Advertisement
Advertisement

समाचार

कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित )

कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित )

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, मनोरञ्जन, समाचार, साहित्य
कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित ) दक्षिण कोरियालाई कर्म थलो बनाउदै आएकी नेपाली लोक तथा दोहोरि गायिका गङ्गा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा आएको छ l लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा रहेको उक्त गीतको चर्चित सर्जक रमेश परियारको लय र शब्द रहेको छ ।सुर्य खड्का नेपाल आएकै मौकामा यो गीत बजारमा ल्याइएको छ।कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाएकी थिईन।गीतमा प्रेम कहानीलाइ बिशेष जोड दिईएको छ।एक प्रेमी र प्रेमिकाको कथालाई प्रमुख भूमिकामा राख्दै बजारमा ल्याइएको गीतमा निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्। चर्चित मोडल लोमस शर्मा,राजु आर डी,नारायणी खत्री र संचिता बोलाखेको दमद...
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट

२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । १५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ ।  यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो । अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदे...
कोशी नाम विवाद : सरकार र आन्दोलनरत पक्षलाई वार्तामा बस्न माओवादीको आग्रह

कोशी नाम विवाद : सरकार र आन्दोलनरत पक्षलाई वार्तामा बस्न माओवादीको आग्रह

Breaking News, Breaking news 3, जानकारी, धर्म सस्कृति, राजनीति, समाचार
१० चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको छ । माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गरेको छ । माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताए । उनले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन पनि सरकारसँग माग गरे । नाम राख्नु पर्ने बाध्यताका करण प्रदेशको नाम राखिएको बताउँदै उनले पहिचान पक्षधरको माग सम्वादका आधारमा सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताए ।...
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको अध्यक्षमा गितासिंह गुरुङ  

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको अध्यक्षमा गितासिंह गुरुङ  

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर, विदेश, समाचार
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन  बोम्जन गुरुङ १९ मार्च २०२३, सउल कोरिया: गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि २५ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।  संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख ...
बाग्लुङ समाज थेगु शाखाको आयोजनामा प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा हुदैँ

बाग्लुङ समाज थेगु शाखाको आयोजनामा प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा हुदैँ

Breaking News, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, समाचार
सन्तोष खड्का:सौल/ दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा अहिले सम्मकै ठुलो धनराशीको प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा आयोजना हुन गइरहेको बाग्लुङ समाज दक्षिण कोरियाथेगु शाखाले बताएको छ। टिम दर्ता शुल्क ४ लाख वोन मात्रै रहेको उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति अप्रिल ३० सम्म राखिएको छ। उक्त प्रतियोगितामा बिजेताले २५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, उप बिजेताले १५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, सान्तवना ५ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र(२ टिमलाई)र उत्कृष्ट खेलाडीलाई १ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।...
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन यहि आइतबार मार्च १९ मा हुने

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन यहि आइतबार मार्च १९ मा हुने

Breaking News, अन्तराष्ट्रिय, खेल, खेलकुद, समाचार
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन यहि आइतबार मार्च १९ मा हुने बोम्जन गुरुङ /दक्षिण कोरिया: नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो । "विकास, अनुशासन र गतिशीलता स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता" भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड र सञ्चालनमा अभिभावकत्व प्रदान गरिरहेको यस संघले सोही दिनमा सन् २०२३ सिजनभरीकै लागि प्रतियोगी बाँडफाँडको तयारी गरिरहेको संघका अध्यक्ष भजिन्द्र क्षेत्रीले जानकारी दिए । सो दिनमा हुने संघको ऐतिहासिक तेश्रो अधिवेशन २०२३ सँगै विगत ३ बर्षदेखि काेभिड...
हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । लुम्बिनी — एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको पदयात्रा गर्दै उनीहरु यहाँ आइपुगेका हुन् । भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरु बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु -भिक्षुणी भैरहवा लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए ।त्यहाँ उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे । टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पद...
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न

घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न  बिक्रम बज्यू , दक्षिण कोरिया:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन आइतबार सम्पन्न भएको छ। “भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा सम्पन्न भएको चौथो अधिवेशन वाट सोम योन्जन सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको छ।    किम्हे शहरको जि.के.एस हलमा सम्पन्न बुसान साखाको चौथो अधिवेशन वाट सोम योन्जन तामाङको नेतृत्वमा उपाध्यक्षमा धनजित वाईबा , उपाध्यक्षहरूमा धनराज पाख्रिन ,चित्र लामा, सबिता तामाङ, जिनस तामाङ र सोभा लामा चयन भए महासचिवमा नेत्र वाईबा चयन भए भने सचिवहरूमा जित बहादुर तामाङ, सम्राट लामा, प्रकाश लामा, सर्मिला तामाङ,छिरिङ लामालाई जिम्मेवारी दिए ।कोषाध्यक्षमा पुष्प मोक्तान , सह-कोषा...
फोनिज कोरियाको तेश्रो अधिवेशनवाट अध्यक्षमा गोकुल थोकर सर्वसम्मत

फोनिज कोरियाको तेश्रो अधिवेशनवाट अध्यक्षमा गोकुल थोकर सर्वसम्मत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
  बिक्रम बज्यू /दक्षिण कोरिया: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो ।  अधिबेशनबाट गोकुल थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा गोकुल थोकुर सर्वसम्मत चयन भए भने ,वरिष्ठ उपाध्यक्षमा उत्तम खाजुम , उपाध्यक्षमा विशाल श्रेष्ठ चयन हुँदा कोषाध्यक्षमा अमिर योन्जन चयन भएको छ। त्यसैगरी सचीवमा विमल सिं लामा , सह-सचीवमा रोशन राई चयन भएको छ। भने सदस्यहरुमा क्रमशः बिक्रम बज्यु,राम बहादुर तामाङ,निश्चल काउछ,गेल्छिरी शेर्पा,उदय लामा ,लक्ष्मण थोकर , राम बहादुर थोकर र एडिन छन्त्याल चयन भएको हो । विशाल आवाज संग कुरा गर्दै नव निर्वाचित अध्यक्ष थोकरले भने 'तीन - तीन बर्षमा हुन पर्ने अ...
वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए

वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए

Breaking News, Breaking news 1, अपराध, जानकारी, भर्खरै, राजनीति, समाचार
वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए सप्तरीमा शुक्रवार एक प्रहरी जवानले दिउँसै रक्सीले मातेर सडकमा सर्कस देखाएका छन्। रक्सीले मस्त भएका उनले सडकमै वर्दी खोलेर सलमान खानले झै वडी प्रदर्शन गरेका थिए। प्रहरी जवान सञ्जिवकुमार रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर अशोभनीय हर्कत गर्न थालेपछि उनलाई हेर्न सर्वसाधारणको भिड जम्मा भएको थियो। सर्वप्रथम उनले सडकमा उभिएर सवारी जाँच गर्न थालेका थिए। सामाजिक संजालमा सार्वजनिक भएको उनको भिडियो अहिले भाईरल भईरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत रायले नशामा लठ्ठ छन्। अर्धनग्न अवस्था रहेका उनले स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा लठ्ठी लिएर यताउत्ता दौडिरहेका उनी भिडियो खिचिरहेकाहरुलाई संकेत गर्दै ‘तैले भिडियो खिचेर केही हुँदैन’ भन्दै चुनौती दिन्छन्। ‘खिच–खिच, म...