वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा दक्षिण कोरिया बस्नुहुने ठोरी गापा भरिको युवाहरूले "ठोरी समाज दक्षिण कोरिया समिति" गठन गरेको छ । आइतबार बसेको भेलाले ठोरी-४, मिलचोक स्थायी घर भई हाल दक्षिण कोरिया बस्नुहुने युवा समाजसेवी निराज पाख्रीनको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
दक्षिण कोरिया जस्तो मुलुकमा छरिएर रहेका ठोरी गापाका युवाहरूलाई एकताबद्ध गरि सुखदुखमा साथ दिन, कोरिया तथा आफ्नो गाउँटोलमा भईपरि आउने समस्याहरुलाई प्रवासबाट पनि योगदान दिने उदेश्यले यो संस्थाको स्थापना भएको यस संस्थाका संरक्षक संयोजक नीर बहादुर बोम्जनले जानकारी दिए । संरक्षक बोम्जन ज्युले आज भएको भेलालाई संयोजन समेत गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष निराज तामाङ, वरिष्ठ उपाध्यक्ष सुमित खड्का, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष राज लोपचन, महासचिव प्रदिप तिमिल्सिना, सचीव पुष्...
२८ भाद्र २०८१, शुक्रबार ०८:०३२८ भाद्र २०८१, शुक्रबार ०८:०३२८ भाद्र २०८१, शुक्रबार ०८:०३ by विशाल श्रेष्ठNo Comments
आउँदै गरेको कोरियन महान् चाड छुसकको अवसरमा यसै मिति २०२४, ९ महिना १७ तारिख मङ्गलबार छुसकको दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले सौलमा आफ्नो सातौं अधिवेशन र काव्य सुधा १६५ औँ श्रृङ्खला 'रचना वाचन' तथा डीइबी सिकारुकृत 'यौवन हराएको मान्छे' लोकार्पण कार्यक्रम एकै दिन गर्ने भएको छ।
सौल, थोङ्देमुन शुभेच्छा रेस्टुरेन्टको हलमा बिहान १० बजेदेखि गरिने उक्त कार्यक्रम मा रचना वाचनमा गजल तर्फ दीप प्रदीप कुमार , कवितातर्फ भरत खत्री र मुक्तकतर्फ सञ्जय घिमिरे ज्यूहरूको विशेष रचनावाचन रहनेछ भने अन्य उपस्थित साहित्यकारहरूको पनि रचना वाचन कार्यक्रम रहनेछ।
त्यसैगरी डिईबि सिकारु को 'यौवन हराएको मान्छे' कृति लोकार्पण पनि हुँदैछ साथसाथै साहित्यकारहरूको उल्लेखनीय उपस्थिति र विभिन्न संघसंस्थाका प्रतिनिध एवं अनेसास कोरियाका शुभचिन्तकहरूको माझ नयाँ कार्यसमिति गठन हुन...
२७ भाद्र २०८१, बिहीबार १४:१४२७ भाद्र २०८१, बिहीबार १४:१४२७ भाद्र २०८१, बिहीबार १४:१४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नवलपुर समाज दक्षिण कोरियाले छुसकको अवसर पारि सेप्टेम्बर १६/ १७ तारिख वनभोज तथा रमाइलो साँझ आयोजना गर्ने भएको छ।
दक्षिण कोरियामा रहेको लोकदोहोरी कलाकारहरूको बेजोड संस्कृति प्रस्तुति सहित नवलपुर समाजले सेप्टेम्बर १६ तारिख साँझ ५:३० बजेदेखि १७ तारिख आइतबार मध्यान्न १२ बजेसम्म 광북구 삼양로 181길 206(소귀골백운산장) मा कार्यक्रम आयोजना गर्नेभएको हो। ट्रेन लाइन नम्बर १ बाट 신설동역 बाट SUIN LINE चढेर 북한산 우이역 ओर्लेर एक नम्बर गेटबाट निस्की पैदल १० मिनेट (१किलोमिटर) अगाडि हुने कार्यक्रममा विभिन्न नेपाली परिकारको स्वाद संगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको मज्जा लिइ पारिवारिक माहोलको साथमा रमाइलो गर्न सक्ने अध्यक्ष हरि कँडेलले विशाल आवाजलाई बताउनुभएको छ। कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ९० हजार वन, महिलाको लागि ७० हजार वन र जोडीको लागि १५०००० वन प्रवेश शुल्क तोकिएको छ।
का...
२६ भाद्र २०८१, बुधबार ११:५८२६ भाद्र २०८१, बुधबार ११:५८२६ भाद्र २०८१, बुधबार ११:५८ by विशाल श्रेष्ठNo Comments
कोरियन महान चाड छुसकको अवसरमा शेर्पा सङ्घ दक्षिण कोरियाले निमा रुम्बा लगायतका ख्याति प्राप्त कलाकारहरूको साथमा सेप्टेम्बर १७ तारिख सउलमा आयोजना गर्न लागेको “हिमालयन सांगीतिक धमाका”
कार्यक्रममा आउने भनेकी कलाकार समीक्षा अधिकारी भिसा जटिलताको कारण कार्यक्रममा उपस्थित हुन नसक्ने भएकाले समीक्षाको ठाउँमा अस्मिता अधिकारी आउने भएकी छिन्।
“विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय शेर्पा सङ्घ ले छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 3 길 29,지하철 1호선 종로 5가역 2 번출구 बाट २५० मिटर अगाडि हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना गर्दैछ। कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु निमा रुम्बा, अस्मिता अधिकारी, मिङ्मा शेर्पा, पाल्मु शेर्पा, गिटारिस्ट सुनिल शाक्य, डिजे AP TENJING शेर्पा, मुस्कान राई लगायत स्थानीय कलाकार...
२६ भाद्र २०८१, बुधबार १०:३९२६ भाद्र २०८१, बुधबार १०:३९२६ भाद्र २०८१, बुधबार १०:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसरमा नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सउलमा कोरियामै पहिलोपटक डिजे नाइट सहित र्याप ब्याटल हुने भएको छ।
नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सोमबार बेलुकी ८ बजेदेखि सउल स्थित 서울시 중구 총무로 22 호운빌딩 지하 1층 충무로역 Exit 7,CHUNGMURO. STATION EXIT 7 मा ननस्टप Dj C-Man को डिजे म्युजिकको साथमा first ever rap battle in Korea and dj night हुने भएको हो।
पछिल्लो समय नेपाली युवा पुस्ता माझ लोकप्रिय हुँदै आएको र्याप ब्याटल कोरियामा रहेका स्थानीय र्यापरहरूलाई प्रोत्साहन गर्नका लागि neeszaal,B Boss, Cjur र kaal को साथमा दक्षिण कोरियामा पनि पहिलोपटक हुने भएको हो।
सउलमा हुने कार्यक्रमको प्रवेश शुल्क २५हजार वन तोकिएको छ ।सेप्टेम्बर १६ तारिख राती ८ बजे देखि हुने first ever rap battle in Korea and dj night कार्यक्रममा सहभागि भएर रमाइलो गर्नक...
२५ भाद्र २०८१, मंगलवार १६:०२२५ भाद्र २०८१, मंगलवार १६:०२२५ भाद्र २०८१, मंगलवार १६:०२ by विशाल श्रेष्ठNo Comments
नेपालमा रहेको विभिन्न संवैधानिक निकायहरू तथा सङ्घसंस्थाहरूमा त राजनीतिक भागबण्डा हुने कुरा सुन्दै र देख्दै आइरहेका हौँ त्यस्तै घटनाक्रम देखिएको छ पछिल्लो समय दक्षिण कोरियामा रहेको एनआरएनए कोरियामा पनि।
तीन ठुला दलको भागमा प्रबक्ता सहित मनोनित सदस्य पर्दा रास्वपा लगायत अन्य दलको हात खाली
नेपालको राष्ट्रिय तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १/१ जना गरि ३ जना नवौ कार्यसमितिको मनोनित सदस्यहरूमा चयन भई एनआरएनए कोरियामा पनि राजनितिक भागबण्डा भएको हो। नेपाली कांग्रेस बाट नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति समेत भइसकेका नेपाली कांग्रेस महासमिति सदस्य नवराज सिवाकोटी, नेकपा एमाले बाट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको सल्लाहकार समेत रहेका दीपक क्षेत्री (केसी)र नेकपा माओवादी केन्द्र बाट नेपाली जनप्रगतिशील मञ्च कोरिया छनान फेन्थेकका अध्यक्ष तथा नेपाली...
२५ भाद्र २०८१, मंगलवार १४:४५२५ भाद्र २०८१, मंगलवार १४:४५२५ भाद्र २०८१, मंगलवार १४:४५ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशमा भाइचारा, खेलकुदको सहारा अनुशासन स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ छुसकको अवसर पारी यहि आउदो सेप्टेम्बर १५ तारिखका दिन पोछन् मा SINBUK UNITED FC ले “SINBUK FOOTBALL TOURNAMENT 2024” आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टिमलाइ १० लाख कोरियन वोन र विशेष ट्रफी प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई जनही ५०/५० हजार कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22142140102014 मा TAMANG ASHISH को खातामा सेप्टेम्बर १३ तारिख सम्ममा टीम दर्ता शुल्क : २ लाख ५० हजार वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
सिन्बुक युनाइटेड एफसि द्वारा आयोजना गरिने उक्त प्रतियोगिता दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुला...
२५ भाद्र २०८१, मंगलवार १२:४२२५ भाद्र २०८१, मंगलवार १२:४२२५ भाद्र २०८१, मंगलवार १२:४२ by विशाल श्रेष्ठNo Comments
नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा सेप्टेम्बर १५ तारिख आइतबार का दिन कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने भनिएको नेपकोर नाइट स्थगन भएको छ । साथै Gmoney trans रेमिट्यान्सको माध्यमबाट अनलाइन टिकट लिनुहुनेहरुको पनि पैसा फिर्ता हुने भएको छ ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनीको साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भनिएको थियो। तर भिसा जटिलताका कारण नेपालबाट आमन्त्रित कलाकार अर्थात् LAURE & BAD KOMPANY ले निर्धारित समय अनुसार NEPKOR NIGHT मा प्रस्तुति दिन नसक्ने जानकारी दिदैं कार्यक्रम स्थगन गरिएको आयोजकले एक सुचना निकाली जनाएको छ ।
आयोजकले सुचनाम...
२४ भाद्र २०८१, सोमबार १२:०५२४ भाद्र २०८१, सोमबार १२:०५२४ भाद्र २०८१, सोमबार १२:०५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय दक्षिण धादिङ्ग समाज कोरियाले छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिक सुवनमा रहेको ग्रेट हिमालयन रेष्टुरेन्टको सभाहलमा गर्ने भनिएको १० औ अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सन्तोष अधिकारीले विशाल आवाजलाई जानकारी दिनुभएको छ ।
"कोरियाबासी धादिङ्गेली हरूको एकता, धादिङ्ग समाज दक्षिण कोरियाका प्रतिबद्धता" भन्ने मुल नारा लिएर सन २०११ सालमा स्थापित धादिङ्ग समाज दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन सुवन स्टेशन ८ नम्बर गेट बाट थोरै अगाडि रहेको ग्रेट हिमालयन रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ः३० मा आफ्नो १० औ अधिबेशन गर्ने भएको हो ।
धादिङ्ग समाज दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण धादिङ्गेली हरूको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रू...
२३ भाद्र २०८१, आईतवार १०:५६२३ भाद्र २०८१, आईतवार १०:५६२३ भाद्र २०८१, आईतवार १०:५६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय पापोहाङ लाओती सयङ दक्षिण कोरियाले आफ्नो चौथौ अधिबेशन छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिक दोङ्देमुनमा रहेको पूजा रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ ।
"हाम्रो प्रतिबद्धता समस्त लाओतीहरूको आर्थिक, शैक्षिक राजनीतिक,सामाजिक एवं सांस्कृतिक रूपान्तरणमा साझा एक्यबद्धता " भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित पापोहाङ लाओती सयङ दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन दोङ्देमुन स्थित पूजा रेष्टुरेन्टको सभाहलमा दिउँसो २ बजे आफ्नो ऐतिहासिक चौथो अधिबेशन गर्ने भएको हो ।
पापोहाङ लाओती सयङ दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण लाओती हरुको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ।
दक्षिण कोरियामा सक...