Advertisement
Advertisement

कोरियामा एक नेपालीको ठगीको सञ्जाल, मै हु मै हु भन्नेकै करोडौं झ्वाम, पटकपटक पक्राउ पर्दै सम्झौतामा छुट्दै

Advertisement
Advertisement

विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीले नेपालीलाइ नै आर्थिक कारोबारमा ठगी गर्ने र पैसा फिर्ता नगर्ने जस्ता समस्याहरु बढ्दै गइरहेको देख्दै सुन्दै आइरहेका हौ। तर कोरियामा लगभग तीन वर्ष अघिदेखि धादिङ घर भएका रामगोपाल श्रेष्ठ (नाम परिवर्तन) ले भने अन्य व्यक्तिहरूले भन्दा भिन्दै तरिकाले दक्षिण कोरियामा भएका कैयौँ नेपालीको करोडौँ रुपैयाँ ठग्दै आएका छन्।

श्रेष्ठले दक्षिण कोरियामा रहेका एकपछि अर्कोलाई क्रमशः अनेक बहानामा आफुलाई नेपालमा तत्काल पैसाको समस्या परेको र सो रकम अनुसारको कोरियामा कोरियन वन दिने बताउदै नेपालमा पैसा हाल्न लगाइ पछि पैसा फिर्ता नगर्ने गरी ठगी गर्दै आएका छन्। उनको यस प्रकारको ठगीधन्दाबारे बारे दैनिक जसो विभिन्न ब्यक्तिहरुले सामाजिक सन्जाल फेसबुक लगायतका ग्रुप ,पेजहरुमा पोस्ट गरिरहेको भएतापनि उनको चलाखीपूर्ण ठगीको कारण कोरियन प्रहरीमा मुद्दा दर्ता भने हुन सकेको छैन । यो क्रम रोकिने सुरसार भने अझै छैन हालसम्म उनले दक्षिण कोरियामा रहेका मै हुँ मै हुँ भन्नेहरूकै करोडौं झ्वाम पारेको बुझ्नमा आएको छ।उनले दोङ्गेमुनदेखि लिएर सुवन,जेजु,बुसान,आनसान,सोक्छो सबै ठाउँका नेपालीलाई ठगेको पाइएको छ। यो बारे विशाल आवाजलाई ३/४ महिना अगाडि जानकारी प्राप्त भएपछि सो व्यक्तिबाट पीडित भएका २/३ जना व्यक्ति हरुको भने केही मात्रामा रकम फिर्ता गर्न सफल भएका थियौँ। तर पछि बुझ्दै जाँदा एकजनाको रकम फिर्ता गर्न अरु दुई तीनजना ठग्ने गरेको पाइएपछि पीडितहरूलाई कानुनी प्रक्रियामा जान अनुरोध गरेका थियौँ।

कसरि गर्छन् त ठगि:
मानिसहरूको ठग्ने तरिका अनेकौं हुन्छन् तर तीमध्येपनि श्रेष्ठका ठग्ने तरिका भने भिन्नै प्रकारको रहेको छ। उनले सर्वप्रथम त कुनै व्यक्तिलाई सम्पर्क गर्ने र आफूलाई नेपालमा पैसाको अत्यन्तै आवश्यक रहेको/अहिले रेमिट्यान्सको रेट महङ्गो भएको कारण नेपालको खातामा पैसा डिपोजिट गरिदिने (हुण्डी) मान्छे कोही तपाईँको सम्पर्कमा छ भने सम्पर्क गरिदिनुहुन भनि अनुरोध गरी आफ्नो नेपालको कुनै खातामा पैसा हाल्न लगाउने र नेपालमा पैसा प्राप्त भइसकेपछी कोरियामा उक्त रकम नहाल्दिने गरेको पाइयो। सिधा तरिकामा भन्नुपर्दा अधिकांश ठगीहरुमा कसैलाई अनुरोध गरेर कुनै हुण्डीवालालाई नेपालको आफ्नो कुनै खातामा पैसा हाल्न लगाउने र नदिने गरेको पाईएको छ। यसो गर्दा प्राय; हुन्डीवालासँग ‌ सम्पर्क गराइदिने बिचको मान्छे फसेको देखिन्छ। कोरियामा अधिकांशसगँ कोही न कोही हुण्डी गरिदिने मान्छे चिनजान भएकोले उसलाई आफ्नो ठगी निरन्तर अघि बढाउन निकै सहज भएको छ। उनले हालसम्म ७ करोड रुपैयाँभन्दा बढी यसरी ठगेको पाइएको छ।


नेपालमा हुण्डी मार्फत पुगेको पैसालाइ फेरि सेतो धन बनाउने उनको अनौठो तरिका:
पछिल्लो समयमा नेपाल सरकार लगायत बैंकहरूले आफ्नो खातामा पटक पटक धेरै रकम जम्मा भएपछि निगरानी गर्ने प्रक्रिया अघि बढाएको छ। यही कुरा बुझी ठगीमा संलग्न निज श्रेष्ठले दिमाग लगाउँदै उक्त हुण्डी मार्फत पुगेको पैसालाइ सेतो धन बनाउन अनेक उपाय लगाएका छन्। नेपालमा पुगेको उक्त पैसालाइ कोरियामा आफ्नो सम्पर्कमा भएको व्यापारी लगायत अन्य हुण्डी वालालाई कोरियामा आफूलाई कोरियन वन दिनु र सो रकम बापतको नेपालको बैंकमा पैसा हालिदिने भन्दै उक्त नेपालमा रहेको पैसा व्यापारी लगायत अन्य हुण्डी वालाको‌ नेपालको खातामा हाल्दिएर कोरियामा कोरियन वन लिन्छन्। यो प्रक्रिया यतिमै रोकिँदैन कोरियामा प्राप्त भएको उक्त कोरियन वन आफूले भने कोरियाकै एक चलेको रेमिट्यान्स मार्फत आफ्नो श्रीमतीको बैंक खातामा पठाएर कानुनी रुपमा सेतो बनाउँछन्।

पटकपटक पक्राउ पर्दै सम्झौतामा छोडिँदै:
विभिन्न बहानामा रकम माग्ने र पछि नतिर्ने गरी ठग्दै आएका उनलाई पीडित समूहले पटकपटक कहिले कम्पनीमै त कहिले सेल्टरमै गएर पक्राउ गरिसकेका छन्। तर उनले आफुसगँ पैसा नभएको कहिले जग्गा बेचेर त कहिले बिटकोइन बेचेर केही दिनमै फिर्ता दिन्छु भन्दै बिन्ती मात्र गर्ने भएकोले पिडीतसगँ अरु केही विकल्प नै नरहेकोले कैयौँ पीडितहरूले अनेक सम्झौताका कागज बनाइ छोडेका छन्। केही दिन अगाडि मात्रै फेरि पनि उनलाई पीडितहरूले पक्राउ गरी एकदिनपछि छोडेका छन्।

हाम्रो भन्नु:
पछिल्लो समय दक्षिण कोरियामा नेपालीले नेपालीलाई नै विभिन्न प्रलोभन देखाई आर्थिक कारोबारमा ठगी गर्ने र पैसा फिर्ता नगर्ने जस्ता समस्याहरु बढ्दै आइरहेको छ। ठगीको केसहरू धेरै छन् सावधान हौ, पैसा दिँदा चिनेर मात्र दिउ। सर्वप्रथम त आफूले चिन्दै नचिनेको मानिससँग कारोबार नै नगरौँ। हुन्डी गर्नु अवैधानिक हो। होसियार हुनुहोस् वैधानिक बाटोबाट मात्र पैसा पठाउनुहोस्।

मिडियाकर्मि लगायत कपि पेस्ट गर्ने हरुलाई हाम्रो अनुरोध;
यो कन्टेन्ट तयार गर्न धेरै व्यक्तिहरु सग कुरा गर्नुपरेको,समय धेरै खर्चेको कारण दु:ख बुझि कपि गरेर पेस्ट गरेर सम्प्रेषण नगरिदिनुहोला लिङ्क नै सेयर गरिदिनुहोला

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×