सन्तोष न्यौपाने: इन्छन प्रहरीले २० करोड वनभन्दा बढि पैसा चोरेर भाग्न लागेका १ जनालाई पक्राउ गरेको छ। ३० बर्षका ती चिनियाँ नागरिकले आफ्नै चिनजाजको साथीको पैसा चोरेर चीन भाग्न लागेका थिए।
ती ब्यक्तिले गत मे २ तारिख इन्छन मिछुलहोगुमा अवस्थित एक होटलबाट ४० बर्षिया चिनियाँ महिलाको पैसाको झोला चोरेर भागेका थिए।
पिडित महिला ठुलै व्यापार व्यवसाय गर्ने र उनको साथमा ठूलो रकम भएको कुरा ती ब्यक्तिले पहिल्यै थाहा पाई चोरी गरेको बुझिएको छ। चोरी गर्ने ब्यक्ति केही दिन अघि मात्रै कोरिया आएका थिए।
चोरी गरेर पैसा लिइ आफ्नो देश भाग्न खोज्दा एअरपोर्टबाटै पक्राउ परेपछि उनलाई प्रहरीले कारबाहिका लागि थुनामा राख्न अदालति प्रकृया अघि बढाएको छ।...
१९ बैशाख २०८२, शुक्रबार १२:०९१९ बैशाख २०८२, शुक्रबार १२:०९१९ बैशाख २०८२, शुक्रबार १२:०९ by विशाल श्रेष्ठNo Comments
सन्तोष न्यौपाने: कोरियन वन गत डिसेम्बरमा मार्शल ल लागू भएपछिकै सबैभन्दा बलियो स्थितिमा आएको छ। डलर - वन विनिमय दर अहिले प्रति अमेरिकी डलर १४०० भन्दा तल झरेको छ।
अमेरिका - चीन व्यापार तनाब केही मथ्थर हुने आशा तथा भोलिबाट लगातार ४ दिन कोरियामा बिदा सुरु भएसँगै बिदा अघि नै डलर बेच्नेहरु बढेपछि डलर-वन विनिमय दर आज ह्वात्तै तल झरेको हो।
डलर - वन विनिमयदर तल झरेसँगै कोरियामा कमाएर रेमिटेन्स गर्नेहरुलाई राहत हुनेछ। कोरियन वन बिलियो हुँदा रेमिटेन्सको रेट सस्तो हुन आउँछ जसले रेमिट गरि आफ्नो देश पैसा पठाउनेहरुलाई फाइदा हुनेछ।...
१८ बैशाख २०८२, बिहीबार १२:०७१८ बैशाख २०८२, बिहीबार १२:०७१८ बैशाख २०८२, बिहीबार १२:०७ by विशाल श्रेष्ठNo Comments
अब CU पसलहरूमा भिसा परिवर्तन र नवीकरण (extend) सेवा पाउन सकिने भएको छ। यो सेवा सियुले K-Visa भन्ने कम्पनी सँगको सहकार्यमा सुरू गरेको हो।
CU पसलमा राखिएको QR कोड स्क्यान गरेर फारम भरेपछि भिसा सम्बन्धी विशेषज्ञसँग सिधा सम्पर्क गर्न सकिनेछ।
हाललाई यो सेवा अङ्ग्रेजी, चिनियाँ, जापानी र भियतनामी भाषामा उपलब्ध गराईएको छ।
भिसा नवीकरणको शुल्क केवल २०,००० वोन तोकिएको छ, जुन बजारमा चलेको तुलनामा करिब ५०% सस्तो हो।
देइरिम, होङ्दे, इथेवोन, र दोङदेमुनजस्ता विदेशीहरू धेरै बसोबास गर्ने क्षेत्रमा पहिलो चरणमा सेवा सुरु गरिएको छ। यो संख्या यसै वर्ष १,००० पसलसम्म पुर्याउने योजना CU ले बनाएको छ।
CU ले आगामी दिनमा मुद्रा सटहि र कर फिर्ताको सुविधा समेत ल्याउने योजना अघि सारेको छ।...
१७ बैशाख २०८२, बुधबार १२:४११७ बैशाख २०८२, बुधबार १२:४११७ बैशाख २०८२, बुधबार १२:४१ by विशाल श्रेष्ठNo Comments
प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ की ५१ वर्षीया मुना कार्कीलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी दक्षिण कोरिया पठाइदिन्छु भन्दै पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेकी थिइन् ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।...
१६ बैशाख २०८२, मंगलवार १४:४२१६ बैशाख २०८२, मंगलवार १४:४२१६ बैशाख २०८२, मंगलवार १४:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: पर्वत समाज दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा भएको “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” भलिबल टुर्नामेन्टको कप बाग्लुङ समाजलाई पाखा लाउँदै गुल्मी सम्पर्क समितिले उचाल्न सफल भएको छ।
दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले नेपाल भलिबल सङ्घ दक्षिण कोरियाको मातहतमा रही पर्वत समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न २० टिम सहभागी भएको भलिबल प्रतियोगिताको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बाग्लुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समितिले कप उचाल्न सफल भएको हो। प्रतियोगितामा विजेता र उपविजेता भएसँगै विजेता र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्राप्त गरे । यसैगरी सेमीफाइनलमा पुग्ने सुदूरपश्चिम समाज र आयोजक पर्वत समाज दुई टिमले पनि चार/चार लाख कोरियन वनसहित मेडल ...
१६ बैशाख २०८२, मंगलवार ०२:२९१६ बैशाख २०८२, मंगलवार ०२:२९१६ बैशाख २०८२, मंगलवार ०२:२९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ :नेपाली साहित्य जगत अन्तर्गत उपन्यासको क्षेत्रमा एउटा कृति थपिएको छ । पोखरा घर भई हाल दक्षिण कोरियामा कार्यरत राजेश सुवेदीले "अभिसार" नामक उपन्यास नेपाली साहित्य बजारमा ल्याएका छन् । उक्त उपन्यासको विमोचन यही आउँदो मे ४ तारिख आईतबार कोरिया सुवन स्थित उरी हिमालयन रेष्टुरेन्ट हलमा बिहान ११ बजे हुने भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन लागेको उक्त विमोचन कार्यक्रममा आर एन अधिकारी वक्ता रहनेछन् भने रचनावाचनमा सरोज भण्डारी (कविता), शंकर नेपाल (गजल), रोदुङ यायावर (मुक्तक) रहने जनाईएको छ ।
भरतमुनिद्धारा रचित नाट्यशास्त्रमा उल्लिखित सप्तनायिकामध्ये सुन्दर अभिसारिकाले आफ्नो प्रियतमलाई भेट्न गरेको कठिन यात्रालाई अभिसार भनिएको छ । अभिसार आफैंमा ठूलो जोखिम हो । यो उपन्यास नायिकाले त्यस्तै दुर्लङ्घय जोखि...
१५ बैशाख २०८२, सोमबार १४:०८१५ बैशाख २०८२, सोमबार १४:०८१५ बैशाख २०८२, सोमबार १४:०८ by विशाल श्रेष्ठNo Comments
कोरियाको प्रहरीले नेपाली श्रमिक तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिट गर्नुका साथै श्रमिकहरुको तलब भुक्तान नगरेको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख १५ गते) पक्राउ गरेको छ ।
प्रवासी श्रमिक युनियन (एमटियु) र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्मका मालिकलाई थप अनुसन्धान गर्न पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न एमटियु र मानव अधिकारवादी संस्थाले चैत २६ गते उजुरी दर्ता गराएका थिए । यो फर्म राजधानी सोलबाट झन्डै ३६० किलोमिटर टाढा छ ।
एमटियुका अध्यक्ष उदय राईले श्रमिकमाथि भएको कुटपिट र तुलसी पुनको आत्महत्याको विषय न्यायिक निरुपणको क्रममा प्रवेश गरेको बताए । उनका अनुसार श्रम कार्यालयको अनुसन्धानबाट बंगुर फर्मका मालिकबाट २५ करोड ९० लाख वान भुक्तान नभइ श्रमिकलाई पिटेर भगाएको खुलेको छ ।...
१५ बैशाख २०८२, सोमबार १२:३८१५ बैशाख २०८२, सोमबार १२:३८१५ बैशाख २०८२, सोमबार १२:३८ by विशाल श्रेष्ठNo Comments
DracuLA, Ruthless र Wrong 1 को टिमले तयार पारेको "Darchula WHY" म्युजिक भिडियो दक्षिण कोरियामा सार्वजनिक
दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सहभागितामा तयार गरिएको नयाँ र्याप गीत "DracuLA Why" सार्वजनिक गरिएको छ। चर्चित कलाकार DracuLA को लेखन र स्वरमा तयार भएको यो गीत Ruthless, Wrong 1 र DracuLA को संयुक्त प्रयासमा निर्माण गरिएको हो।
Portal Beatz को संगीतमा बनेको यस गीतको म्युजिक भिडियो Yujina Studio को छायांकनमा दक्षिण कोरियामै खिचिएको हो। भिडियोमा करिब ५० जना नेपाली विद्यार्थीहरूले अभिनय गरेका छन्, जसले भिडियोमा अध्ययनसँगै सिर्जनात्मकताको अद्भुत झलक प्रस्तुत गरेका छन्।
गीतको रेकर्डिङ तथा मिक्सिङ Realize Records, KR Records र Afnai Records मा सम्पन्न गरिएको हो। भिडियोलाई सम्पादन र भिएफएक्स Tamu Entertainment द्वारा गरिएको छ। निर्देशन Ruthlesss ले गरेका हुन्।
"Dracu...
१५ बैशाख २०८२, सोमबार ०१:४२१५ बैशाख २०८२, सोमबार ०१:४२१५ बैशाख २०८२, सोमबार ०१:४२ by विशाल श्रेष्ठNo Comments
ली जे–म्युंग, कोरियाली उदारवादी डेमोक्रेटिक पार्टी (DPK) का पूर्व अध्यक्ष,ले आइतबार पार्टीको उम्मेदवारका रूपमा ३ जुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मनोनयन सुरक्षित गरेका छन् । यससँगै उनले तेस्रो पटक राष्ट्रपति पदको लागि प्रतिस्पर्धा गर्ने तयारी आधिकारिक रूपमा सुरु भएको छ ।
६१ वर्षीय लीले ८९.७७ प्रतिशत समर्थन प्राप्त गर्दै मनोनयन सुरक्षित गरे, जहाँ निर्णयको ५० प्रतिशत पार्टी सदस्यहरूको भोट र ५० प्रतिशत जनमत सर्वेक्षणको नतिजामा आधारित थियो ।
लीको प्रबल अग्रताले पार्टीका अन्य दुई उम्मेदवारहरूलाई निकै पछाडि पारिदियो । ग्येङ्गी प्रान्तका गभर्नर किम डोङ–योनले ६.८७ प्रतिशत समर्थन पाए भने दक्षिण ग्येङ्साङ प्रान्तका पूर्व गभर्नर किम क्योङ–सुुले ३.३६ प्रतिशत मात्रै प्राप्त गरे ।
यो लीको तेस्रो राष्ट्रपति पदको प्रतिस्पर्धा हो । उनले पहिलो पटक २०१७ मा पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएका...
३ बैशाख २०८२, बुधबार ०८:२२३ बैशाख २०८२, बुधबार ०८:२२३ बैशाख २०८२, बुधबार ०८:२२ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज:गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन गरेका फिल्म ‘वसन्त’ दक्षिण कोरियाको सौलमा पनि यही आईतवार अर्थात अप्रिल २० तारिक प्रदर्शन हुने भएको छ ।
गीतमार्फत सामाजिक असमानता, देशको अस्थिरता र विभेदका मुद्दाहरू सशक्त ढंगले उठाउँदै आएका प्रकाश सपुतको पहिलो निर्देशकीय फिल्म “वसन्त” 𝐌𝐊 𝐄𝐍𝐓𝐄𝐑𝐓𝐀𝐈𝐍𝐌𝐄𝐍𝐓 को आयोजनामा अप्रिल २० तारिक आईतवारका दिन सौलको जोगेसास्थित हलमा प्रदर्शन हुने भएको हो । कोरियामा रहेको 𝐄7-4 भिषा तयारी ग्रुपकोषको सहयोगार्थ मध्यान्ह १२:३० बजे बाट प्रदर्शन हुने फिल्मको प्रवेश शुल्क २०००० कोरियन वन तोकिएको छ ।
निर्देशक सपूत स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायत...