विशाल आवाज: ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा मार्च २३ तारिखका दिन ओसानमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” हुने भएको छ।
दक्षिण कोरियामा रहेको नेपलीज ब्याडमिन्टन कमिटी दक्षिण कोरिया को सहकार्यमा ओसान ब्याडमिन्टन कमिटिले खेलभावना जोश र उत्कृष्टता सँग भन्ने मूल नाराका साथ मार्च २३ तारिख आइतबारका दिन ओसान स्पोर्ट्स सेन्टरमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो। प्रतियोगितामा विजेता , पहिलो उपविजेता र दोस्रो उपविजेता हुने टिमले क्रमश ३ लाख ५० हजार वन र दुइ लाख वन र १ लाख वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुनको लागि ८०,००० वन मार्च १६ तारिखका दिनसम्म IBK BANK मा रहेको KHATRI KHIM को खाता नम्बर 01098195399 मा पठाइ दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।
ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा हुने “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” सफल पार्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमी महानुभावहरूमा आयोजकले विशाल आवाजमार्फत अनुरोध समेत गरेको छ।









