Advertisement
Advertisement

Day: १३ फाल्गुन २०८१, मंगलवार १२:४७

मार्च २३ मा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुँदै

मार्च २३ मा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुँदै

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा मार्च २३ तारिखका दिन ओसानमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” हुने भएको छ। दक्षिण कोरियामा रहेको नेपलीज ब्याडमिन्टन कमिटी दक्षिण कोरिया को सहकार्यमा ओसान ब्याडमिन्टन कमिटिले खेलभावना जोश र उत्कृष्टता सँग भन्ने मूल नाराका साथ मार्च २३ तारिख आइतबारका दिन ओसान स्पोर्ट्स सेन्टरमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो। प्रतियोगितामा विजेता , पहिलो उपविजेता र दोस्रो उपविजेता हुने टिमले क्रमश ३ लाख ५० हजार वन र दुइ लाख वन र १ लाख वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनको लागि ८०,००० वन मार्च १६ तारिखका दिनसम्म IBK BANK मा रहेको KHATRI KHIM को खाता नम्बर 01098195399 मा पठाइ दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा हुने “ओसान ओप...
ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको मार्च २ तारिख आइतबार ह्वासङमा बिहानको ११:३० बजे हुने चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ। “प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो।” भन्ने मुल नारा लिएर स्थापित ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् मार्च २ तारिखका दिन ह्वासङ स्थित कल्चरल सेयरिङ स्पेस फारानमा आयोजना हुने चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष सजना याक्सोले जानकारी दिनुभएको छ। ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसैगरी आइतबार हुने कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल ...
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु

दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ । न्यायाधीशहरूले उहाँलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो । सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मङ्गलबारको अदालती सत्र उहाँको सुनुवाइको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाईको आधारमा आठ जना न्यायाधीशले उहाँको भाग्यको अन्तिम फैसला गर्नेछन् । सुनुवाइका लागि सत्तारुढ दल पिपुल्स पावर पार्टीका केही सांसद भने उपस्थित थिए । सन् २०२४ मा अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्ध संयुक्त राज्य अमेरिकाको फैसलालाई नजिर बनाउँदै युनको प्रतिरक्षा टोलीले अपदस्थ राष्ट्रपतिलाई ‘आफ्नो मूल संवैधानिक अधिकार प्रयोग गरेको’ ले दण्डित गर्न नमिल्ने तर्क गरेको थियो। युनका वकिल ली डोङ चानले उक्त फैसलालाई महाभियोगको...
आजको राशिफलः २०८१ फागुन १३ गते मंलबार

आजको राशिफलः २०८१ फागुन १३ गते मंलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन राम्रो छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आजको दिन केही वाधा व्यवधानहरु आइपर्नेछ । तनाव र झमेलाहरु आकस्मिक रुपमा आइपर्ने भएकोले सचेतना अपनाउनु पर्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमको गति बढेर जानेछ । नयाँ कार्यहरुमा बाधा व्यावधानहरु आइपर्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मान सम्मान पाइने योग रहेको छ । मन हर्सित रहनेछ । मिष्ठान्न भोजन प्राप्ति हुने देखिन्छ ।   सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम बन्न...