अब CU पसलहरूमा भिसा परिवर्तन र नवीकरण (extend) सेवा पाउन सकिने भएको छ। यो सेवा सियुले K-Visa भन्ने कम्पनी सँगको सहकार्यमा सुरू गरेको हो।
CU पसलमा राखिएको QR कोड स्क्यान गरेर फारम भरेपछि भिसा सम्बन्धी विशेषज्ञसँग सिधा सम्पर्क गर्न सकिनेछ।
हाललाई यो सेवा अङ्ग्रेजी, चिनियाँ, जापानी र भियतनामी भाषामा उपलब्ध गराईएको छ।
भिसा नवीकरणको शुल्क केवल २०,००० वोन तोकिएको छ, जुन बजारमा चलेको तुलनामा करिब ५०% सस्तो हो।
देइरिम, होङ्दे, इथेवोन, र दोङदेमुनजस्ता विदेशीहरू धेरै बसोबास गर्ने क्षेत्रमा पहिलो चरणमा सेवा सुरु गरिएको छ। यो संख्या यसै वर्ष १,००० पसलसम्म पुर्याउने योजना CU ले बनाएको छ।
CU ले आगामी दिनमा मुद्रा सटहि र कर फिर्ताको सुविधा समेत ल्याउने योजना अघि सारेको छ।
Post Views: 554









