Advertisement
Advertisement

छुसकमा १० दिन लामो बिदा हुने सम्भावना न्युन

Advertisement
Advertisement

यस वर्षको छुसक पर्वलाई १० दिन लामो बनाउन सकिने सम्भावना न्युन भएको छ। सरकारले अक्टोबर १० लाई अस्थायी सार्वजनिक बिदा घोषणा नगर्ने संकेत देखिएको हो।

गत हप्ता राष्ट्रपति ली जे–म्युंगले चुसोक अवधिमा उपभोग बढाउन सक्रिय कदम चाल्न आग्रह गरे पनि सरकारी अधिकारीहरूले लामो बिदाले घरेलु खर्चभन्दा बढी विदेश यात्रालाई प्रोत्साहन गर्ने र उत्पादन–निर्यातमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेका छन्।

यस पटक छुसक बिदा राष्ट्रिय स्थापना दिवस (अक्टोबर ३) र हान्गुल दिवस (अक्टोबर ९) सँग मिल्दा सात दिन लामो हुने पक्का भएको छ। यदि शुक्रबार, अक्टोबर १० लाई अस्थायी सार्वजनिक बिदा घोषणा गरिएमा त्यसमा थप दुई दिनको सप्ताहन्त जोडिँदै लगातार १० दिनको लामो बिदा हुने थियो।

दक्षिण कोरियामा सरकारले आवश्यकतानुसार अस्थायी सार्वजनिक बिदा तोक्ने कानुनी व्यवस्था छ। यसै वर्ष जनवरीमा सरकारले जनवरी २७ लाई अस्थायी बिदा घोषणा गरेपछि नयाँ वर्षको छुट्टी ६ दिन पुगेको थियो। तर लामो बिदाले घरेलु पर्यटनभन्दा बढी विदेशी यात्रामा प्रोत्साहन गरेको तथ्याङ्क आएको थियो। त्यतिबेला विदेश यात्रा ७.३% ले बढेको थियो भने घरेलु खर्च १.८% ले घटेको थियो। लामो बिदाले कार्यदिवस घट्दा निर्यातमा समेत १०% भन्दा बढी गिरावट आएको थियो।

यसबाहेक अस्थायी बिदा घोषणा गर्दा सबै श्रमिकले समान सुविधा नपाउने विषय पनि उठ्दै आएको छ। पाँचभन्दा कम कर्मचारी भएका साना व्यवसायमा अस्थायी बिदा लागू नहुने भएकाले करिब ३३ लाख ४० हजार श्रमिक यो अधिकारबाट वञ्चित हुने अवस्था छ।

यद्यपि अन्तिम समयमा आएर पनि बिदा थपिने सम्भावना भने अझै खुला रहेको सरकारी अधिकारीहरूले बताएका छन्। यसै वर्ष जनवरीमा सरकारले नयाँ वर्षको सुरुवातमा छुट्टी सुरु हुनुभन्दा दुई हप्ता मात्र अघि अतिरिक्त बिदा घोषणा गरेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×