अब CU पसलहरूमा भिसा परिवर्तन र नवीकरण (extend) सेवा पाउन सकिने भएको छ। यो सेवा सियुले K-Visa भन्ने कम्पनी सँगको सहकार्यमा सुरू गरेको हो।
CU पसलमा राखिएको QR कोड स्क्यान गरेर फारम भरेपछि भिसा सम्बन्धी विशेषज्ञसँग सिधा सम्पर्क गर्न सकिनेछ।
हाललाई यो सेवा अङ्ग्रेजी, चिनियाँ, जापानी र भियतनामी भाषामा उपलब्ध गराईएको छ।
भिसा नवीकरणको शुल्क केवल २०,००० वोन तोकिएको छ, जुन बजारमा चलेको तुलनामा करिब ५०% सस्तो हो।
देइरिम, होङ्दे, इथेवोन, र दोङदेमुनजस्ता विदेशीहरू धेरै बसोबास गर्ने क्षेत्रमा पहिलो चरणमा सेवा सुरु गरिएको छ। यो संख्या यसै वर्ष १,००० पसलसम्म पुर्याउने योजना CU ले बनाएको छ।
CU ले आगामी दिनमा मुद्रा सटहि र कर फिर्ताको सुविधा समेत ल्याउने योजना अघि सारेको छ।...
१८ बैशाख २०८२, बिहीबार ०१:१७१८ बैशाख २०८२, बिहीबार ०१:१७१८ बैशाख २०८२, बिहीबार ०१:१७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक सफलता प्रात हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ ।...