बिशाल आवाज:गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन गरेका फिल्म ‘वसन्त’ दक्षिण कोरियाको सौलमा पनि यही आईतवार अर्थात अप्रिल २० तारिक प्रदर्शन हुने भएको छ ।
गीतमार्फत सामाजिक असमानता, देशको अस्थिरता र विभेदका मुद्दाहरू सशक्त ढंगले उठाउँदै आएका प्रकाश सपुतको पहिलो निर्देशकीय फिल्म “वसन्त” 𝐌𝐊 𝐄𝐍𝐓𝐄𝐑𝐓𝐀𝐈𝐍𝐌𝐄𝐍𝐓 को आयोजनामा अप्रिल २० तारिक आईतवारका दिन सौलको जोगेसास्थित हलमा प्रदर्शन हुने भएको हो । कोरियामा रहेको 𝐄7-4 भिषा तयारी ग्रुपकोषको सहयोगार्थ मध्यान्ह १२:३० बजे बाट प्रदर्शन हुने फिल्मको प्रवेश शुल्क २०००० कोरियन वन तोकिएको छ ।
निर्देशक सपूत स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतको पनि अभिनय रहेको छ।









