Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको‌ चुनावी माहोलको हरिबिजोग; २१ सदस्यीय पदको लागि १६ जनाको मात्र उम्मेदवारी,९ जना सर्वसम्मत तिन पदको लागि मात्र भोटिङ हुने सम्भावना

Advertisement
Advertisement

बिशाल आवाज : हाल बुद्धि गुरुङ अध्यक्ष रहेको  गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले कोरियामा चुनावी माहोल छ तर हरिबिजोग तालको।‌‌‌‌‌‌‌‌‌‌‌ आगामी जुलाई २६ र २७ मा सउलमा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा निर्वाचन समिति २०२५ ले नयाँ कार्यसमितिका लागि परेको उम्मेदवारीहरूको नामावली प्रकाशन गर्दै गर्दा चुनावी माहोलको हरिबिजोग ताल देखिएको हो।

यसअघिको चुनावमा एउटै पदका लागि चार/पाँचजना उम्मेदवारी दिने र प्राय सबैजसो पदका लागि भोटिङ हुने गर्दथ्यो र त्यसैअनुसारको प्रचारप्रसार लबिङ हुने गरेको पाइन्थ्यो। तर यसपालिको २५-२७ कार्यसमितिका लागि भने त्यस्तो छुट्टै खालको रौनक अझै पनि देख्न सकिरहेको छैन।

निर्वाचन समिति २०२५ ले NRNA-NCC कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का कार्यसमितिका लागि परेको उम्मेदवारी को नामावली प्रकाशन गर्दै गर्दा ठूला पदमा हानाथाप र साना पदमा हाहाकार हुने देखिएको छ । विभिन्न पदहरू गरी २१ सदस्य रहने नयाँ कार्यसमितिका लागि जम्मा १६ जनाको उम्मेदवारी दर्ता भएको छ भने , २ जना उपाध्यक्ष,२ जना सचिव,‌१ कोषाध्यक्ष,१ युवा संयोजक,१ महिला संयोजक र दुईजना सदस्य गरी ९ जना सर्वसम्मत चयन हुने र अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र महासचिव जस्तो मुख्यमुख्य पदका लागि मात्रै भोटिङ हुने जस्तो देखिएको छ। NRNA मा विशेष मानिने ICC प्रतिनिधिकै एउटा पनि उम्मेदवारी नआउनुको साथै महिला उपाध्यक्ष, सह कोषध्यक्ष, १ उपाध्यक्ष र ५ सदस्य हरूको समेत उम्मेदवारी नआएको पाइएको छ। अध्यक्ष पदका लागि बुद्धि गुरुङ,पार्वती तामाङ, हरिप्रसाद भट्टराई गरी तीन जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा सुनिल कान्दाङवा, तारा पुनमगर‌ अनि महासचिवमा कमल भण्डारी र दीपक केसीको उम्मेदवारी परेको छ। यसरी हेर्दा मुख्यमुख्य ठुला ३ पदहरूमा मात्रै भोटिङ हुने जस्तो देखिएको छ।

केन्द्रमा नै NRNA विभाजित भएको असर कोरियामा पनि देखिएको छ।नेतृत्वमा रुचि घटेको हो कि! मिलेमतोको राजनीति हावी!
के यो नेतृत्वप्रति आकर्षण घटेको संकेत हो त!कि फेरि अगाडिनै मिलेमतो भई ‘सर्वसम्मति’को आवरणमा भागबण्डा बाँडफाँट गरिएको हो! भन्ने जस्ता सामाजिक सञ्जालमा बहसहरू तातिरहेका छन्।
अबको सवाल: आगामी दुइ वर्ष एनआरएनए कोरियाले कस्तो दिशा लेला? नेतृत्वको छनोट सीमित प्रतिस्पर्धाबाट मात्र हुने अवस्थामा, करिब ८०/९० हजार जना कोरियामा रहेका नेपालीहरुमा १४१२ मात्र सदस्यता लिएको NRNA KOREA बाट हजारौं नेपालीहरूको प्रतिनिधित्व कत्तिको प्रभावकारी हुनेछ? अबको नेतृत्वले सबैको आवाज समेट्न सक्छ होला त?

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×