अब दक्ष नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने बाटो अझ सहज बनेको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत E-7 भिसा प्रणाली अन्तर्गत कामदार पठाउने कार्यविधि स्वीकृत गरेको छ।
मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार विशेष योग्यता पूरा गरेका म्यानपावर कम्पनीलाई मात्र दक्ष कामदार पठाउने अनुमति दिइनेछ। यसका लागि कम्पनीहरूले आफ्नै प्रशिक्षण केन्द्र वा विद्यमान प्रशिक्षण केन्द्र भाडामा लिएर सञ्चालन गर्नुपर्ने र त्यहाँ कम्तीमा दुई जना प्रमाणित कोरियन भाषा प्रशिक्षक राख्नुपर्नेछ।
त्यस्तै, कम्पनीहरूले सम्बन्धित कोरियन संस्था वा संघसंस्थासँग सम्झौता गरी मागपत्र ल्याउन सक्ने व्यवस्था गरिएको छ। तर, यस क्रममा कामदार वा कम्पनीसँग अतिरिक्त शुल्क लिन नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।
दक्ष कामदारले कोरिया जानुअघि भाषा परीक्षा र सीप (Occupational Skill) परी...
२ भाद्र २०८२, सोमबार ०९:५०२ भाद्र २०८२, सोमबार ०९:५०२ भाद्र २०८२, सोमबार ०९:५० by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) को २२औं वार्षिक साधारण सभा तथा अधिवेशन २०२५ मा युग्नाम विश्वविद्यालय, देगुमा सम्पन्न भएको छ। अधिवेशनमार्फत सभापति किरण सुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
सन् २००४ मा स्थापना भई २०१५ मा दक्षिण कोरियाको स्थानीय प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता भएको SONSIK, कोरियामा रहेका नेपाली विद्यार्थीहरूको एक मात्र आधिकारिक र गैर–नाफामूलक विद्यार्थी संगठन हो। यस संस्थाले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच विचार, अनुभव र ज्ञानको आदान–प्रदानलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।
साधारण सभामा विगतका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्दै, नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने संकल्प व्यक्त गर्यो। निर्वाचित पदाधिकारीहरूले नेपाल र कोरियामा रहेका विद्या...
२ भाद्र २०८२, सोमबार ०८:५५२ भाद्र २०८२, सोमबार ०८:५५२ भाद्र २०८२, सोमबार ०८:५५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको बुसानस्थित अस्पतालमा उपचाररत उदयपुर चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर बेल्हा निवासी कमल चौधरीको निधन भएको छ। विगत डेढ महिनादेखि कोमामा रहेका चौधरीको उपचारकै क्रममा आज दिउसो १ बजे ज्यान गएको हो।
इपिएस मार्फत कृषिक्षेत्रमा कार्यरत चौधरी केही महिनाअघि मात्रै काम छोडेर नयाँ रोजगारीको खोजीमा सेल्टरमा बसिरहेका थिए। त्यही क्रममा उनी एकाएक बेहोस भई प्रहरीले एम्बुलेन्समार्फत अस्पताल पुर्याएको थियो। चिकित्सकले उनको टाउकोमा रगत जम्ने (Brain Hemorrhage) समस्या देखाएका थिए।
कोरियामा कार्यरत नेपाली कमल चौधरी गम्भीर बिरामी — सहयोगको अपिल news सहयोग अपिल गर्ने वेलाको क्लिक गर्नुहोला
घटनापछि उनलाई Chosun University Hospital को आईसीयूमा राखेर उपचार गरिएको थियो। तीन हप्तासम्म आईसीयूमा राख्दा कहिलेकाहीं उनले हातखुट्टा चलाउने र आँखा झिम्क्याउने गरे पनि स्वास्थ्यमा सुधार नआए...
२ भाद्र २०८२, सोमबार ०८:३१२ भाद्र २०८२, सोमबार ०८:३१२ भाद्र २०८२, सोमबार ०८:३१ by विशाल श्रेष्ठNo Comments
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा खिम्जे नेपाली समाज, दक्षिण कोरियाको आयोजनामा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम यहीँ २०२५ अगस्ट २४ (आइतबार) का दिन दिउँसो १ बजेबाट 김제시 가족 센터 (Kimje Family Center), 김제시 하동1 길 121 मा हुने आयोजकले जनाएको छ।
यस कार्यक्रमलाई खिम्जे नेपाली समाज तथा खिम्जे ब्रदरहुडले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। कार्यक्रमलाई अझ भव्य र सांस्कृतिक रुप दिने उद्देश्यले शुभकामना आदान–प्रदान, दर खाने, नाचगान लगायतका प्रस्तुतिहरू हुने बताइएको छ।
समाजका अनुसार कार्यक्रममा सहभागिता महिलाहरूका लागि निःशुल्क रहनेछ भने पुरुषहरूले १५,००० वोन शुल्क तिर्नुपर्नेछ। खिम्जे र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उपस्थित भई तीजको रमझममा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
हरितालिका तीजलाई महिलाहरूको आत्मब...
२ भाद्र २०८२, सोमबार ०६:५०२ भाद्र २०८२, सोमबार ०६:५०२ भाद्र २०८२, सोमबार ०६:५० by एलिनाNo Comments
बिशाल आवाज :तमू समूदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, लिपि र भेषभूषाको संरक्षण र सम्बर्द्धन गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले स्थापित तमू धीं दक्षिण कोरियाले आफ्नो ११औं केन्द्रीय महाधिवेशन आगामी २०२५ अगस्ट २४ (आइतबार), बिहान ११ः०० बजे, सिओलस्थित 종로구 창신길 51, 새마을 빌딩, 5층 (창신동) मा भव्य रूपमा गर्ने भएको छ।
सन् १९९९ मा कोरियामा रहेका तमू समुदायले “धर्म हरायो भने संस्कार हराउँछ, संस्कार हरायो भने संस्कृति हराउँछ, र संस्कृति हरायो भने मानव अस्तित्व हराउँछ” भन्ने ऐतिहासिक मूल मन्त्रलाई आत्मसात गर्दै यस संस्थाको स्थापना गरेका हुन्। सुरुवातदेखि नै तमू धीं दक्षिण कोरिया केवल गुरुङ (तमू) समुदायका लागि मात्र नभई गैर तमु (गैर–गुरुङ) समुदायका लागि समेत साथ–सहयोग, आपतकालीन सहयोग र सामाजिक–सांस्कृतिक उत्थानमा सक्रिय हुँदै आएको छ।
अध्यक्ष रुपा गुरुङले सस्थाको तर्फ बाट कोरियावा...
२ भाद्र २०८२, सोमबार ०३:१५२ भाद्र २०८२, सोमबार ०३:१५२ भाद्र २०८२, सोमबार ०३:१५ by एलिनाNo Comments
विशाल आवाज: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित गजेदो स्थित हान्वा ओसन नेपाली एकता समाजले यस वर्ष पनि भव्य रूपमा तीज विशेष दर खाने तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना गर्ने भएको छ।
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यो कार्यक्रम आउँदो अगस्ट २४ (आइतबार), बिहान १० बजे ग्योङनाम (경남 거제시 탑곡로 75, 아주동, 거제시노동복지회관) मा सम्पन्न हुने भएको समाजले जनाएको छ।
हान्वा ओसन क्षेत्रमा मात्रै ८०० भन्दा बढी नेपाली कार्यरत रहेकोले यसपटकको तीज कार्यक्रमलाई अझै भव्य र उत्साहपूर्ण ढङ्गले मनाइने अपेक्षा गरिएको छ। समाजका अध्यक्ष नारायण शाही ठकुरीले भन्नुभयो– “हाम्रो साझा संस्था हान्वा ओसन नेपाली एकता समाजको यस तीज विशेष कार्यक्रममा तपाईँहरूको सुझाव, साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं।”
कार्यक्रममा द...
१ भाद्र २०८२, आईतवार १३:१३१ भाद्र २०८२, आईतवार १३:१३१ भाद्र २०८२, आईतवार १३:१३ by विशाल श्रेष्ठNo Comments
यस वर्षको छुसक पर्वलाई १० दिन लामो बनाउन सकिने सम्भावना न्युन भएको छ। सरकारले अक्टोबर १० लाई अस्थायी सार्वजनिक बिदा घोषणा नगर्ने संकेत देखिएको हो।
गत हप्ता राष्ट्रपति ली जे–म्युंगले चुसोक अवधिमा उपभोग बढाउन सक्रिय कदम चाल्न आग्रह गरे पनि सरकारी अधिकारीहरूले लामो बिदाले घरेलु खर्चभन्दा बढी विदेश यात्रालाई प्रोत्साहन गर्ने र उत्पादन–निर्यातमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेका छन्।
यस पटक छुसक बिदा राष्ट्रिय स्थापना दिवस (अक्टोबर ३) र हान्गुल दिवस (अक्टोबर ९) सँग मिल्दा सात दिन लामो हुने पक्का भएको छ। यदि शुक्रबार, अक्टोबर १० लाई अस्थायी सार्वजनिक बिदा घोषणा गरिएमा त्यसमा थप दुई दिनको सप्ताहन्त जोडिँदै लगातार १० दिनको लामो बिदा हुने थियो।
दक्षिण कोरियामा सरकारले आवश्यकतानुसार अस्थायी सार्वजनिक बिदा तोक्ने कानुनी व्यवस्था छ। यसै वर्ष जनवरीमा सरकारले जनवरी २७ लाई अस्थायी बिदा घो...
१ भाद्र २०८२, आईतवार १०:३४१ भाद्र २०८२, आईतवार १०:३४१ भाद्र २०८२, आईतवार १०:३४ by विशाल श्रेष्ठNo Comments
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) दक्षिण कोरियाले सउलमा भौतिक तथा भर्चुअल कार्यक्रममार्फत एनआरएनए श्रमिक–विद्यार्थी हेल्प डेस्कको उद्घाटन सम्पन्न गरेको छ।
संघका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय सरद सिंह भण्डारी भर्चुअल रूपमा प्रमुख अतिथि रहनुभयो भने एनआरएनए आईसीसीका अध्यक्ष महेश श्रेष्ठ विशिष्ट अतिथिका रूपमा अनलाइनबाटै सहभागी हुनुभयो। त्यस्तै, एनआरएनए आईसीसीका पूर्व अध्यक्ष तथा एकता उच्चस्तरीय समितिका सदस्य रहिसकेका विनोद कुवर विशेष अतिथिका रूपमा कार्यक्रमस्थलमै उपस्थित हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा कोरियास्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका सदस्य, पत्रकार, विद्यार्थी, श्रमिकसहित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
हाल कोरियामा नेपाली श्रमिक र विद्...
१ भाद्र २०८२, आईतवार १०:२८१ भाद्र २०८२, आईतवार १०:२८१ भाद्र २०८२, आईतवार १०:२८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज— सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशन भव्यतापूर्वक सम्पन्न गरेको छ। १७ अगस्ट २०२५ आइतबार सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले देवी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
अधिवेशनबाट देवी गौतम अध्यक्षमा चयन भएका छन् भने राजन बोहोरा वरिष्ठ उपाध्यक्ष बनेका छन्। उपाध्यक्षमा अनिल भट्टराई, कृष्ण कुमार श्रेष्ठ र सुमन थापा निर्वाचित भएका छन् भने मिता गुरुङ महिला उपाध्यक्ष बनेकी छन्। महासचिवमा अशोक खड्का, सचिवमा अमिर पाण्डे र प्रदिप भट्टराई निर्वाचित भएका छन्। कोषाध्यक्षमा सहदेब बनियाँ, सह–कोषाध्यक्षमा गुणराज सिर्मल, महिला संयोजकमा शिखा थापा, विद्यार्थी संयोजकमा तारानाथ लामिछाने चयन भएका छन्। त्यसैगरी सदस्यमा मुन मगर, अर्पण राना, मनोज रेग्मी, प्रेम पोख्रेल, काजी श्रेष्ठ, दिपेन् कोइराला, शिखर लम्साल, पुष्प तामाङ,...
१ भाद्र २०८२, आईतवार ०५:१७१ भाद्र २०८२, आईतवार ०५:१७१ भाद्र २०८२, आईतवार ०५:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज– यस वर्ष दक्षिण कोरिया जान इच्छुक नेपाली युवामाझ ईपीएस (Employment Permit System) परीक्षाप्रतिको चासो उच्च देखिएको छ। श्रम तथा रोजगारका लागि फाराम भर्नेहरुको संख्या करिब १ लाख ३ हजार पुगेको छ।
तर, यसपटक उत्तीर्ण हुने कोटा भने केवल ५,३०० मात्र रहनेछ। त्यसमा म्यानुफ्याक्चरिङ क्षेत्रमा ३,५०० र कृषि क्षेत्रमा १,८०० जनाको माग रहेको सम्बन्धित निकायले जनाएको छ।
फाराम दिने संख्या अत्यधिक भए पनि सीमित कोटा रहेको यस परीक्षाले फेरि एक पटक नेपाली युवामाझ कोरियाली रोजगारप्रतिको आकर्षण मात्र नभई, देशभित्रको गम्भीर बेरोजगारी समस्यालाई समेत प्रस्ट पारेको छ।
परीक्षाको तालिका चाँडै सार्वजनिक हुने जनाइएको छ भने फाराम भर्ने क्रममा देखिएका नामसम्बन्धी त्रुटि तथा अन्य प्राविधिक समस्याहरू पनि निकट भविष्यमा समाधान हुने अपेक्षा गरिएको छ।...