आयोजकले जनाएको छ। चलचित्रको प्रवेश शुल्क सामान्यतर्फ ३० हजार वन र विद्यार्थीका लागि २५ हजार वन निर्धारण गरिएको छ। टिकट खरिद गर्ने प्रत्येक दर्शकलाई एक बोतल मिनरल वाटर निःशुल्क उपलब्ध गराइनेछ। उक्त चलचित्र प्रदर्शनबाट प्राप्त सहयोग रकम आपत्कालीन राहतकोषमा जम्मा गरिने आयोजकले जनाएको छ।...
श्रीमतीलाई नेपाल पठाएको दुई दिनमै कोरियामा सुतेकै अवस्थामा अस्ताए सात जना दिदीहरुको एक्लो भाइ पृतम तामाङ

श्रीमतीलाई नेपाल पठाएको दुई दिनमै कोरियामा सुतेकै अवस्थामा अस्ताए सात जना दिदीहरुको एक्लो भाइ पृतम तामाङ

Breaking News, Breaking news 1, Breaking news 2, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा रोजगारीका लागि आएका काभ्रेपलाञ्चोकका पृतम तामाङको सुतेकै अवस्थामा आकस्मिक निधन भएको छ। ख्याङसाङनाम्दो क्षेत्रमा कार्यरत धुलिखेल नगरपालिका–१, देविटार निवासी तामाङको नोभेम्बर १४ तारिख राति दक्षिण कोरियामा निधन भएको हो। प्राप्त जानकारीअनुसार श्रीमतीलाई नेपाल पठाउन विमानस्थलसम्म पुर्‍याएर फर्किएका उनी आनसानस्थित एक साथीको कोठामा बसेका थिए। सोही क्रममा सुतेकै अवस्थामा उनको निधन भएको बताइएको छ। बिहान अबेरसम्म नउठेपछि साथीहरूले हेर्न जाँदा उनी अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। अस्पतालले परीक्षणका क्रममा करिब ६ घण्टाअघि नै उनको मृत्यु भइसकेको जानकारी दिएको बताइएको छ। करिब ८–९ वर्षअघि रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका तामाङ E-7 भिसामा कार्यरत थिए। विदेशमा परिवारको सुखद भविष्य निर्माण गर्ने सपना बोकेर लामो समयदेखि संघर्ष गरिरहेका उनले श्रीमतील...
कोरियामा एक वर्ष नपुगी काम छाडे विदेशी कामदारले 퇴직금 नपाउने, सरकारी नियममा यस्तो व्यवस्था

कोरियामा एक वर्ष नपुगी काम छाडे विदेशी कामदारले 퇴직금 नपाउने, सरकारी नियममा यस्तो व्यवस्था

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा एउटै रोजगारदातासँग लगातार एक वर्ष काम पूरा नगरी रोजगारी अन्त्य गर्ने विदेशी कामदारले सामान्यतया सेवा समाप्ति भत्ता अर्थात् 퇴직금 पाउने योग्यता हासिल गर्दैनन्। कोरियाली सरकारको रोजगार अनुमति प्रणाली (EPS) तथा सम्बन्धित कानुनी व्यवस्थाले पनि यसलाई स्पष्ट पारेका छन्। कोरियाको रोजगार तथा श्रमसम्बन्धी सरकारी जानकारीअनुसार, विदेशी कामदारलाई रोजगारीमा राख्ने रोजगारदाताले लागू हुने नियमअनुसार प्रस्थान अवधि बीमा (출국만기보험) मा सहभागी भई प्रत्येक महिना रकम जम्मा गर्नुपर्छ। यो बीमा विदेशी कामदारले योग्यताअनुसार पाउने सेवा समाप्ति भत्ताको व्यवस्थासँग सम्बन्धित छ। सरकारी रोजगार सेवा पोर्टलका अनुसार, विदेशी कामदारले एउटै कार्यस्थलमा एक वर्ष पूरा नगरेको अवस्थामा रोजगारदाताले बीमामा जम्मा भएको रकम फिर्ता लिन सक्ने व्यवस्था छ। एक वर्ष वा सोभन्दा बढी काम गरेका योग्य कामदारले भने निर्धारित प्रक्...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन नोभेम्बर १५ सउलमा हुने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन नोभेम्बर १५ सउलमा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन आगामी नोभेम्बर १५ तारिख आइतबार आयोजना हुने भएको छ। याक्थुङ (लिम्बू) समुदायको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान तथा अस्तित्वको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले महाधिवेशनमार्फत भावी कार्यदिशा तय गर्ने, सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउने तथा नयाँ नेतृत्व चयन गर्ने जनाएको छ। महाधिवेशनले याक्थुङ समुदायको एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायको मौलिक हक, अधिकार तथा राजनीतिक अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थाले लिएको छ। संस्थाले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण याक्थुङ समुदायका सदस्य, अग्रज तथा शुभेच्छुकहरूलाई महाधिवेशनमा उपस्थित भई आफ्ना अमूल्य सुझाव, सल्लाह तथा शुभकामना प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ। समुदायको पहिचान, अस्तित्व र अधिका...
दक्षिण कोरियामा ३१ हजारभन्दा बढी विदेशी विद्यार्थी अवैध रूपमा बसोबास गरिरहेको तथ्यांक सार्वजनिक

दक्षिण कोरियामा ३१ हजारभन्दा बढी विदेशी विद्यार्थी अवैध रूपमा बसोबास गरिरहेको तथ्यांक सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा विद्यार्थी तथा भाषा अध्ययनका लागि जारी गरिने भिसामा आएका ३१ हजार ६६५ विदेशी नागरिक अनुमति प्राप्त बसाइ हैसियतबाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ। दक्षिण कोरियाको न्याय मन्त्रालयबाट प्राप्त विवरणअनुसार सन् २०२६ अगस्टसम्मको तथ्यांकमा विश्वविद्यालयमा अध्ययन गर्ने र भाषा प्रशिक्षणका लागि आएका विदेशी नागरिकहरू समावेश छन्। तथ्यांकअनुसार विश्वविद्यालयमा डिग्री हासिल गर्ने उद्देश्यले जारी गरिने डी–२ (D-2) भिसामा आएका ९ हजार ९४६ जना र भाषा अध्ययनका लागि जारी गरिने डी–४ (D-4) भिसामा आएका २१ हजार ७१९ जना अवैध बसोबासको अवस्थामा रहेका छन्। यसरी हेर्दा कुल संख्याको करिब ६८.६ प्रतिशत डी–४ भिसामा आएका व्यक्तिहरू छन्। भिसाको प्रकारअनुसार अवैध बसोबासको दरमा पनि ठूलो अन्तर देखिएको छ। भाषा प्रशिक्षणका लागि दक्षिण कोरियामा रहेका ७४ हजार ४५० जनामध्ये २९.२ प्रतिशत अनुमति प्राप्त बसाइ हैसियतबाह...
दक्षिण कोरियाको फाजुमा रोयल एफ.सिद्वारा नोभेम्बर ८ तारिख ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुँदै, SentBe मा नयाँ खाता खोल्दा टिकटमा ५०% छुट

दक्षिण कोरियाको फाजुमा रोयल एफ.सिद्वारा नोभेम्बर ८ तारिख ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुँदै, SentBe मा नयाँ खाता खोल्दा टिकटमा ५०% छुट

Breaking News, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
दक्षिण कोरियाको ख्यङ्गिदोस्थित पाजुमा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन (पाजु शो) हुने भएको छ। नोभेम्बर ८ तारिख आइतबार दिउँसो १ बजेदेखि पाजुस्थित मेगाबक्स सिनेमामा चलचित्र प्रदर्शन गर्न लागिएको हो। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शनका लागि रोयल एफसीले स्क्रिनिङ पार्टनरका रूपमा सहकार्य गरेको छ। कोरियामा रहेका नेपाली दर्शकलाई लक्षित गरी आयोजना हुन लागेको प्रदर्शनमा चलचित्रप्रेमी नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार चलचित्रको टिकट मूल्य ३० हजार कोरियन वन तोकिएको छ। साथै, SentBe मा रेमिट्यान्स खाता दर्ता गरी टिकट खरिद गर्दा टिकट मूल्यमा ५० प्रतिशत छुट प्राप्त गर्न सकिने जानकारी पोस्टरमार्फत दिइएको छ। चलचित्र प्रदर्शन पाजुस्थित 금촌 Megabox, 경기도 파주시 중앙로 328 मा हुनेछ। टिकट तथा अन्य जानकारीका...
छुसकमा आयोजित ‘रारा सांगीतिक सौगात भाग–२’ बाट १ करोड ३६ लाख वनभन्दा बढी बचत, कर्णालीमा स्वास्थ्य शिविर र विद्यार्थीलाई सहयोग गरिने

छुसकमा आयोजित ‘रारा सांगीतिक सौगात भाग–२’ बाट १ करोड ३६ लाख वनभन्दा बढी बचत, कर्णालीमा स्वास्थ्य शिविर र विद्यार्थीलाई सहयोग गरिने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले छुसकको अवसरमा आयोजना गरेको ‘रारा सांगीतिक सौगात भाग–२ : लोक तथा देउडा साँझ’ कार्यक्रमबाट १ करोड ३६ लाख ९३ हजार १९६ वन बचत भएको सार्वजनिक गरेको छ। समाजले सन् २०२६ सेप्टेम्बर २६ मा आयोजना गरेको उक्त सांगीतिक कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गर्दै कुल आम्दानी २ करोड ५३ लाख २२ हजार ४८० वन र कुल खर्च १ करोड १६ लाख २९ हजार २८४ वन रहेको जनाएको हो। सार्वजनिक विवरणअनुसार कार्यक्रममा व्यक्तिगत सहयोग, अनलाइन टिकट, कार्यक्रमस्थलमा टिकट बिक्री, खानपिन तथा पेय पदार्थ बिक्री र संस्थागत सहयोगलगायत विभिन्न शीर्षकबाट आम्दानी भएको थियो। त्यस्तै, कार्यक्रम हल भाडा, डिजे तथा साउन्ड सिस्टम, कलाकार पारिश्रमिक, ब्यान्ड तथा क्यामेरा, हवाई टिकट, यातायात, होटल, प्रचार सामग्री र अन्य व्यवस्थापकीय खर्चमा रकम खर्च भएको विवरणमा उल्लेख छ। बचत रकम कर्णालीमा स्वास्थ्य शिविर र विद्य...
दक्षिण कोरियामा विदेशी भाषामा प्रहरी सेवा लिन कठिन, एआई प्रणाली विकास हुँदै

दक्षिण कोरियामा विदेशी भाषामा प्रहरी सेवा लिन कठिन, एआई प्रणाली विकास हुँदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  दक्षिण कोरियामा विदेशी नागरिकले प्रहरीसँग सम्पर्क गर्दा भाषागत समस्या भोग्नुपरेको विषय सार्वजनिक भएको छ। विदेशी भाषामा ११२ आपत्कालीन सेवामा आउने फोनको संख्या तीव्र रूपमा बढेपछि प्रहरीले बहुभाषिक सेवा सुधार गर्ने तयारी गरेको हो। प्रहरीको तथ्यांकअनुसार सन् २०२५ मा विदेशी भाषामा ११२ मा २१ हजार २५२ फोन आएका थिए, जुन सन् २०२४ को १० हजार ३४८ भन्दा दोब्बरभन्दा बढी हो। सन् २०२६ को पहिलो आठ महिनामै २१ हजार १२ फोन आइसकेका छन्। हाल ११२ आपत्कालीन सेवा केन्द्रमा अंग्रेजी र चिनियाँ भाषाका लागि आन्तरिक अनुवाद सुविधा छ भने अन्य भाषाका लागि बाह्य अनुवादकको सहयोग लिनुपर्ने व्यवस्था छ। प्रहरी कार्यालयमा बयान लिने वा पक्राउ गर्ने क्रममा पनि अनुवादक उपलब्ध गराउन कठिन हुने गरेको छ। विशेषगरी पक्राउको कारण र कानुनी अधिकारबारे जानकारी दिँदा सही अनुवाद अत्यन्त आवश्यक मानिन्छ। यस समस्यालाई समाधान गर्न...