Advertisement
Advertisement

भर्खरै

बुद्धि गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाको १०औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु — संयोजक राईद्वारा मतदातालाई सक्रिय सहभागिताको आग्रह

बुद्धि गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाको १०औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु — संयोजक राईद्वारा मतदातालाई सक्रिय सहभागिताको आग्रह

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बुद्धि गुरुङको नेतृत्वमा रहेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १०औं राष्ट्रिय महाधिवेशन २०२५ अन्तर्गत आज (जुलाई २७) निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन समितिका संयोजक लोचन राईका अनुसार, मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ र बिहान १०:३० बजेबाट मतदान सुरु भएको हो। संयोजक राईले निर्वाचन प्रक्रियामा निष्पक्षता, पारदर्शिता र मर्यादित सहभागिता सुनिश्चित गर्न सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय व्यवस्था मिलाइएको बताए। साथै, उनले पञ्जीकृत सम्पूर्ण सदस्यहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्दै नेतृत्व चयनमा सक्रिय सहभागिता जनाउन विशेष आग्रह गरेका छन्। उनका अनुसार, मतदान सम्पन्न भएपछी  आजै साँझ ६ बजेभित्र मतगणना गरी निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। परिणाम घोषणा लगत्तै नव–निर्वाचित पदाधिकारीहरूको सपथग्रहण कार्यक्रमसमेत आयोजना गरिने छ। निर्वाचन समितिले प...
विपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए दक्षिण कोरियाद्वारा बृहत अन्तरक्रिया, पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रम सम्पन्न

विपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए दक्षिण कोरियाद्वारा बृहत अन्तरक्रिया, पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज— गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको विपिन गुरुङ नेतृत्वमा रहेको कार्यसमितिद्वारा आयोजित बृहत अन्तरक्रिया, पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रम २०२५ जुलाई २६ तारिखका दिन सउलको दोङदेमुनस्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको मूल उद्देश्य दक्षिण कोरियामा सक्रिय नेपाली संघसंस्थाका प्रतिनिधि, समुदाय अगुवाहरू, राजनीतिक संगठन, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद गरी संघप्रति धारणा बुझ्नु, सुझाव संकलन गर्नु र आगामी कार्ययोजनाबारे साझा प्रतिबद्धता जनाउनु रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई संघको वैधानिकता, कार्यसमिति गठनपछिको गतिविधि, हालसम्मको प्रगति विवरण तथा आगामी योजनाबारे सुस्पष्ट रूपमा जानकारी गराइएको थियो। संघले सार्वजनिक गरेको प्रतिबद्धता दस्तावेजप्रति सहभागीहरूले सकारा...
दक्षिण कोरियामा “रुद्राभिषेक तथा शिव महिमा भजन प्रतियोगिता” आयोजना हुने

दक्षिण कोरियामा “रुद्राभिषेक तथा शिव महिमा भजन प्रतियोगिता” आयोजना हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज— नेपाली मौलिक संस्कार, संस्कृति तथा सनातन परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित “सनातन, साहित्य, सङ्गीत, साधना समूह (पाँच स) दक्षिण कोरिया” ले यस वर्ष पनि आफ्नै मन्दिरमा पवित्र श्रावण महिनाको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। समूहले आगामी श्रावण १८ गते, आइतबार (२०२५ अगस्ट ३ तारिख) का दिन “रुद्राभिषेक तथा शिव महिमा भजन प्रतियोगिता” कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ। कार्यक्रम बिहान ९:३० बजे रुद्राभिषेक पूजाबाट सुरु हुनेछ भने भजन प्रतियोगिता बिहान ११:५० बजे सुरु हुने जनाइएको छ। समूहले समस्त सनातन प्रेमी महानुभावहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गरेको छ। साथै, रुद्राभिषेक पूजा समारोहमा कर्ताका रूपमा सहभागी हुन इच्छुक महानुभावहरूले पूर्व जानकारी गराई नाम दर्ता गराउन सक्नेछन्। भज...
आजको राशिफल: २०८२ श्रावण ११ गते आईतबार

आजको राशिफल: २०८२ श्रावण ११ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा फसिएला। अनावश्यक झमेला बेहोर्नु पर्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मन पर्ने वस्त्र उपहार पाइन सकिन्छ। तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) उन्नति प्रगतिको वातावरण बन्नेछ। प्रतिस्पर्धामा जित तपाईँको पोल्टामा पर्नेछ। लामो समयदेखिको अधुरो काम सम्पन्न हुनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य थालिएला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। प्रेमीसँग कुनै ...
बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA कोरिया अधिवेशनमा मिडियाप्रति उपेक्षा, सबै क्षत्रलाई सम्मान गर्दा पत्रकार महासंघलाई बिर्सियो न त पत्राचारनै

बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA कोरिया अधिवेशनमा मिडियाप्रति उपेक्षा, सबै क्षत्रलाई सम्मान गर्दा पत्रकार महासंघलाई बिर्सियो न त पत्राचारनै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  बुद्धि गुरुङ अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ दक्षिण कोरिया (NRNA KOREA )को सौलमा आज सम्पन्न अधिवेशनमा सञ्चारकर्मीहरू र मिडियालाई गरिएको उपेक्षा विरुद्ध पत्रकारहरू आक्रोशित भएका छन्। अध्यक्ष बुद्धि गुरुङ नेतृत्वको NRNA समुहले आयोजना गरेको कार्यक्रममा कोरियामा कार्यरत मिडिया प्रतिनिधि र पत्रकारहरूलाई न त आमन्त्रण गरियो, न कुनै जानकारी प्रवाह न त सम्मान नै! यसरी सञ्चारकर्मीलाई पूर्ण बेवास्ता गर्नु संगठनको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। कोरियास्थित पत्रकारहरू भन्छन् “हामी प्रवासी नेपालीको आवाज बन्ने प्रयास गरिरहेका छौं, तर NRNA जस्तो संस्था उल्टै हामीलाई बहिष्कार गर्दैछ।” NRNA को मूल उद्देश्य भनेको विदेशमा रहेका नेपालीको हक–हितको रक्षासँगै, नेपाली पहिचान र सम्मान बचाउने हो। तर त्यो उद्देश्य पूर्ति गर्न सञ्चार माध्यमको भूमिका अत्यावश्यक हुन्...
आजको राशिफल: २०८२ श्रावण १० गते शनिबार

आजको राशिफल: २०८२ श्रावण १० गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक योजना सफल बन्ने संकेत छ। कडा परिश्रमले उपलब्धि मिल्नेछ। परिवारमा खुसी आउनेछ। आफूभन्दा ठूला व्यक्तिसँग लाभदायक कुराकानी हुने सम्भावना। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन तपाईंको लागि अनुकूल छ। आत्मबल र सोच दुवैमा सकारात्मकता देखिन्छ। समाज वा परिवारमा सम्मान मिल्ने समय हो। निर्णय क्षमता राम्रो रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) थकान, अल्छीपन वा निरुत्साह हुन सक्ने दिन। कुनै कुरा मनमा गढेर बस्न सक्छ। सजग र धैर्य बनिरहनु राम्रो हुन्छ। एकान्तमा शान्ति खोज्न मन लाग्न सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइ वा सामाजिक घेरामा सक्रियता बढ्नेछ। समर्थन मिल्नेछ। कुनै पुरानो मित्रसँग पुनः भेट हुन सक्छ। समूहमा नेतृत्वदायी भूमिका लिन सक्नुहुन्छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कामको जिम्म...
कोरियाको गर्मीमा काम गर्दै गर्दा एक नेपालीको दु:खद निधन 

कोरियाको गर्मीमा काम गर्दै गर्दा एक नेपालीको दु:खद निधन 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियामा गर्मी बढ्दो छ। यस्तै गर्मीमा काम गरिरहेका एक नेपालीको 포헝시. मा दुखद निधन भएको छ। २४ जुलाई को दिन, दिउँसो १२ बजेर २३ मिनेटतिर 경북 포항시 북구 (पोङ्ग सिटी, उत्तर जिल्ला) स्थित एक डाँडामा घाँस काट्ने काम गर्दै गर्दा ४० वर्ष उमेरका नेपाली पुरुष A씨 अचानक ढलेका थिए। साथीहरूले तत्कालै आपतकालीन सेवामा खबर गरेपछि ११९ एम्बुलेन्स टोली घटनास्थलमा पुग्दा A씨 बेहोस अवस्थामा रही नाडीमा चाल नदेखिएको बताइएको छ। तुरुन्तै अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका बताइको छ।   अनुसन्धान अनुसार A씨 बिहान ६ बजेदेखि घाँस काट्ने काममा संलग्न थिए। त्यो दिन पोङ्गमा अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो। मौसम विभागका अनुसार जुलाई २२ देखि पोङ्ग क्षेत्रमा ‘폭염경보’ (गर्मी सर्तकता उच्चतम तह) जारी गरिएको थियो। साथै चार दिनदेखि रातको न्यूनतम तापक्रम २५ डिग्रीभन्दा नघटेको ‘ताप रात’ (तातो रात) क...
आजको राशिफल: २०८२ श्रावण ९ गते शुक्रबार

आजको राशिफल: २०८२ श्रावण ९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चार, लेखन वा यात्रा सम्बन्धी कार्यमा प्रगति हुनेछ। नयाँ मान्छेसँग चिनजान फाइदाजनक रहन सक्छ। भाइबहिनीसँग सम्बन्ध सुधारिने समय। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धन खर्च बढ्न सक्छ तर कामको लागि उपयोगी हुनेछ। बृद्ध व्यक्तिको सहयोग पाउनुहुनेछ। आर्थिक निर्णय सोचविचार गरी गर्नुहोला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बढ्नेछ। निर्णय क्षमता मजबुत हुनेछ। आत्मविश्वासका साथ अघि बढ्न सकिने समय हो।  कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निराशा वा थकानको अनुभूति हुन सक्छ। आत्मसमीक्षा वा विश्रामको आवश्यकता छ। पुराना कामको समीक्षा गर्दा लाभ हुनेछ।  सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा समूहगत काममा सम्मान पाइनेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। नयाँ योजना बनाउने राम्रो समय हो...
“चार वर्ष NRNA को यात्रा गरें, अब केही समय मौन बस्ने निर्णय गरेँ” — सुनिल कन्दङगवा

“चार वर्ष NRNA को यात्रा गरें, अब केही समय मौन बस्ने निर्णय गरेँ” — सुनिल कन्दङगवा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
चार वर्षसम्म गैर–आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियामा लगातार दुई कार्यकाल समर्पित भूमिका निर्वाह गरेका सुनिल कन्दङगवाले अबको नेतृत्व दौडबाट आफूलाई अलग राख्ने निर्णय गरेका छन्। उपाध्यक्ष (२०२३–२०२५) र सह–कोषाध्यक्ष (२०२१–२०२३) को जिम्मेवारीमा रहेर काम गरेका कन्दङगवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै भनेका छन्, “नेतृत्व लिन सुझाव धेरै आए, तर आत्माले मानेन। त्यसैले अब केही समय विश्राममा बस्ने निर्णयमा पुगेको छु।” चार वर्षको यात्रामा उनले समुदाय, संस्था, व्यवहार र राजनीति — सबैलाई नजिकबाट बुझ्ने मौका पाएको अनुभव साटेका छन्।   “यहाँ काम गर्दा प्रशंसा कम, आलोचना बढी पाइन्छ। त्यो आलोचनाले नै मलाई अझ गम्भीर बनायो।” उनले NRNA को मूल मुद्दा र उद्देश्य बिस्तारै गुम्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। “कोरिया अब बिबादको लाल किल्ला बनिसकेको छ,” भनेर उनले त्यो असन्तो...
संस्थाको मर्यादाका लागि एक पाइला पछाडि — बुद्धि गुरुङ “संस्थाभन्दा माथि गुट र व्यक्तिवाद हावी भएकोमा गहिरो चिन्ता”

संस्थाको मर्यादाका लागि एक पाइला पछाडि — बुद्धि गुरुङ “संस्थाभन्दा माथि गुट र व्यक्तिवाद हावी भएकोमा गहिरो चिन्ता”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया २०२३–२०२५ कार्यकालका अध्यक्ष बुद्धि गुरुङले संस्थाको आगामी कार्यकालका लागि दिएको अध्यक्ष पदको उम्मेदवारी स्वेच्छाले फिर्ता लिएको घोषणा गरेका छन्। सार्वजनिक वक्तव्यमार्फत उनले संस्थामा आफ्नो भूमिका सफलतापूर्वक पूरा गर्न सघाउनुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक, र सहयोगीहरूप्रति हृदयदेखि धन्यवाद प्रकट गरेका छन्। “सधैं संस्थालाई पहिलो प्राथमिकता दिएँ,” गुरुङले लेखेका छन्, “सकेजति काम गरेँ — सानो वा ठूलो भन्ने भेद कहिल्यै राखिनँ।” गुरुङले आपतकालीन अवस्था, विपद्का बेला र आप्रवासी नेपालीहरूको आवश्यकतामा सधैं फ्रन्टलाइनमा रहेर सेवा दिने प्रतिबद्धता निभाएको दाबी गरेका छन्। यद्यपि, हाल संस्थामा गुटगत सोच, आन्तरिक द्वन्द्व र व्यक्तिवाद हावी हुन थालेको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरेका छन्। “संस्थाको गरिमा, एकता र साझा उद्देश्यलाई सर्वोपरि ठानी, मै...