सन्तोष न्यौपाने: इन्छन प्रहरीले २० करोड वनभन्दा बढि पैसा चोरेर भाग्न लागेका १ जनालाई पक्राउ गरेको छ। ३० बर्षका ती चिनियाँ नागरिकले आफ्नै चिनजाजको साथीको पैसा चोरेर चीन भाग्न लागेका थिए।
ती ब्यक्तिले गत मे २ तारिख इन्छन मिछुलहोगुमा अवस्थित एक होटलबाट ४० बर्षिया चिनियाँ महिलाको पैसाको झोला चोरेर भागेका थिए।
पिडित महिला ठुलै व्यापार व्यवसाय गर्ने र उनको साथमा ठूलो रकम भएको कुरा ती ब्यक्तिले पहिल्यै थाहा पाई चोरी गरेको बुझिएको छ। चोरी गर्ने ब्यक्ति केही दिन अघि मात्रै कोरिया आएका थिए।
चोरी गरेर पैसा लिइ आफ्नो देश भाग्न खोज्दा एअरपोर्टबाटै पक्राउ परेपछि उनलाई प्रहरीले कारबाहिका लागि थुनामा राख्न अदालति प्रकृया अघि बढाएको छ।
Post Views: 703









