Advertisement
Advertisement

Day: १ भाद्र २०८२, आईतवार १३:१३

छुसकमा १० दिन लामो बिदा हुने सम्भावना न्युन

छुसकमा १० दिन लामो बिदा हुने सम्भावना न्युन

Breaking News, जानकारी, भर्खरै, समाचार
यस वर्षको छुसक पर्वलाई १० दिन लामो बनाउन सकिने सम्भावना न्युन भएको छ। सरकारले अक्टोबर १० लाई अस्थायी सार्वजनिक बिदा घोषणा नगर्ने संकेत देखिएको हो। गत हप्ता राष्ट्रपति ली जे–म्युंगले चुसोक अवधिमा उपभोग बढाउन सक्रिय कदम चाल्न आग्रह गरे पनि सरकारी अधिकारीहरूले लामो बिदाले घरेलु खर्चभन्दा बढी विदेश यात्रालाई प्रोत्साहन गर्ने र उत्पादन–निर्यातमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेका छन्। यस पटक छुसक बिदा राष्ट्रिय स्थापना दिवस (अक्टोबर ३) र हान्गुल दिवस (अक्टोबर ९) सँग मिल्दा सात दिन लामो हुने पक्का भएको छ। यदि शुक्रबार, अक्टोबर १० लाई अस्थायी सार्वजनिक बिदा घोषणा गरिएमा त्यसमा थप दुई दिनको सप्ताहन्त जोडिँदै लगातार १० दिनको लामो बिदा हुने थियो। दक्षिण कोरियामा सरकारले आवश्यकतानुसार अस्थायी सार्वजनिक बिदा तोक्ने कानुनी व्यवस्था छ। यसै वर्ष जनवरीमा सरकारले जनवरी २७ लाई अस्थायी बिदा घो...
आरएनए दक्षिण कोरियामा श्रमिक–विद्यार्थी हेल्प डेस्कको उद्घाटन सम्पन्न

आरएनए दक्षिण कोरियामा श्रमिक–विद्यार्थी हेल्प डेस्कको उद्घाटन सम्पन्न

जानकारी, भर्खरै, समाचार
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) दक्षिण कोरियाले सउलमा भौतिक तथा भर्चुअल कार्यक्रममार्फत एनआरएनए श्रमिक–विद्यार्थी हेल्प डेस्कको उद्घाटन सम्पन्न गरेको छ। संघका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय सरद सिंह भण्डारी भर्चुअल रूपमा प्रमुख अतिथि रहनुभयो भने एनआरएनए आईसीसीका अध्यक्ष महेश श्रेष्ठ विशिष्ट अतिथिका रूपमा अनलाइनबाटै सहभागी हुनुभयो। त्यस्तै, एनआरएनए आईसीसीका पूर्व अध्यक्ष तथा एकता उच्चस्तरीय समितिका सदस्य रहिसकेका विनोद कुवर विशेष अतिथिका रूपमा कार्यक्रमस्थलमै उपस्थित हुनुहुन्थ्यो। उद्घाटन समारोहमा कोरियास्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका सदस्य, पत्रकार, विद्यार्थी, श्रमिकसहित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। हाल कोरियामा नेपाली श्रमिक र विद्...
नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३औं अधिवेशन सम्पन्न,देवी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३औं अधिवेशन सम्पन्न,देवी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज— सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशन भव्यतापूर्वक सम्पन्न गरेको छ। १७ अगस्ट २०२५ आइतबार सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले देवी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। अधिवेशनबाट देवी गौतम अध्यक्षमा चयन भएका छन् भने राजन बोहोरा वरिष्ठ उपाध्यक्ष बनेका छन्। उपाध्यक्षमा अनिल भट्टराई, कृष्ण कुमार श्रेष्ठ र सुमन थापा निर्वाचित भएका छन् भने मिता गुरुङ महिला उपाध्यक्ष बनेकी छन्। महासचिवमा अशोक खड्का, सचिवमा अमिर पाण्डे र प्रदिप भट्टराई निर्वाचित भएका छन्। कोषाध्यक्षमा सहदेब बनियाँ, सह–कोषाध्यक्षमा गुणराज सिर्मल, महिला संयोजकमा शिखा थापा, विद्यार्थी संयोजकमा तारानाथ लामिछाने चयन भएका छन्। त्यसैगरी सदस्यमा मुन मगर, अर्पण राना, मनोज रेग्मी, प्रेम पोख्रेल, काजी श्रेष्ठ, दिपेन् कोइराला, शिखर लम्साल, पुष्प तामाङ,...
दक्षिण कोरियाको EPS परीक्षामा १ लाख ३ हजार आवेदन, कोटा मात्र ५,३००

दक्षिण कोरियाको EPS परीक्षामा १ लाख ३ हजार आवेदन, कोटा मात्र ५,३००

Breaking News, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज– यस वर्ष दक्षिण कोरिया जान इच्छुक नेपाली युवामाझ ईपीएस (Employment Permit System) परीक्षाप्रतिको चासो उच्च देखिएको छ। श्रम तथा रोजगारका लागि फाराम भर्नेहरुको संख्या करिब १ लाख ३ हजार पुगेको छ। तर, यसपटक उत्तीर्ण हुने कोटा भने केवल ५,३०० मात्र रहनेछ। त्यसमा म्यानुफ्याक्चरिङ क्षेत्रमा ३,५०० र कृषि क्षेत्रमा १,८०० जनाको माग रहेको सम्बन्धित निकायले जनाएको छ। फाराम दिने संख्या अत्यधिक भए पनि सीमित कोटा रहेको यस परीक्षाले फेरि एक पटक नेपाली युवामाझ कोरियाली रोजगारप्रतिको आकर्षण मात्र नभई, देशभित्रको गम्भीर बेरोजगारी समस्यालाई समेत प्रस्ट पारेको छ। परीक्षाको तालिका चाँडै सार्वजनिक हुने जनाइएको छ भने फाराम भर्ने क्रममा देखिएका नामसम्बन्धी त्रुटि तथा अन्य प्राविधिक समस्याहरू पनि निकट भविष्यमा समाधान हुने अपेक्षा गरिएको छ।...
सउलको अपार्टमेन्टमा भीषण आगलागी, दुई जनाको मृत्यु र १३ घाइते

सउलको अपार्टमेन्टमा भीषण आगलागी, दुई जनाको मृत्यु र १३ घाइते

Breaking News, जानकारी, भर्खरै, समाचार
  दक्षिण कोरियाको राजधानी सउलमा आइतबार बिहान भएको अपार्टमेन्ट आगलागीमा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। सउलको पश्चिमी क्षेत्र मापोस्थित २० तले अपार्टमेन्टको १४औं तलामा बिहान करिब ८:१० बजे आगलागी सुरु भएको हो। आगोको कारणबारे अहिले अनुसन्धान भइरहेको जनाइएको छ। आगलागीपछि करिब ८० जना बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको थियो। आगो नियन्त्रणमा लिन २२८ जना अग्निनियन्त्रक र ७६ वटा सवारी साधन परिचालन गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ। यस घटनाले फेरि एक पटक सउल महानगर क्षेत्रका अपार्टमेन्ट बासिन्दाहरूबीच सुरक्षाप्रति चिन्ता बढाएको छ।...
आजको राशिफल: २०८२ भदौ १ गते आईतबार

आजको राशिफल: २०८२ भदौ १ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज पुरानो प्रयासको फल पाउने सम्भावना छ। आर्थिक पक्षमा सानो लाभ मिल्न सक्छ। तर व्यावसायिक निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नुहोस्। पारिवारिक जीवनमा सामान्य ताना–तान देखिन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मविश्वास र ऊर्जा बढ्नेछ। अधुरा कामहरू पुरा गर्ने समय अनुकूल छ। स्वास्थ्यमा सुधार र सम्बन्धमा मिठास आउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आत्मनिरीक्षण र योजना बनाउने दिन हो। आर्थिक खर्च बढ्ने तर आवश्यक क्षेत्रमा हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोस्, खासगरी निद्रामा। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा सहयोगीको साथले काम सजिलै सम्पन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने अवसर छ। आर्थिक पक्ष राम्रो रहनेछ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। सिंह (मा, मि...