Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

स्याङ्जा परिवार दक्षिण कोरियाले रमाइलो बनभोज कार्यक्रम मे ३ र ४ मा गर्दै

स्याङ्जा परिवार दक्षिण कोरियाले रमाइलो बनभोज कार्यक्रम मे ३ र ४ मा गर्दै

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था स्याङ्जा समाज दक्षिण कोरियाले बर्सिनी रुपमा आयोजना गर्दै आइरहेको रमाइलो बनभोज कार्यक्रम यसपालि पनि मे ३ र ४ मा गर्ने गरी तयारी गरेको छ। आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा सम्पर्क समिती दक्षिण कोरियाले मे ३ र ४ तारिख 별빛펜션 (태안군 원북면 신두해변길 201-26 번지 태안मा रमाइलो वातावरणमा बनभोज कार्यक्रम गर्ने भएको हो। बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि स्याङ्जाली ‌लगायत दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था अध्यक्ष सुशील गुरुङले विशाल आवाजलाई बताउनुभयो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा ...
कोरिया होलि महोत्सवको उच्छृङ्खल घटनाको गतिविधिमा संस्थाको असंलग्नता, आयोजकले निकाले विज्ञप्ति

कोरिया होलि महोत्सवको उच्छृङ्खल घटनाको गतिविधिमा संस्थाको असंलग्नता, आयोजकले निकाले विज्ञप्ति

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर‌ आपत्ति जनाउँदै आयोजक संस्थाले प्रेस विज्ञप्ति निकालेको छ। दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रममा कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रमको मर्म विपरीत सो समूहले गरेको आपत्तिजनक गतिविधि प्रति संस्थाको प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा कुनै पनि भूमिका नरहेको प्रष्ट पार्दै आयोजक संस्थाले विज्ञप्ति निकाली उक्त गतिविधिलाई सामाजिक सञ्जालमा अतिरञ्जित नगरिदिनुहुन र अपलोड गरिएको भिडियो सामग्री हटाइदिन अनुरोध समेत गरेको छ। ...
चलचित्र “अन्जिला” को दक्षिण कोरिया ह्वासङ सो मार्च २३ मा

चलचित्र “अन्जिला” को दक्षिण कोरिया ह्वासङ सो मार्च २३ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आइरहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियाको ह्वासङमा पनि मार्च २३ तारिख प्रदर्शन हुने भएको छ।  महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजनामा मार्च २३ तारिख आइतबारका दिन ह्वासङसीमा प्रदर्शन हुने भएको हो। ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजना तथा किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको सहजीकरणमा ह्वासङसीमा रहेको फारान स्थित साराङ फाङमा मा मध्यान्ह १२ बजे च्यारिटी शोको रूपमा प्रदर्शन गरिने चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप १५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ। नेपाल ल...
मार्च ३० मा “पुर्ण राई एण्ड दाजुभाइहरू” ले सउल तताउने पक्का

मार्च ३० मा “पुर्ण राई एण्ड दाजुभाइहरू” ले सउल तताउने पक्का

Breaking News, जानकारी, भर्खरै
धराने इभेन्ट्स कोरिया आयोजनामा मार्च ३० तारिख कोरियाको सउलमा हुने “PURNA राई and दाजुभाइहरू लाइभ इन कोरिया”मा ब्यान्डले सौल तताउने पक्का भएको छ। कोरियामा रहेका नेपाली  हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "धराने इभेन्ट्स कोरिया" ले अहिलेको यूवा पुस्तामाझ चर्चित PURNA राई and दाजुभाइहरूको साथमा सउलको HW 건밴션 센터मा लाइभ कन्सर्ट गर्ने भएको हो। 서울특별시 종로구 지하문로225(부암동 162-3) मा हुने यो ग्राण्ड इभेन्टमा कोरियामै रहेको फुल्याङ ब्याण्ड र नया दृश्य ब्यान्डको साथमा DJ RX को special performance रहनेछ भने कार्यक्रम सञ्चालन रेश्मा राईले गर्ने आयोजकले जनाएको छ। मार्च ३० तारिख आइतबार  का दिन दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यक्रमको प्रवेश शुल्क ४० हजार वन तोकिएको छ। यसैगरी इभेन्टको अनलाइन टिकट GMONEY TRANS को एप्स बाट समेत काट्न सकिनेछ। युवा पुस्ताको गीत संगीत प्रति...
किम्हेमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने

किम्हेमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना र नेपाली सम्पर्क समिति बुसानको सहआयोजनामा यही मार्च २६ तारिखका दिन किम्हे बुसानमा श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम साथमा राहदानी नवीकरण सेवा हुने भएको छ। नेपाली राजदूतावासले कोरियामा रहनुभएका नेपाली सम्पूर्ण नागरिकहरूलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरूमा राहधानी र कन्सुलर घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही आउँदो मार्च १६ तारिख का दिन नेपाली राजदूतावासका आयोजना तथा नेपाली सम्पर्क समिति बुसान शाखाको सहकार्यमा बुसानको किम्हे शहर स्थित 3F,Garakro 95,Gimhaesi,Gyeongnam मा घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएको हो। नेपाली राजदूतावास सियोलले एक सूचना जारी गर्दै राहदानी र...
SentBe/कुमारी बैंक मार्च प्रमोसनको पहिलो हप्ता ग्यालेक्सी ट्याबको विजेता घोषणा, अझै बाँकी छन् तीन हप्ताका पुरस्कार हरू

SentBe/कुमारी बैंक मार्च प्रमोसनको पहिलो हप्ता ग्यालेक्सी ट्याबको विजेता घोषणा, अझै बाँकी छन् तीन हप्ताका पुरस्कार हरू

जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको मार्च प्रमोसन पठाउनुहोस् र प्रत्येक हप्ता जित्नुहोस् आकर्षक उपहार अन्तर्गतको पहिलो हप्ताको सामसुङ ग्यालेक्सी ट्याब विजेता घोषणा गरिएको छ।। मार्च प्रमोसनको पहिलो हप्ता अन्तर्गत मार्च १ तारिखदेखि ७ तारिख भित्रमा रेमिट्यान्स गर्ने हरूबाट आइतबारका दिन सेन्ट-वी रेमिट्यान्सले फेसबुक लाइभ गरी विजेता घोषणा गरेको छ। मार्च १ तारिखदेखि ७ तारिख भित्रमा रेमिट्यान्स गर्नेहरूबाट फेसबुक लाइभमा लक्कि ड्र गरी विजेता छनोट गर्दा नोर्बु लामाले samsung galaxy tab जित्न सफल भएका छन्। सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको संयुक्त सहकार्यमा भइरहेको मार्च प्रमोसन बाट प्रत्येक हप्ता विभिन्न आकर्षक उपहारहरू पाउन सकिनेछ। जसअनुसार पहिलो हप्ता मार्च १ तारिखदेखि ७ तारिखसम्म रेमिट्यान्स गर्दा ग्यालेक्सी ट्याब ,...
राजदूतको उपस्थितिमा  हुने “한강 होली महोत्सव २०२५” को तयारी अन्तिम चरणमा

राजदूतको उपस्थितिमा हुने “한강 होली महोत्सव २०२५” को तयारी अन्तिम चरणमा

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन ‌한강 मा हुने होली महोत्सव २०२५ मा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे पनि उपस्थित हुनुहुने भएको छ। पूर्वीय कला ,संस्कृति परम्परा ,संस्कार लाई सम्बर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच "स" दक्षिण कोरियाको आयोजनामा हानखाङ नदिको किनारमा मार्च १६ तारिख आइतबारका दिन मध्यान्न १२ बजेबाट सुरु हुने होली कार्यक्रमको कलाकारसहितको ब्यानर सार्वजनिक गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। होलिका लागि आवश्यक रङ र टिसर्ट कार्यक्रम स्थलमै उपलब्ध हुनेका साथै नेपाली मौलिक खाना सेलरोटी चिया तथा पानीपुरी समेत उपलब्ध हुने कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्किने र परम्परागत एवं सांगीतिक प्रस्तुति समेत र...
नेपाल भलिबल संघ दक्षिण कोरियाले “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने

नेपाल भलिबल संघ दक्षिण कोरियाले “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा रहेको नेपाल भलिबल संघ दक्षिण कोरियाले मार्च ९ तारिकको दिन जुम भर्चुअल माध्यमबाट “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने भएको छ। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित नेपाली भलिबल खेलको विकास र विस्तारका लागि दक्षिण कोरियामा स्थापित नेपाल भलिबल संघ, दक्षिण कोरिया शाखाले आफ्नो मातहतमा आयोजना हुने भलिबल प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाली भलिबल रेफ्रीहरूलाई लक्षित गर्दै “अफिसियल भलिबल नियम २०२५-२०२८” अनुसार भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन सम्बन्धी जुम भर्चुअल कक्षा सञ्चालन गर्ने भएको हो। नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा ले प्रशिक्षण गर्ने कक्षामा नाम दर्ता तथा सहभागिता जनाउनका लागि मार्च ९ तारिख दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाउदै दक्षिण कोरियामा रहेका सम्पू...
जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ मा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्ने

जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ मा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्ने

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्ने भएको छ।  नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हाललाई दुईवटा लक्ष्य निर्धारण गरेको र पहिलो लक्ष्य विशेषगरी कोरिया स्थित नेपाली समुदाय र सकेसम्म समग्र कोरियालाई पनि नेपालको बारेमा विभिन्न जानकारी सहित समसामयिक परिस्थितिको बारेमा अवगत गराउने र नेपाल वा विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई कोरिया र कोरिया स्थित नेपाली समुदायसँग सम्बन्धित हरेक सूचना सन्देश एवं गतिविधिहरु सम्प्रेषण गर्ने रहेको छ अध्यक्ष जीवन खतिवडाले...
दक्षिण कोरियाको आदिवासी जनजाति महासङ्घ र आबद्ध संस्थाले भन्यो मुक्कुमलुङ(पाथीभरा)मा  “नो केवलकार”, प्रेस विज्ञप्ति सहित

दक्षिण कोरियाको आदिवासी जनजाति महासङ्घ र आबद्ध संस्थाले भन्यो मुक्कुमलुङ(पाथीभरा)मा “नो केवलकार”, प्रेस विज्ञप्ति सहित

Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
विशाल आवाज: ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथिभरा)मा केवलकार निर्माण गर्ने विषयको विवाद चर्किँदै गइरहेको छ। जसका कारण केवलकार निर्माण गर्ने व्यवसायी समूह र पाथिभरालाई मुकुम्लुङका नाममा विशेष आशा राख्ने स्थानीय समूहबीच पर्ने विवादले स्थानीय जनजीवन आक्रान्त बनिरहेको छ।  ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तीर्थस्थललाई प्रभावित पार्ने गरी निजी क्षेत्रले निजी व्यापारिक स्वार्थका लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी विकासका नाममा विनाशका योजना ल्याउन नहुने स्थानीयको माग छ। तर पाथिभरामा केवलकार बनाएरै छाड्ने पाथिभरा दर्शन केवलकार प्रालीको अडान कायम छ। जसले गर्दा पाथिभरा क्षेत्र तनावग्रस्त बनेको छ। व्यापारिक प्रायोजनको लागि निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको भन्दै सरकारको नीति नै आफ्नो निकट व्यापारी पोस्न...