Advertisement
Advertisement

नेपालमै म्यानपावरमार्फत E-7 भिसामा कामदार कोरिया पठाउने प्रक्रिया सुरु, मासिक ५ लाखसम्म तलब

Advertisement
Advertisement

अब दक्ष नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने बाटो अझ सहज बनेको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत E-7 भिसा प्रणाली अन्तर्गत कामदार पठाउने कार्यविधि स्वीकृत गरेको छ।

मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार विशेष योग्यता पूरा गरेका म्यानपावर कम्पनीलाई मात्र दक्ष कामदार पठाउने अनुमति दिइनेछ। यसका लागि कम्पनीहरूले आफ्नै प्रशिक्षण केन्द्र वा विद्यमान प्रशिक्षण केन्द्र भाडामा लिएर सञ्चालन गर्नुपर्ने र त्यहाँ कम्तीमा दुई जना प्रमाणित कोरियन भाषा प्रशिक्षक राख्नुपर्नेछ।

त्यस्तै, कम्पनीहरूले सम्बन्धित कोरियन संस्था वा संघसंस्थासँग सम्झौता गरी मागपत्र ल्याउन सक्ने व्यवस्था गरिएको छ। तर, यस क्रममा कामदार वा कम्पनीसँग अतिरिक्त शुल्क लिन नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।

दक्ष कामदारले कोरिया जानुअघि भाषा परीक्षा र सीप (Occupational Skill) परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्नेछ। यी परीक्षा कोरियन सरकारले मान्यता दिएको संस्था वा निकायमार्फत हुनेछन्।

यसैबीच, मागपत्र प्रमाणीकरण (Demand Letter Attestation) प्रक्रिया दक्षिण कोरियास्थित नेपाली दूतावास, सियोलमा सुरु भइसकेको छ। आवश्यक सबै कागजात दूतावासमा बुझाउनुपर्ने दूतावासले जनाएको छ।

श्रम मन्त्रालयले विभिन्न ४ वटा क्याटोगोरीमा १ सयभन्दा धेरै कामको सूची कार्यविधिमा राखेको छ ।

पहिलो क्याटेगरीमा ई-७-१ मा व्यवस्थापक र विज्ञ तहका ६७ वटा कामको सूची रहेको छ । व्यवस्थापनतर्फ सूचना, शिक्षा, व्यापार, उद्यम, यातायात, सूचना प्रविधि, खेलकुदसहितका १५ सीप छन् । भने, इन्जिनियर, नर्स, प्राध्यापक र अनुवादक विधाका ३६ पेसाका पनि जान सक्ने छन् ।

दोस्रो क्याटेगरी मेडिकल व्यवस्थापक, कार्गो, पर्यटन क्यासिनो जस्ता क्षेत्रका कामदार, ड्युटी फ्रीमा काम गर्ने सेल्स काम जानेको, हवाई यातायात स्टाफ सम्बन्धित काम जानेको, होटेल रिसेप्सन र सेफको सीप भएका छन् ।

तेस्रोमा हलाल मासु काट्ने, चिडियाघरको ज्ञान भएको, जहाज र पानीजहाज मेकानिक र कृषि प्राविधिक छ । त्यस्तै, चौथो क्याटेगरीमा ४ वटा विषयमा सीप भएका मान्छे जान पाउने छन् । जसमा उत्पादन र निर्माण, (कृषिको सीप, पशु र माछा पालनको सीपजस्ता काम छन् ।)

यी सीप कोरियाको न्याय मन्त्रालयले हेरफेर गर्न सक्नेछ । ई-७ भिसामा कामदार पठाउँदा श्रम विभागले अनुगमन गर्ने छ ।

यो भिसामा रोजगारदाता कम्पनीले लागत नव्यहोरे श्रमिकले नै तिर्नुपर्ने छ । ईपीएसमा कोरिया जाने कामदार बराबर नै ई-७ भिसामा रकम लाग्ने बताइएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×