विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको मार्च २ तारिख आइतबार ह्वासङमा बिहानको ११:३० बजे हुने चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ।
“प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो।” भन्ने मुल नारा लिएर स्थापित ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् मार्च २ तारिखका दिन ह्वासङ स्थित कल्चरल सेयरिङ स्पेस फारानमा आयोजना हुने चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष सजना याक्सोले जानकारी दिनुभएको छ।

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसैगरी आइतबार हुने कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल आवाज मार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।










