दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ अहिले दक्षिण कोरियामा निरन्तर प्रदर्शन हुँदैछ। सुवन शो लगायत बिभिन्न शहर हरुमा हाउसफुलका साथ प्रदर्सन भएपछि, अब यो चलचित्र नोभेम्बर २३ (आइतबार) का दिन Ansan–Siheung सहरमा प्रदर्शन हुने भएको छ।
Mangenna Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो शो MEGABOX EMART (10th Floor), 경기도 시흥시 정황대로 210 मा दिउँसो १:०० बजे सुरु हुनेछ। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको दमदार अभिनय रहेको छ।
फिल्मको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् भने निर्माता रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ हुन्।
विशेष जानकारी:
🎟️ टिकट मूल्य: २५,००० वोन
🖥️ Online Booking खुला छ – सिट छानेर बुक गर्न सकिने सुविधा।
🚆 हल पुग्ने तरिका: Train Line 4 & Suin–Bundang Yellow Line, 정...
२५ कार्तिक २०८२, सोमबार ०५:०१२५ कार्तिक २०८२, सोमबार ०५:०१२५ कार्तिक २०८२, सोमबार ०५:०१ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, ख्यङ्साङनाम्दो बुसान शाखाको आयोजनामा “सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०२५” यही नोभेम्बर १६ (आइतबार)का दिन किम्हेमा आयोजना हुने भएको छ।
यस कार्यक्रममार्फत निवर्तमान कार्यसमितिलाई बिदाइ तथा सम्मानका साथै ख्यङ्साङनाम्दो क्षेत्रमा रहेका विभिन्न जातीय संस्थाहरुबीच आपसी सहकार्य र समन्वयका विषयमा अन्तरक्रिया गरिनेछ।आयोजक महासंघका अनुसार, उक्त कार्यक्रम किम्हेस्थित लिटल इण्डिया रेष्टुरेण्टको सभाहलमा मध्याह्न १२ बजे सुरु हुनेछ। कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न समुदायका प्रतिनिधि, स्थानीय संघ–संस्थाका सदस्यहरू र समाजसेवीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
महासंघले सबै महानुभावहरूलाई कार्यक्रमको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक निमन्त्रणा गरेको छ।...
२४ कार्तिक २०८२, आईतवार ०४:१६२४ कार्तिक २०८२, आईतवार ०४:१६२४ कार्तिक २०८२, आईतवार ०४:१६ by विशाल श्रेष्ठNo Comments
नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल यही साता दक्षिण कोरियामा ११औँ ग्लोबल आइसिटी लिडरशिप फोरम (11th Global ICT Leadership Forum) मा भाग लिन दक्षिण कोरियाको भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणको क्रममा उहाँसँग ‘नेपाली समुदायको साक्षात्कार कार्यक्रम’ हुने भएको छ।
कोरिया आएको अवसरमा मन्त्री खरेलले कोरियामा बसोबास गर्ने नेपाली सञ्चारकर्मीहरू र समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। यो कार्यक्रम नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको आयोजनामा यही नोभेम्बर १४, २०२५ (शुक्रबार)बेलुकी ७ बजे, सुवनस्थित साराक एभरेष्ट रेस्टुरेन्ट को सभाहलमा आयोजना हुने तय भएको छ।
महासङ्घका अनुसार, यस साक्षात्कार कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायबीच प्रत्यक्ष संवाद र अन्तरक्रिया बढाउने, अनुभव र विचार साट्ने तथा सू...
२३ कार्तिक २०८२, शनिबार ०३:५३२३ कार्तिक २०८२, शनिबार ०३:५३२३ कार्तिक २०८२, शनिबार ०३:५३ by विशाल श्रेष्ठNo Comments
प्रवासमा पनि धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले एम.आर.आर. टिम कोरिया र पाँच–स दक्षिण कोरिया को संयुक्त आयोजनामा दक्षिण कोरियाको आनसानमा नोभेम्बर १५ तारिकका दिन “भजनसमारोह–२०२५ साथमा सन्ध्याकालिन आरती हुने भएको छ।
कार्यक्रम आगामी नोभेम्बर १५ (शनिबार) का दिन दक्षिण कोरियाको आन्सान सहरमा रहेको पाँच–स दक्षिण कोरियाद्वारा सञ्चालित साझा मन्दिरमा आयोजना गर्न लागिएको हो। कार्यक्रम बेलुका ७:३० बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। सो अवसरमा संध्याकालीन आरती सहित भजन–किर्तनको माध्यमबाट भक्ति र सांस्कृतिक वातावरण सृजना गरिनेछ।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कार र सभ्यताको जगेर्ना गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रम कोरियामा रहनुहुने कार्यक्रम सबैका लागि खुला रहने हुँदा कार्यक्रममा उपस्थित भई भजनमार्फत धार्मिक तथा सांस्कृतिक एकता प्रदर्शन गर्न आयोजकले निमन...
२२ कार्तिक २०८२, शुक्रबार ०९:२८२२ कार्तिक २०८२, शुक्रबार ०९:२८२२ कार्तिक २०८२, शुक्रबार ०९:२८ by विशाल श्रेष्ठNo Comments
दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को दक्षिण कोरियाको सुवन (Suwon) मा हुने विशेष शोका लागि सबै टिकट बिक्री समाप्त (SOLD OUT) भएको छ।
Manggena Entertainment को आयोजनामा यहि नोभेम्बर ९ (आइतबार) का दिन सुवनको Ak plaza र 팔달문 मा रहेको २ ओटै सुबीधासम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मा प्रदर्शन हुन लागेको ‘जारी २’ को शोप्रति कोरियामा रहेका नेपाली दर्शकहरूको उत्साह अत्यधिक देखिएको छ।
केही दिनअघि मात्रै आयोजकले टिकटको अनलाइन बुकिङ खुला गरेको थिए, तर छोटो समयमै २ ओटै हलको सम्पूर्ण टिकट बिक्री सकिएको छ।
‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
फिल्मको लेखन र निर्देश...
१८ कार्तिक २०८२, सोमबार १३:०३१८ कार्तिक २०८२, सोमबार १३:०३१८ कार्तिक २०८२, सोमबार १३:०३ by विशाल श्रेष्ठNo Comments
बिपिन गुरुङ अध्यक्ष रहेको 𝐍𝐑𝐍 दक्षिण कोरियाले हालै जारी गरेको एक विज्ञप्तिमार्फत दक्षिण कोरियास्थित नेपाली समुदायमा देखिएका विभाजनकारी गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
संघले एनआरएनएको एकता महाधिवेशनलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आधिकारिक मान्यता प्रदान गरिसकेको स्पष्ट उल्लेख गर्दै, अबको प्राथमिकता संस्था एकीकृत, स्थिर र प्रवासी नेपाली हितमा उन्मुख बनाउनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “दूतावास र राजदूतज्यू प्रवासी नेपालीका अभिभावक, संयोजक र मार्गदर्शक हुन्। उनीहरूले संस्थागत एकतालाई कमजोर बनाउने र समुदायमा अशान्ति फैलाउने कार्य गर्न नहुने संवैधानिक तथा नैतिक दायित्व रहन्छ।”
बिपिन गुरुङले अध्यक्ष रहेको एनआरएन दक्षिण कोरियाले केही समययता देखिएका व्यवहारले प्रवासी नेपाली समुदायमा गम्भीर निराशा र शंका पैदा गरेको उल्लेख गर्दै दूतावासको भूमिका...
१७ कार्तिक २०८२, आईतवार ११:०५१७ कार्तिक २०८२, आईतवार ११:०५१७ कार्तिक २०८२, आईतवार ११:०५ by विशाल श्रेष्ठNo Comments
छुसकको अवसरमा सम्पन्न सुजन चापागाइँको 'पाँचथर साङ्गीतिक सौगात–भाग २’ बाट २ करोड ४१ लाख वोन नाफा
कोरियाली महान चाड ‘छुसक’ तथा नेपाली महान चाड ‘दशैं’ २०८२ को अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको सुजन चापागाइँको ’पाँचथर साङ्गीतिक सौगात–भाग २’ कन्सर्टबाट २ करोड ४१ लाख वन नाफा भएको छ।
गत अक्टोबर ५ तारिख सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा लोकप्रिय गायक सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन लिम्बू, र Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत कोरियामा रहेका कलाकारहरूले दमदार प्रस्तुति दिएको कार्यक्रमको सौलमा एक कार्यक्रम गरी आयोजकले आय–व्यय सार्वजनिक गरेको हो ।
सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनसँगै सामाजिक उद्देश्य जोडिएको थियो। कार्यक्रमबाट संकलित आम्दानी ग्रामीण क्षेत्रका विद्याल...
१२ कार्तिक २०८२, मंगलवार २१:१७१२ कार्तिक २०८२, मंगलवार २१:१७१२ कार्तिक २०८२, मंगलवार २१:१७ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरियाले आफ्नो ९ औं महाधिवेशन यही नोभेम्बर ९ (आईतवार) का दिन सौलमा गर्ने भएको छ।
“रैथाने भाषा, कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौं” भन्ने नाराका साथ स्थापित सस्थाले नोभेम्बर ९ तारिक आईतवारका दिन महाधिवेशन आयोजना गर्न लागेको हो। मध्यान्ह १२:०० बजे देखि सुरु हुने यस् कार्यक्रम सौल स्थित 서울시 종로구 창신길51, 5층 MG 새마을금고 동대문역 EXIT No. 1 बाट २ सय मिटर अगाडि गर्ने निर्धारण गरिएको छ।
कार्यक्रममा कोरियामा रहेका विभिन्न समुदाय, संघ–संस्था, तथा नेपाली जनसमुदायको सहभागिता रहने बताइएको छ।
आयोजक नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरिया ले सबैलाई महाधिवेशनमा उपस्थित भई एकता, पहिचान र सांस्कृतिक गौरवका लागि सहकार्य गर्न हार्दिक निमन्त्रणा गरेको छ।...
११ कार्तिक २०८२, सोमबार २१:४५११ कार्तिक २०८२, सोमबार २१:४५११ कार्तिक २०८२, सोमबार २१:४५ by विशाल श्रेष्ठNo Comments
लगातारको विवाद र पद रिक्ततापछि नयाँ नेतृत्वको आगमन
बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर–आवासीय नेपाली संघ (NRNA–NCC South Korea) को कार्यसमितिले नयाँ महासचिवको रूपमा नरेश शर्मालाई मनोनित गरेको छ।
संघका तात्कालिन महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) नेपाल फर्किएपछि रिक्त बनेको पदमा शर्मा नियुक्त गरिएको हो। आइतबार दोङ्देमुनस्थित संघको कार्यालयमा बसेको कार्यसमिति, सल्लाहकार र संरक्षक सहितको बैठकले उक्त निर्णय गरेको हो।
गत केही हप्तादेखि संघभित्र आन्तरिक विवाद तीव्र बनेको थियो।उक्त घटनाले संस्था नै विवादको केन्द्रमा परेपछि, नेतृत्वले महासचिवको पद रिक्त घोषणा गर्दै नयाँ अनुशासन र स्थायित्वका लागि नरेश शर्मालाई जिम्मेवारी दिएको हो।
बैठकले सो अवसरमा खाली रहेका सचिवमा अनन्त आचार्य,युवा संयोजकमा खगेन्द्र जोशी र सदस्यमा सन्जिब जङ कार्की लाई पनि नयाँ मनोनयन गरेको छ।
अध्यक्ष गुरुङले नयाँ...
११ कार्तिक २०८२, सोमबार १८:२५११ कार्तिक २०८२, सोमबार १८:२५११ कार्तिक २०८२, सोमबार १८:२५ by विशाल श्रेष्ठNo Comments
पूर्वी नेपाल समाज, दक्षिण कोरियाले २५ अक्टोबर २०२५, शनिबार साँझ निक नेपाल ट्राभल्सको सभाहल, दोङ्देमुनमा दशैं, तिहार, छठ र नेपाल सम्बत ११४६को अवसरमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ सम्पन्न गरेको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता — प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित हुने यो कार्यक्रम प्रवासमा नेपालीहरूबीच आपसी भेटघाट, सुसंस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सफल समापनपछि सहभागी, सहयोगी तथा शुभेच्छुक सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रममा सहभागीहरूले नेपाली परम्परागत परिकार (जस्तै सेल रोटी, अचार, दालभात), सांस्कृतिक प्रस्तुति, र विभिन्न समुदायबीच शुभकामना आदान–प्रदान गर्दै देउसी भैलो समेत् खेलेका थिए ।
पुर्वी नेपाल को आयोजना तथा पुर्बी नेपाल अन्तर्गतको विभिन्न जातिय र क्षेत्रीय संघ–संस्थाहरूको सहआयोजनामा भएक...