विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २६/२७ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को दशौ महाअधिवेशनको लागि “अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै अध्यक्ष पदमा मा हालका उपाध्यक्ष हरि भट्टराईले उम्मेदवारी दिएका छन्।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७) का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी दिएपछि दक्षिण कोरियामा एकदमै महत्वपूर्ण साथ हेरिएको छ।कुनै पनि गुटबन्दीको पछि नलागी स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भट्टरा...
७ श्रावण २०८२, मंगलवार ११:५३७ श्रावण २०८२, मंगलवार ११:५३७ श्रावण २०८२, मंगलवार ११:५३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:विशाल आवाज: गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्(NRNA-NCC) दक्षिण कोरिया ख्याङ्गसान शाखाको आइतबार किम्हेमा भएको छैठौँ ऐतिहासिक अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शिबराज केसिले निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप लगाएका छन् ।
NRNA दक्षिण कोरिया केन्द्रको अधिवेशन नजिकिएसँगै यसको ख्याङ्गसान शाखाको पनि छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिख आइतबारका दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको हलमा भएको थियो। अधिवेशनको सुरुदेखि नै विवाद बाट सुरु भएको कार्यक्रम बन्द सत्र सकिँदासम्म पनि विवादमै टुङ्गिएको थियो।
अधिवेशन सुरु गर्नु अगाडि नै प्रमुख अतिथिको विषयलाई लिएर कार्यक्रम सञ्चालन गर्न ढिला भएको थियो।
बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरिया केन्द्रबाट अध्यक्ष अथवा वरिष्ठ उपाध्यक्ष प्रमुख अतिथि आउने भनिएकोमा केन्द्रले केन्द्रीय सदस्...
७ श्रावण २०८२, मंगलवार ११:१९७ श्रावण २०८२, मंगलवार ११:१९७ श्रावण २०८२, मंगलवार ११:१९ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” जुलाइ २७ मा गर्दै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले जुलाई २७ तारिखका दिन सउलमा “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” आयोजना गर्नेभएको छ।
आदिवासी जनजाति संघसंस्थाहरूको छाता संगठन आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले आफ्नो मौलिक भाषा,संस्कृति,परम्परा र इतिहासलाई प्रवासमा संरक्षण एव प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न खोज अनुसन्धान लेख रचनाहरूको संग्रह “आदिवासी जर्नल एवं स्मारिका २०२५” यही जुलाई २७ तारिख आइतबारका दिन मध्यान्न १२ बजे दोङ्देमुनिस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा विमोचन गर्नेभएको हो।
नेफिन कोरिया ,कोरियामा क्रियाशील सबै जातिय संस्थाहरुको स्थापना ,बिकासक्रम र गतिविधिलाइ दस्तावेजिकरन गर्न साथै आदिवासी जनजाति...
७ श्रावण २०८२, मंगलवार ०८:१६७ श्रावण २०८२, मंगलवार ०८:१६७ श्रावण २०८२, मंगलवार ०८:१६ by एलिनाNo Comments
एक उत्तर कोरियाली नागरिकले आफूलाई नेपाली “पेम्बा शेर्पा” भनेर चिनाउँदै ठूलो रकम हत्याएका छन।
अमेरिकी ब्लकचेन कम्पनी Starter Labs मा CTO को पदमा पुगेर करिब २८ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको ठ, गी गरेको पाइएको हो।
उनले २० महिनासम्म झूटो परिचयमा काम गरेर कम्पनीको डिजिटल वालेट नियन्त्रणमा लिएर रकम निकालेका थिए।
एफबीआईले उनलाई उत्तर कोरियाली साइबर समूहसँग सम्बन्धित मानेको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
७ श्रावण २०८२, मंगलवार ०२:३६७ श्रावण २०८२, मंगलवार ०२:३६७ श्रावण २०८२, मंगलवार ०२:३६ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक योजना सफल बन्ने संकेत छ। कडा परिश्रमले उपलब्धि मिल्नेछ। परिवारमा खुसी आउनेछ। आफूभन्दा ठूला व्यक्तिसँग लाभदायक कुराकानी हुने सम्भावना।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन तपाईंको लागि अनुकूल छ। आत्मबल र सोच दुवैमा सकारात्मकता देखिन्छ। समाज वा परिवारमा सम्मान मिल्ने समय हो। निर्णय क्षमता राम्रो रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
थकान, अल्छीपन वा निरुत्साह हुन सक्ने दिन। कुनै कुरा मनमा गढेर बस्न सक्छ। सजग र धैर्य बनिरहनु राम्रो हुन्छ। एकान्तमा शान्ति खोज्न मन लाग्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइ वा सामाजिक घेरामा सक्रियता बढ्नेछ। समर्थन मिल्नेछ। कुनै पुरानो मित्रसँग पुनः भेट हुन सक्छ। समूहमा नेतृत्वदायी भूमिका लिन सक्नुहुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको जिम्म...
६ श्रावण २०८२, सोमबार १२:५९६ श्रावण २०८२, सोमबार १२:५९६ श्रावण २०८२, सोमबार १२:५९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: ICN को आयोजनामा शनिबार कोरियाको सउलमा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION”मा नेपाली खेलाडी राजु नेपालीले १ गोल्ड सहित ३ मेडल जित्न सफल भएको छ।
गत शनिबार १९ तारिखका दिन सउलस्थित साइन्स एण्ड टेक्नोलोजीको हलमा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” मा राजु नेपालीले क्लासिक फिजिकमा गोल्ड मेडल,क्लासिक फिजिक ओपनमा चौथो र मेन्स फिजिक first timer मा सिल्भर मेडल जित्न सफल भएका हुन्।
दाङ तुल्सीपुर घरभइ विगत सात वर्षदेखि दक्षिण कोरियाको छन्जुमा कार्यरत राजु नेपाली आफ्नो १२ घण्टाको ड्युटी सकाए पश्चात पनि जिम,व्यायाम गर्दै अन्तर्राष्ट्रिय स्टेजमा नेपाललाई चिनाउन सफल भएको छ। प्रतियोगितामा तीनवटा क्याटेगोरीमा भिडेका नेपालीले तीनवटै क्याटेगोरीमा मेडल जित्न सफल भएका हुन्।...
६ श्रावण २०८२, सोमबार १२:००६ श्रावण २०८२, सोमबार १२:००६ श्रावण २०८२, सोमबार १२:०० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : हाल बुद्धि गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले कोरियामा चुनावी माहोल छ तर हरिबिजोग तालको। आगामी जुलाई २६ र २७ मा सउलमा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा निर्वाचन समिति २०२५ ले नयाँ कार्यसमितिका लागि परेको उम्मेदवारीहरूको नामावली प्रकाशन गर्दै गर्दा चुनावी माहोलको हरिबिजोग ताल देखिएको हो।
यसअघिको चुनावमा एउटै पदका लागि चार/पाँचजना उम्मेदवारी दिने र प्राय सबैजसो पदका लागि भोटिङ हुने गर्दथ्यो र त्यसैअनुसारको प्रचारप्रसार लबिङ हुने गरेको पाइन्थ्यो। तर यसपालिको २५-२७ कार्यसमितिका लागि भने त्यस्तो छुट्टै खालको रौनक अझै पनि देख्न सकिरहेको छैन।
निर्वाचन समिति २०२५ ले NRNA-NCC कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का कार्यसमितिका लागि परेको उम्मेदवारी को न...
६ श्रावण २०८२, सोमबार ११:५७६ श्रावण २०८२, सोमबार ११:५७६ श्रावण २०८२, सोमबार ११:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले यहि जुलाई २६ तारिखका दिन सउलमा बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक कार्यक्रम गर्ने भएको छ।
दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपाली समुदायबीच बृहत् अन्तरक्रिया गरि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नका लागि:(NRNA-NCC) दक्षिण कोरियाले जुलाइ २६ तारिख शनिबारका दिन दिउँसो ३ बजे दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा पत्रकार सम्मेलन गर्ने भएको हो।
कार्यक्रम संघको पछिल्लो अवस्था, वैधानिकता, तथा समाजमा फैलिएको विभिन्न भ्रमलाई चिर्न तथा स्पष्ट पार्नका लागि आयोजना गरिएको आयोजकले जनाएको छ। समाजका विभिन्न सम्मानित व्यक्तित्व, एनआरएन अभियन्ता तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गरी सत्य, विधि र संघको वैधानिक पक्ष प्रस्तुत गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ समेत ...
६ श्रावण २०८२, सोमबार ०२:४१६ श्रावण २०८२, सोमबार ०२:४१६ श्रावण २०८२, सोमबार ०२:४१ by एलिनाNo Comments
बोम्जन गुरुङ:दक्षिण कोरिया स्थित मगर समुदायको गौरवमय संस्था नेपाल मगर संघको बाह्रौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई २० तारिक सम्पन्न सो अधिवेशनबाट अन्जन थापा मगर अध्यक्ष रहने गरि ३१ दस्यीय संरचनाको तेह्रौं कार्यसमिति गठन भएको हो ।
संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष बिसन राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । संघका केन्द्रीय उपाध्यक्ष अन्जान थापा मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा महासचिव केशर राना मगरले प्रगति विवरण र कोषाध्यक्ष दिल बलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बिसन राईले हरेक जनजाती संघसंस्थाले आफ्नो जातीय अस्तित्व संरक्षण र जातीय हकहितका लागि आवाज बुलन्द पार्नुपर्ने आव...