विशाल आवाज– यस वर्ष दक्षिण कोरिया जान इच्छुक नेपाली युवामाझ ईपीएस (Employment Permit System) परीक्षाप्रतिको चासो उच्च देखिएको छ। श्रम तथा रोजगारका लागि फाराम भर्नेहरुको संख्या करिब १ लाख ३ हजार पुगेको छ।
तर, यसपटक उत्तीर्ण हुने कोटा भने केवल ५,३०० मात्र रहनेछ। त्यसमा म्यानुफ्याक्चरिङ क्षेत्रमा ३,५०० र कृषि क्षेत्रमा १,८०० जनाको माग रहेको सम्बन्धित निकायले जनाएको छ।
फाराम दिने संख्या अत्यधिक भए पनि सीमित कोटा रहेको यस परीक्षाले फेरि एक पटक नेपाली युवामाझ कोरियाली रोजगारप्रतिको आकर्षण मात्र नभई, देशभित्रको गम्भीर बेरोजगारी समस्यालाई समेत प्रस्ट पारेको छ।
परीक्षाको तालिका चाँडै सार्वजनिक हुने जनाइएको छ भने फाराम भर्ने क्रममा देखिएका नामसम्बन्धी त्रुटि तथा अन्य प्राविधिक समस्याहरू पनि निकट भविष्यमा समाधान हुने अपेक्षा गरिएको छ।
Post Views: 478









