Advertisement
Advertisement

नेपाली विद्यार्थी समाज (SONSIK) को २२औं अधिवेशन सम्पन्न, किरण सुवाल सभापतिमा चयन

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) को २२औं वार्षिक साधारण सभा तथा अधिवेशन २०२५ मा युग्नाम विश्वविद्यालय, देगुमा सम्पन्न भएको छ। अधिवेशनमार्फत सभापति किरण सुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

सन् २००४ मा स्थापना भई २०१५ मा दक्षिण कोरियाको स्थानीय प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता भएको SONSIK, कोरियामा रहेका नेपाली विद्यार्थीहरूको एक मात्र आधिकारिक र गैर–नाफामूलक विद्यार्थी संगठन हो। यस संस्थाले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच विचार, अनुभव र ज्ञानको आदान–प्रदानलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।

साधारण सभामा विगतका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्दै, नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने संकल्प व्यक्त गर्‍यो। निर्वाचित पदाधिकारीहरूले नेपाल र कोरियामा रहेका विद्यार्थीहरूको साझा हित, शैक्षिक उन्नति, भाषा तथा सांस्कृतिक प्रवर्द्धन, र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय योगदान दिने प्रतिबद्धता जनाए। निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरिएको निर्वाचन आयुक्तहरूले पुष्टि गरेका छन्।

नयाँ कार्यसमितिमा सभापति किरण सुवालसहित उप-सभापति राजन थापा, अंकित बेल्बासे, प्रवेश बनियाँ, र सोनाम शेर्पा रहेका छन् भने सचिव बोस बहादुर तामाङ, सह–सचिव अमृत थापा, कोषाध्यक्ष शिवकुमार भण्डारी र सदस्यहरू अन्जली नेपाली, सेफिना ग्वाछा, तिलोक विश्वकर्मा, सुस्मा स्‍वास्तान तथा प्रभा राउत निर्वाचित भएका छन्।

नव–निर्वाचित नेतृत्वले आगामी वर्ष विद्यार्थी समुदायको शैक्षिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने मात्र नभई नेपाल–कोरिया बीचको विद्यार्थी सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ। विद्यार्थीहरूको आवाजलाई सबल बनाउँदै, सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिने योजना पनि कार्यसमितिले अघि सारेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×