Advertisement
Advertisement

कोरियाको इपिएस प्रणाली धरापमा पर्दै छ – राजु श्री

Advertisement
Advertisement

राजु श्री /कोरिया  :सबै नेपाली हरुको ध्यान दशै तिहार जस्ता ठुला चाडबाडमा केन्द्रित हुदा बर्तमान सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गरेर ई–७ भिसामा म्यानपावर मार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् ।

यो ब्यबस्था ल्याए सगै निष्पक्ष रुपमा हुँदै आएको इपिएस प्रणाली लगभग धरापमा पर्ने निश्चित भएको छ । मेहनत गरेर भाषा पास गरेर कोरिया जाने धेरै नेपाली युबा बर्गको सपनामा तुषारापात आउने देखिदै छ । अब केही समय भित्रै भाषा पास गर्ने भन्दा दलाल लाई २०/२५ लाख रुपैया बुझाउन सक्ने हरु छिटो कोरिया भित्रिने सम्भबना बढेर गएको छ ।

अब कोरियाका ठुला तथा मझौला कम्पनी हरु ले सिधै म्यानपावर मार्फत आफुलाइ आबश्यक परेका नेपाली कामदार लैजान पाउनेछन् । त्यसो हुदा नेपाली युबाहरुले दलाल र बिचौलियालाइ असाध्यै मोटो रकम बुझाउनु पर्ने हुन्छ । त्यसको शुरुवात भैसकेको छ । आजकल बजार भरि बिज्ञापन हरु देखिन थालिसकेका छन् । इ -७ भिसाको बारेमा लोभ्याउदै विभिन्न म्यानपावर र ईन्स्टिच्युट हरुले लुटको धन्दा शुरु गरिसकेका छन् ।

बिगतका दिनहरुमा कोरिया सग सम्बन्धित रहेर आउने कुनै पनि बिषयमा कोरियाली राजदुताबास ले विशेष चासो राख्ने गर्दथ्यो । तर बालकुमारी घटना पश्चात् खासै चासो राखेको देखिदैन । यो कार्यबिधिका बिषयमा पनि दुताबास मौन छ ।

कोरियामा नेपाली कामदारहरुले राम्रै छवि बनाएका थिए । अधिकाम्श रोजगारदाता हरुको छनोटमा नेपाली कामदार पर्ने गर्दथे । बिचमा केही मौसमी कामदारहरु कोरिया आउन सफल आए । झन्डै हजारको आसपासमा आएका मौसमी कामदार हरु मध्य जम्मा ९ जना मात्र नेपाल फर्किएको बुझिएको छ । अरु सबै कोरियामै अबैधानिक रुपमा रहेका छन् । यसपछि केही जिकज्याक भएकै हो ।

अहिले कोरियामा काम पाउनु भनेको फलामको च्युरा चपाउनु सरह बन्दै गएको छ । कोरियाको निर्यातमा ठूलो गिरावट आएको छ । सदाबहार चल्ने पानीहजाज कम्पनी हरु टाट पल्टिने अबस्थामा पुगेका छन् । चौबिसै घन्टा चल्ने कम्पनीहरु ले भकाभक कामदार कटौती गरिरहेका छन् । यसको मुख्य कारण मध्यपुर्बको युद्द र कोरियाली प्रायद्दिप बिचको तनाबलाइ पनि लिएर हेर्ने गरिएको छ । यद्यपि आफ्नो ब्यबसायमा आएको गिरावट सगै केही समय अगाडी मझौला कम्पनी हरुको संगठन ले सरकार सग कर छुट लगायतका माग हरु राखेर ज्ञापन पत्र बुझाएका छन् ।

यो कार्यबिधी ल्याउनको लागि करोड हैन अर्बको चलखेल भएको छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । हिजो कोरिया जान गोली खान तयार हुने हरु र गोली खुवाउन उक्साउने हरु आज तै चुप मै चुप छन् ।

र अन्त्यमा ,

नेपालमा भाषा परिक्षा पास गरेर बसेका अझै पनि दशौ हजार युबाहरु छन् । लाखौको संख्यामा अध्यनरत छन् । उनीहरुको सपना पनि हाम्रो जस्तै साझा सपना हो ।

कोरियामा मान्छे नै पिच्छेका च्याउ सरी संघ सस्था हरु छन् । विभिन्न कार्यक्रम हरुमा ठुलै मानिसहरुको आसन र भाषण देखिन्छ । अधिकाम्श सबै पार्टीका संगठन छन् । गरिब र सर्बहारा बर्गको नेतृत्व गर्ने पार्टीका संगठन हरु पनि छन् । संगठनमा ठुल-ठुला नेता हरु पनि छन् । तर यस्तो डरलाग्दो बिषयमा कसैले पनि मुख खोल्न सकेका छैनन् । हामी जस्तै लाखौ निम्न मध्यम बर्गिय युबाहरुको सपना लाइ लात हान्ने यो ब्यस्थाको बिरुद्द कोरिया बाट तपाईं हामी बोल्नु पर्छ कि पर्दैन ?

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×