Advertisement
Advertisement

आरएनए दक्षिण कोरियामा श्रमिक–विद्यार्थी हेल्प डेस्कको उद्घाटन सम्पन्न

Advertisement
Advertisement

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) दक्षिण कोरियाले सउलमा भौतिक तथा भर्चुअल कार्यक्रममार्फत एनआरएनए श्रमिक–विद्यार्थी हेल्प डेस्कको उद्घाटन सम्पन्न गरेको छ।

संघका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय सरद सिंह भण्डारी भर्चुअल रूपमा प्रमुख अतिथि रहनुभयो भने एनआरएनए आईसीसीका अध्यक्ष महेश श्रेष्ठ विशिष्ट अतिथिका रूपमा अनलाइनबाटै सहभागी हुनुभयो। त्यस्तै, एनआरएनए आईसीसीका पूर्व अध्यक्ष तथा एकता उच्चस्तरीय समितिका सदस्य रहिसकेका विनोद कुवर विशेष अतिथिका रूपमा कार्यक्रमस्थलमै उपस्थित हुनुहुन्थ्यो।

उद्घाटन समारोहमा कोरियास्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका सदस्य, पत्रकार, विद्यार्थी, श्रमिकसहित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

हाल कोरियामा नेपाली श्रमिक र विद्यार्थीहरूको संख्या तीव्र रूपमा बढ्दो क्रममा रहेको र उनीहरूले भोग्नुपर्ने समस्या पनि जटिल बन्दै गएको सन्दर्भमा यो हेल्प डेस्क सुरु गरिएको संघले जनाएको छ। हेल्प डेस्कमार्फत भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्यसम्बन्धी कठिनाइ, कम्पनीभित्रको विभेद, दुर्घटना, भिसा, अध्ययन तथा करियरसम्बन्धी विषयमा तत्काल परामर्श र सहयोग पाइनेछ। साथै, कानुनी प्रक्रिया र आवाज उठाउनुपर्ने अन्य मुद्दामा पनि आवश्यक सहयोग उपलब्ध गराइने बताइएको छ।

एनआरएनए आईसीसीका अध्यक्ष महेश श्रेष्ठले यो हेल्प डेस्क एनआरएनएको वास्तविक कामको प्रारम्भ भएको टिप्पणी गर्दै आईसीसी तर्फबाट सबै प्रकारको सहयोग हुने स्पष्ट पार्नुभयो। उहाँले नेपाल सरकारका श्रम तथा परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर ‘श्रम संसार’ डिजिटल पोर्टल प्रयोगमार्फत यसलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो। साथै, एनआरएनएभित्रको कानुनी विवाद चाँडै सर्वोच्च अदालतले टुंग्याउने विश्वास समेत व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री सरद सिंह भण्डारीले एनआरएनए दक्षिण कोरियाले सुरु गरेको यो पहल सरकारकै दायित्व पूरा गरेको सराहना गर्नुभयो। उहाँले यस्ता रचनात्मक कार्यमा मन्त्रालय पूर्ण रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। श्रमिकका लागि सहज सूचना प्रणाली बनाउन ‘श्रम संसार’ डिजिटल पोर्टल तयार गरिएको र यसलाई खाडी मुलुकबाट सुरु भई अन्य मुलुकमा पनि विस्तार गरिँदै गएको जानकारी दिनुभयो।

सभापति तथा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन गुरुङले हेल्प डेस्कलाई सेवाभावका साथ सञ्चालन गर्ने स्पष्ट पार्दै अब एनआरएनएले कुरा भन्दा काममा ध्यान दिने समय आएको उल्लेख गर्नुभयो। केही दिनअघि अनौपचारिक रूपमा सञ्चालनमा आएदेखि नै दुई दर्जनभन्दा बढी श्रमिक तथा विद्यार्थीका समस्या प्राप्त भइसकेको र तीमध्ये केही समस्या समाधान गर्न सकिएको पनि उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जित कुवरले दिनुभएको थियो भने सञ्चालन महासचिव अजय सोडारीले गर्नुभएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×