विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्ने भएको छ।
“प्रवासमा रहेका मोरङ्गेलीहरूको एकता,आपसी सद्भाव सहयोग र सहकार्य हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाको आनसानमा सन्तोष सिग्देलको अध्यक्षतामा बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको।
संस्थाको महासचिव रविन्द्र भट्टराईले सञ्चालन गरेको बैठकबाट विभिन्न प्रस्ताव उपर छलफल गरी निर्णय गरिएको थियो। पहिलो बैठकबाट मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्ने निर्णय गर्नुका साथै संस्थाको संरक्षक संस्थापक सल्लाहकार हरू समेत चयन गरिएको छ।
संस्थालाई हरेक समयमा साथ सहयोग र उचित सल्लाह सुझाव दिनका लागि डा. देवी बहादुर बस्नेत, नवराज शिवाकोटी, चन्द्र फुयाल,रोशन भट्टराई,जीव...
१८ फाल्गुन २०८१, आईतवार १०:१११८ फाल्गुन २०८१, आईतवार १०:१११८ फाल्गुन २०८१, आईतवार १०:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजः कोरियामा सक्रिय ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको दोङ्देमुनमा सम्पन्न पाँचौ अधिवेशन बाट सन्दीप हुक्पा चोङवाङ्गको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ।
“ दक्षिण कोरियामा छरिएर रहनुभएका सम्पूर्ण तेर्ह्रथुमेलीहरु एक हौ” भन्ने मुल नारा लिएर सन् २०१२ मा स्थापित ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको ऐतिहासिक पाँचौ अधिवेशन दोङ्देमुनमा रहेको पूर्वी नेपाल सामाजको सभा हलमा सम्पन्न भएको हो। नेपाली राजदुतावास सौलका राजदूतको प्रमुख आतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। पाचौं अधिवेशनको साथमा दक्षिण कोरियाको लागी नेपाली राजदुत डा.शिवमाया तुम्बाहाम्फे लाइ पनि स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो।
...
१८ फाल्गुन २०८१, आईतवार ०२:४२१८ फाल्गुन २०८१, आईतवार ०२:४२१८ फाल्गुन २०८१, आईतवार ०२:४२ by विशाल श्रेष्ठNo Comments
अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद चरम सीमामा पुगेको छ। एउटै एनआरएनए हुनुको सट्टा धेरै एनआरएनए जन्मिएको कारण देश बाहिर रहेको ठूलो जनमतलाई चिन्तित बनाएको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पठाएको पत्र सँगै अब एनआरएनएको विवाद अन्तिम चरणमा पुगेको छ भनेर भन्न सकिन्छ। किनकि त्यो पत्र अनुसार अब एनआरएनएको सचिवालयले निर्वाचन प्रक्रियाका लागि कार्यालय, जिन्सी, नगद लगायतका सबै सुविधा शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई उपलब्ध गराउनु पर्छ।
मे १८ मा एनआरएनए महाधिवेशन गराउन पर्ने भएकाले अब यो विवाद निष्कर्ष उन्मुख छ भनेर भन्न सकिन्छ। एआरएनएको विवादलाई निष्कर्षमा पुर्याउनका लागि यसको समाधानका विकल्पबारे कुरा गर्दैगर्दा हामीले विवादको पृष्ठभूमि समेत बुझ्न जरूरी छ।
सन् २० को अक्टोबरमा दसौं महाधिवेशनको तयारी गर्नको लागि राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अध...
१७ फाल्गुन २०८१, शनिबार १०:३५१७ फाल्गुन २०८१, शनिबार १०:३५१७ फाल्गुन २०८१, शनिबार १०:३५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज– गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन नजिकिए सँगै संस्थाको नेतृत्वमा आउन चाहनेहरूको ताँती देखिन थालेका छन्। आइतबार नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनको लागि भूमिराज भुसालले प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएका छन्।
बागलुङ समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत रहेका भुसालको नेतृत्वको प्यानलमा चर्चित युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्षपदका लागि र महासचिव पदमा डा कमला केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्।
बाग्लुङ समाजको सफल नेतृत्व गरिसकेका भुसाल को प्यानलमा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था को चिरपरिचित नाम युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै समाजलाई आर्थिक रूपमा मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यसैगरी पर्वत समाज दक्षिण कोरियाका महासचिव तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव समेत रहन...
१७ फाल्गुन २०८१, शनिबार ०७:२३१७ फाल्गुन २०८१, शनिबार ०७:२३१७ फाल्गुन २०८१, शनिबार ०७:२३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। भने अध्यक्षका आकांक्षी ४ जना रहेको विश्वस्त श्रोतबाट विशाल आवाजलाइ जानकारी प्राप्त भएको छ ।
प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिवेशनको हल दोङ्म्यो आफ स्टेसन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि (서울특별시 종로구 종로 진형 빌딩 386,10 층 मा रहेको छ।
दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको दोस्रो अधिवेशन नजिकिए सगै सस्थाको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संस्थाको नया...
१६ फाल्गुन २०८१, शुक्रबार १४:४८१६ फाल्गुन २०८१, शुक्रबार १४:४८१६ फाल्गुन २०८१, शुक्रबार १४:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीले नेपालीलाइ नै आर्थिक कारोबारमा ठगी गर्ने र पैसा फिर्ता नगर्ने जस्ता समस्याहरु बढ्दै गइरहेको देख्दै सुन्दै आइरहेका हौ। तर कोरियामा लगभग तीन वर्ष अघिदेखि धादिङ घर भएका रामगोपाल श्रेष्ठ (नाम परिवर्तन) ले भने अन्य व्यक्तिहरूले भन्दा भिन्दै तरिकाले दक्षिण कोरियामा भएका कैयौँ नेपालीको करोडौँ रुपैयाँ ठग्दै आएका छन्।
श्रेष्ठले दक्षिण कोरियामा रहेका एकपछि अर्कोलाई क्रमशः अनेक बहानामा आफुलाई नेपालमा तत्काल पैसाको समस्या परेको र सो रकम अनुसारको कोरियामा कोरियन वन दिने बताउदै नेपालमा पैसा हाल्न लगाइ पछि पैसा फिर्ता नगर्ने गरी ठगी गर्दै आएका छन्। उनको यस प्रकारको ठगीधन्दाबारे बारे दैनिक जसो विभिन्न ब्यक्तिहरुले सामाजिक सन्जाल फेसबुक लगायतका ग्रुप ,पेजहरुमा पोस्ट गरिरहेको भएतापनि उनको चलाखीपूर्ण ठगीको कारण कोरियन प्रहरीमा मुद्दा दर्ता भने हुन सकेको छ...
१५ फाल्गुन २०८१, बिहीबार १२:५११५ फाल्गुन २०८१, बिहीबार १२:५११५ फाल्गुन २०८१, बिहीबार १२:५१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ।
प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। अधिवेशनका लागि निर्वाचन समिति गठनदेखि लिएर विधान संशोधन समिति पनि चयन गरिसकेको र अधिवेशनमा हरेक जिल्लाबाट पाँचजना प्रतिनिधि पठाउने र कार्यसमिति ,विभागीय सदस्य ,सल्लाहकार र संस्थापक भने स्वत प्रतिनिधि हुने निर्णय समेत गरिसकेको छ। यसैगरी अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कार्यविभाजन गरी विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको छ।आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिव...
१३ फाल्गुन २०८१, मंगलवार १२:४७१३ फाल्गुन २०८१, मंगलवार १२:४७१३ फाल्गुन २०८१, मंगलवार १२:४७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा मार्च २३ तारिखका दिन ओसानमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” हुने भएको छ।
दक्षिण कोरियामा रहेको नेपलीज ब्याडमिन्टन कमिटी दक्षिण कोरिया को सहकार्यमा ओसान ब्याडमिन्टन कमिटिले खेलभावना जोश र उत्कृष्टता सँग भन्ने मूल नाराका साथ मार्च २३ तारिख आइतबारका दिन ओसान स्पोर्ट्स सेन्टरमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो। प्रतियोगितामा विजेता , पहिलो उपविजेता र दोस्रो उपविजेता हुने टिमले क्रमश ३ लाख ५० हजार वन र दुइ लाख वन र १ लाख वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुनको लागि ८०,००० वन मार्च १६ तारिखका दिनसम्म IBK BANK मा रहेको KHATRI KHIM को खाता नम्बर 01098195399 मा पठाइ दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।
ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा हुने “ओसान ओप...
१३ फाल्गुन २०८१, मंगलवार १२:०९१३ फाल्गुन २०८१, मंगलवार १२:०९१३ फाल्गुन २०८१, मंगलवार १२:०९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको मार्च २ तारिख आइतबार ह्वासङमा बिहानको ११:३० बजे हुने चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ।
“प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो।” भन्ने मुल नारा लिएर स्थापित ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् मार्च २ तारिखका दिन ह्वासङ स्थित कल्चरल सेयरिङ स्पेस फारानमा आयोजना हुने चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष सजना याक्सोले जानकारी दिनुभएको छ।
ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसैगरी आइतबार हुने कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल ...
१३ फाल्गुन २०८१, मंगलवार १०:५३१३ फाल्गुन २०८१, मंगलवार १०:५३१३ फाल्गुन २०८१, मंगलवार १०:५३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ । न्यायाधीशहरूले उहाँलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।
सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मङ्गलबारको अदालती सत्र उहाँको सुनुवाइको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाईको आधारमा आठ जना न्यायाधीशले उहाँको भाग्यको अन्तिम फैसला गर्नेछन् ।
सुनुवाइका लागि सत्तारुढ दल पिपुल्स पावर पार्टीका केही सांसद भने उपस्थित थिए ।
सन् २०२४ मा अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्ध संयुक्त राज्य अमेरिकाको फैसलालाई नजिर बनाउँदै युनको प्रतिरक्षा टोलीले अपदस्थ राष्ट्रपतिलाई ‘आफ्नो मूल संवैधानिक अधिकार प्रयोग गरेको’ ले दण्डित गर्न नमिल्ने तर्क गरेको थियो।
युनका वकिल ली डोङ चानले उक्त फैसलालाई महाभियोगको...