विशाल आवाज:सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन 한강 मा हुने होली महोत्सव २०२५ मा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे पनि उपस्थित हुनुहुने भएको छ।
पूर्वीय कला ,संस्कृति परम्परा ,संस्कार लाई सम्बर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच “स” दक्षिण कोरियाको आयोजनामा हानखाङ नदिको किनारमा मार्च १६ तारिख आइतबारका दिन मध्यान्न १२ बजेबाट सुरु हुने होली कार्यक्रमको कलाकारसहितको ब्यानर सार्वजनिक गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
होलिका लागि आवश्यक रङ र टिसर्ट कार्यक्रम स्थलमै उपलब्ध हुनेका साथै नेपाली मौलिक खाना सेलरोटी चिया तथा पानीपुरी समेत उपलब्ध हुने कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्किने र परम्परागत एवं सांगीतिक प्रस्तुति समेत रहने संस्थाका अध्यक्ष श्याम अर्यालले बताउनुभएको छ।
“साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूहले परदेशमा रहेर पनि घरदेशको कला संस्कृतिलाई जोगाई राख्न अहोरात्र योगदान दिइरहेको छ।









