सन्तोष न्यौपाने: कोरियन वन गत डिसेम्बरमा मार्शल ल लागू भएपछिकै सबैभन्दा बलियो स्थितिमा आएको छ। डलर – वन विनिमय दर अहिले प्रति अमेरिकी डलर १४०० भन्दा तल झरेको छ।
अमेरिका – चीन व्यापार तनाब केही मथ्थर हुने आशा तथा भोलिबाट लगातार ४ दिन कोरियामा बिदा सुरु भएसँगै बिदा अघि नै डलर बेच्नेहरु बढेपछि डलर-वन विनिमय दर आज ह्वात्तै तल झरेको हो।
डलर – वन विनिमयदर तल झरेसँगै कोरियामा कमाएर रेमिटेन्स गर्नेहरुलाई राहत हुनेछ। कोरियन वन बिलियो हुँदा रेमिटेन्सको रेट सस्तो हुन आउँछ जसले रेमिट गरि आफ्नो देश पैसा पठाउनेहरुलाई फाइदा हुनेछ।
Post Views: 434









