Advertisement
Advertisement

भर्खरै

Fonemoney रिफर गर्ने र रजिष्टर गर्ने सबैलाई उपहार

Fonemoney रिफर गर्ने र रजिष्टर गर्ने सबैलाई उपहार

जानकारी, भर्खरै
दक्षिण कोरिया ।फोनमनीले दक्षिण कोरियामा "रिफर एण्ड वीन" अफर सहित "रजिष्टर गर्ने सबैलाई उपहार" योजना सार्वजनिक गरेको छ । । यो अफर अन्तर्गत ३ जनालाई फोनमनी रिफर गरेर रु.१००० जित्न सकिनेछ । आफूले रिफर गरेको ३ जनाले फोनमनी रजिष्टर गर्नासाथ रु १००० ईसेवा वालेटमा जित्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत रजिष्टर गर्ने सबैलाई खाली हात नहुने गरि पुरस्कार दिने बताइएको छ । यो अफर संगै फोनमनीका ग्राहकले पैसा पठाउदा मात्र नभई फोनमनी एप रजिष्टर गर्दा समेत पुरस्कार जित्न सक्ने भएको छ । रजिष्टर गर्ने सबैको हात खाली नहुने गरि रु.१०० ईसेवा वालेटमा नगद उपहार घोषणा गरेको छ । यसबाट अब फोन मनी रजिष्टर गर्ने सबैले उपहार पाउने भएका छन । यसको साथै फोन मनी रेमिटयान्स कम्पनीबाट पैसा पठाउदा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफरहरु जारी नै रहेको छ । जस अन्तर्गत "पैसा ईसेवामा,घर काठमाण्डौमा" भनेर फोनमनी मार...
आजको राशिफलः २०८१ कात्तिक २२ गते बिहीवार

आजको राशिफलः २०८१ कात्तिक २२ गते बिहीवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न अवसरले पछ्याउनेछ। लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) वादविवाद सुल्झाउने समय छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । ...
कोरियाको इपिएस प्रणाली धरापमा पर्दै छ – राजु श्री

कोरियाको इपिएस प्रणाली धरापमा पर्दै छ – राजु श्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राजु श्री /कोरिया  :सबै नेपाली हरुको ध्यान दशै तिहार जस्ता ठुला चाडबाडमा केन्द्रित हुदा बर्तमान सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गरेर ई–७ भिसामा म्यानपावर मार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् । यो ब्यबस्था ल्याए सगै निष्पक्ष रुपमा हुँदै आएको इपिएस प्रणाली लगभग धरापमा पर्ने निश्चित भएको छ । मेहनत गरेर भाषा पास गरेर कोरिया जाने धेरै नेपाली युबा बर्गको सपनामा तुषारापात आउने देखिदै छ । अब केही समय भित्रै भाषा पास गर्ने भन्दा दलाल लाई २०/२५ लाख रुपैया बुझाउन सक्ने हरु छिटो कोरिया भित्रिने सम्भबना बढेर गएको छ । अब कोरियाका ठुला तथा मझौला कम्पनी हरु ले सिधै म्यानपावर मार्फत आफुलाइ आबश्यक परेका नेपाली कामदार लैजान पाउनेछन् । त्यसो हुदा नेपाली युबाहरुले दलाल र बिचौलियाल...
आइतबार हुने नुवाकोट समाज दक्षिण कोरियाको ११ औ साधारण सभाको सम्पुर्ण तयारी पुरा

आइतबार हुने नुवाकोट समाज दक्षिण कोरियाको ११ औ साधारण सभाको सम्पुर्ण तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:यहि आउँदो आइतबार नोभेम्बर १० तारिखका दिन खिम्पोमा हुने नुवाकोट समाज दक्षिण कोरियाको ११ औ साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।  “सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित नुवाकोट समाज दक्षिण कोरियाले यही आउँदो नोभेम्बर १० तारिख आइतबारका दिन दिउसो १२ बजे खिम्पो स्थित खुरे यकमा रहेको नमस्ते एभरेस्ट रेस्टुरेन्टको सभाहलमा एघारौँ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम भव्यताका साथ आयोजना गर्दैछ। नुवाकोट समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। समाजले ११औ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरी विभिन्न कालखण्डमा समाजलाई योगदान पुर्याउनु हुने सल्लाहकारहरूलाई सम्मान गर्नुको साथै विभ...
नोभेम्बर १० मा “पोखरा युनाइटेड भेटरान फुटसल टुर्नामेन्ट २०२४ ”  हुँदै

नोभेम्बर १० मा “पोखरा युनाइटेड भेटरान फुटसल टुर्नामेन्ट २०२४ ” हुँदै

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा पनि भेटरानहरु लाई मध्यनजर गर्दै पोखरा युनाइटेड फुटबल क्लब दक्षिण कोरियाले नोभेम्बर १० तारिख का दिन “ पोखरा युनाइटेड भेटरान फुटसल टुर्नामेन्ट २०२४ ” आयोजना गर्ने भएको छ । ३५ वर्ष उमेर नागेका हरू खेल्न पाउने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:२० लाख र १० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई  जनही ५०/५० हजार कोरियन वोन सहित  प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। नोभेम्बर १० तारिख आइतबारका दिन 금왕생활체육공원 मा हुने प्रतियोगितामा सहभागी हुन टीम दर्ता शुल्क ३ लाख वन  PARIYAR DEEPAK को खातामा रहेको NH BANK को खाता नम्बर 3020725359141  मा ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने आयोजकले बताइएको छ। पोखरा युनाइटेड एफसि द्वारा आयोजना गरिने उक्त प्रत...
बागलुङ समाज दक्षिण कोरियाको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखमा

बागलुङ समाज दक्षिण कोरियाको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाले आफ्नो एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखका दिन सउलमा गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको दशौ कार्यसमिति, संरक्षक, सल्लाहकार सहित सुवनमा बसेको भौतिक बैठकबाट समाजको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिख आइतबारका दिन सउलमा ११ बजे गर्ने निर्णय गरेको हो। ११ औं अधिवेशनमा उम्मेदवारी दिन र अधिवेशन प्रतिनिधि बन्नका लागि समाजको आजीवन तथा साधारण सदस्य अनिवार्य रूपमा लिनुपर्ने भएकोले डिसेम्बर १ तारिख भित्रमा दक्षिण कोरियामा रहनुभएका बाग्लुङबासी दाजुभाई तथा दिदीबहिनीहरू सम्पूर्णमा समाजको सदस्यता लिनुहुनका लागि समाजले हार्दिक अनुरोध समेत ग...
आजको राशिफलः २०८१ कात्तिक २० गते मंगलवार

आजको राशिफलः २०८१ कात्तिक २० गते मंगलवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग प...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिक उत्सव आइतबारका दिन दोङ्देमुनमा भव्यताका साथ सम्पन्न गरेको छ। “आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आइतबारका दिन सउलको दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो। नेपाली राजदूतावास दक्षिण कोरियाका द्वितीय सचिव सूर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न १० औ वार्षिक उत्सव कार्यक्रममा MTU - Migrants' Trade Unionअध्यक्ष उदय राई, NRNA दक्षिण कोरियाको उपाध्यक्ष तारा पुन मगर, बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्ष बीपी पौडेल, जनजाति महासंघ अध्यक्ष बिसन राई, नेपाली सम्पर्क समिति कोरियाको वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट, नेपाल...
तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० मा रजत जयन्ती समापन समारोह गर्ने

तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० मा रजत जयन्ती समापन समारोह गर्ने

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाजःकोरियास्थित सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० तारिख सउलमा  आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा रजत जयन्ती समापन समारोह गर्ने भएको छ। आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा गत अगष्ट ३ र ४ तारिकमा सउलमा भव्य कार्यक्रम गरि संस्थाले रजत जयन्ती मनाएको थियो। अन्तर्राष्ट्रिय तमु परिषद् आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा नोभेम्बर १० तारिखका दिन दोङ्म्यो आफ स्टेशन ३ नम्बर गेट बाट ३०० मिटर अगाडि रहेको 진형 भवनको दशौँ तल्लामा दिउसो १२ बजेबाट रजत जयन्ती समापन समारोह कार्यक्रम आयोजना गर्ने भएको हो।  तमू भाषा, लिपि,भेषभुषा संस्कार र संस्कृतिको संरक्षण गर्दै आपसी सद्भाव र एकताको साथै कोरियाबासी तमुहरूलाई आइपर्ने विभिन्न समस्याहरू समाधान गर्ने उद्देश्यले स्थापित कोरियाबासी तमुहरूको साझा र स्वायत्त संस्था तमू धीं दक्षि...
किरात याक्थुङचुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन सम्पन्न, अध्यक्षमा विनोद सौदेन

किरात याक्थुङचुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन सम्पन्न, अध्यक्षमा विनोद सौदेन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३ औ महाधिवेशन दोङ्देमुन स्थित पूर्वी नेपाल को सभाहलमा सम्पन्न भएको छ। १३औं महाधिवेशनबाट बिनोद सौदेनको नेतृत्वमा २८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।  दक्षिण कोरियामा सक्रिय रूपमा क्रियाशील सामुदायिक जातीय समाजिक उत्तरदायित्वको हिसाबले अब्बल ठहरिएको आफ्नो अलग्गै २४ वर्षे इतिहास बनाउन सफल लिम्बु जातिहरूको सर्वोच्च संस्था किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको आइतबार भएको १३औं ऐतिहासिक महाधिवेशनबाट विनोद सौदेन लिम्बुलाइ अध्यक्ष चयन गर्दै २८ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।सन्तोष मादेनको संयोजकत्वमा शुन्दरदिप आङ्देम्बे, मिराक पन्दाक(अग्नी), र पबित्रा थेबे सदस्य रहेको निर्वाचन मण्डलले‌ नयाँ कार्यसमितिमा विनोद सौदेनको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा,उपाध्यक्षमा बिरेन लिङदेन ,माङ्सालुङमा तुम्ब...