केन्द्रमा बद्री केसी अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्गत दक्षिण कोरियाको १०औं अधिवेशन जुलाई २६/२७ मा सम्पन्न भयो। पार्वती मोक्तान नयाँ अध्यक्षमा निर्वाचित भइन्।
अधिवेशनसँगै सार्वजनिक भएको आर्थिक प्रतिवेदनले अघिल्लो (८औं) कार्यसमितिबाट १४ करोड ४४ लाख वन हस्तान्तरण भए पनि हाल ५ करोड ६३ लाख वन हाराहारी वन मात्र बाँकी देखिएको छ। करिब १० करोडको खर्च भएको देखिएको छ। ९ औ कार्यसमितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले संस्थाले ठूलो वित्तीय घाटा व्यहोर्नु परेको देखाएको छ।
फुटबल, नेपाल डे, भलिबल ,सदस्यता फिर्ता, तलब, कार्यालय खर्चलगायत शीर्षकमा ठूलो रकम खर्च भए पनि विवरण स्पष्ट छैन।
आठौं कार्यसमितिबाट हस्तान्तरण भएको कुल रकम १४ करोड ४४ लाख ३० हजार ४ सय ४० वन थियो। तर नयाँ कार्यसमितिको प्रतिवेदनअनुसार जम्मा ५ करोड ६३ लाख ७२ हजार ५ सय ३० वन मात्र शुद्ध बचत देखिएको छ। यसका अतिर...
१४ श्रावण २०८२, मंगलवार ०२:५७१४ श्रावण २०८२, मंगलवार ०२:५७१४ श्रावण २०८२, मंगलवार ०२:५७ by विशाल श्रेष्ठNo Comments
प्रवासमा छरिएर रहेका सिन्धुपाल्चोकबासीलाई एउटै सूत्रमा बाँध्ने अभियान
दक्षिण कोरियामा रहनुभएका सिन्धुपाल्चोक जिल्लाबासीहरूमाझ एकता, आत्मीयता र सहकार्यको सेतु बन्ने उद्देश्यसहित सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले बृहत् तथ्याङ्क संकलन सुरु गरेको छ।
“आपसी सद्भाव, सहयोग र सदाचार — सिन्धुपाल्चोकबासीको मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापना भएको समाजले, पछिल्लो समय प्रवासमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूमाझ नाता चिनाउने मात्र होइन, साथ दिने माहोल बनाउने अभियान अघि सारेको हो।
अब कोरियामा जुनसुकै भिजामा हुनुहुन्छ – अध्ययन, रोजगारी वा व्यवसाय — सिन्धुपाल्चोक जिल्लाबाट आउनुभएको छ भने, तपाईं यो अभियानको हिस्सा बन्न सक्नुहुन्छ।
🧭 किन आवश्यक छ यो अभियान?
कोरियामा रहेको सिन्धुपाल्चोकबासी अरुको तथ्याङ्क सङ्कलन २०२५ को मुख्य उद्देश्यहरु निम्न प्रकार रहेका छन्।
१, कोरियाम...
१४ श्रावण २०८२, मंगलवार ०२:४२१४ श्रावण २०८२, मंगलवार ०२:४२१४ श्रावण २०८२, मंगलवार ०२:४२ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज जागरूकता आवश्यक छ। आलोचना हुन सक्छ तर आत्मसुधारको अवसर पनि मिल्नेछ। मङ्गलबार भएकाले हनुमानजीको पूजा गर्नु लाभदायक हुन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन रमाइलो तिर लाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। अध्ययन वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरपरिवारमा सामान्य चिडचिडाहट आउन सक्छ। घरको कुनै जिम्मेवारी बढ्न सक्छ। मानसिक तनावबाट बच्न शान्ति अपनाउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धि र वाक्प्रतिभा प्रयोग गरेर काम सफल बनाउन सकिनेछ। यात्राको योग पनि बलियो छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनको लेनदेनमा ध्यान दिनुहोस्। अनावश्यक खर्चले मन असन्तुष्ट हुन सक्छ। मङ्गलबार भएकाले रक्तदान वा धार्मिक सेवा गर्नु राम्रो हुनेछ।
कन्या (पा, पि, प...
१३ श्रावण २०८२, सोमबार १३:३७१३ श्रावण २०८२, सोमबार १३:३७१३ श्रावण २०८२, सोमबार १३:३७ by एलिनाNo Comments
कोरियाको किम्हेमा रहेर नेपाली महिलाहरूको आवाज बन्दै अघि बढिरहेको संस्था सिस्टरहुड कोरियाले आफ्नो दोस्रो ऐतिहासिक अधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ।
जुलाई २७ मा न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनबाट विष्णु पाण्डेय पुनः अध्यक्षमा चयन हुँदै १२ सदस्यीय तेस्रो कार्यसमिति सर्वसम्मत गठन गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा सरिता बरुवाल, उपाध्यक्षहरूमा रोजा गुरुङ र शान रायमाझी, सचिवमा स्मृति अधिकारी, सह–सचिवमा एलिजा क्षेत्री, कोषाध्यक्षमा रमा शर्मा (अधिकारी), सह–कोषाध्यक्षमा शोभा दुलाल, र सदस्यहरूमा राधा गुरुङ, ममिता तिम्सिना, रिनि राई र पनिका गुरुङ रहेका छन्।
“Together We Can” भन्ने नारासहित सन् २०१८ मा स्थापना भएको सिस्टरहुड कोरियाले कोरियाको बुसान, किम्हे, मासान, छाङ्वनलगायत क्षेत्रमा रहेका नेपाली महिलाहरूलाई संगठित गर्दै सामाजिक, साँस्कृतिक र परोपकारी क्षेत्रमा नि...
१३ श्रावण २०८२, सोमबार ११:३६१३ श्रावण २०८२, सोमबार ११:३६१३ श्रावण २०८२, सोमबार ११:३६ by एलिनाNo Comments
विशाल आवाज : कोरियाको सुनछनमा फेरि एकपटक नेपाली क्रिकेटले माहोल तताउने तयारीमा छ। आउँदो २०२५ अगस्ट ३ मा Himalayan Tigers को आयोजनामा हुने Suncheon Cup 2025 लाई लिएर अहिले उत्साह चरममा पुगेको छ।
नेपाली क्रिकेटप्रेमीहरूका लागि यो केवल खेल होइन, भेटघाट, भाइचारा, र आफ्नो समुदायप्रतिको गर्व प्रदर्शन गर्ने मंच पनि हो। प्रतियोगितामा पहिलो हुने टिमलाई २० लाख वोनसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टिमले १० लाख वोनसहित ट्रफी र मेडल पाउनेछ। साथै, म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टलाई पनि ट्रफीले सम्मान गरिनेछ।
खेल १० ओभरको हुनेछ र नकआउट आधारमा सञ्चालन गरिनेछ। खेलमा एलबिडब्लु (LBW) र पावरप्ले लागू हुनेछ भने हार्ड टेनिस बल प्रयोग गरिनेछ। खेलाडीहरू अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्नेछ र सबैले जर्सी लगाएर खेलमा उपस्थित हुनुपर्नेछ। मैदानभित्र धूम्रपान तथा मध्यपान कडाइका साथ निष...
१३ श्रावण २०८२, सोमबार ०५:४९१३ श्रावण २०८२, सोमबार ०५:४९१३ श्रावण २०८२, सोमबार ०५:४९ by एलिनाNo Comments
थेसो, दक्षिण कोरिया —
घरपरिवारदेखि टाढा, परदेशी भूमिमा पसिना बगाउने नेपाली चेलीहरूको भावना बोकेको नयाँ तीज गीत “मेरो त देशै माइती भयो” सार्वजनिक भएको छ। दक्षिण कोरियाको थेसोमा छायांकन गरिएको यस गीतले प्रवासी जीवनको वास्तविकता र तीज पर्वप्रतिको आत्मीय सम्बन्धलाई मार्मिक शैलीमा उतारेको छ।
गीतका सर्जक दिवस तिवारी हुन्, जसले शब्द र संगीत दुवै भरेका छन्। पूर्णकला बिसीको भावनात्मक स्वरले गीतलाई थप सजीव बनाएको छ। एरेन्जर रमेश सेन्चुरी, रेकर्डिङ/मिक्सिङमा सुरज भुसालको योगदान छ।
दृश्य प्रस्तुतिमा निर्देशक सोनम पराजुलीले संवेदना मिसिएको कथा प्रस्तुत गरेका छन्। भिडियोमा प्रमिला भट्टराई र शोनीप विक्रम शाहीको अभिनय छ भने निकिता थापा, दीपिका थापा र प्रीति पाण्डेले लोकभावमा सजिएको नृत्य प्रस्तुत गरेका छन्। समग्र व्यवस्थापन जनक भट्टराईले सम्हालेका छन्।
गीत Bharat Chettri युट्युब च्यानलबाट सार्...
१३ श्रावण २०८२, सोमबार ०५:४४१३ श्रावण २०८२, सोमबार ०५:४४१३ श्रावण २०८२, सोमबार ०५:४४ by एलिनाNo Comments
सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सुदूरपश्चिम समाज, दक्षिण कोरियाबीच दुई वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार, सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरूमा संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। यस क्रममा निसर्ग अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टोली खटाउनेछ भने, सुदूरपश्चिम समाज, कोरियाले स्थानीय व्यवस्थापन तथा समन्वयमा सहजीकरण गर्नेछ।
स्वास्थ्य शिविर बाहेक, सहकार्य अन्तर्गत प्रत्येक महिनाको नियमित रूपमा भर्चुअल स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइनेछ। सुदूरपश्चिम समाजको आधिकारिक फेसबुक पेज तथा अन्य डिजिटल माध्यममार्फत प्रदान गरिने यो सेवामार्फत बालरोग, स्त्रीरोग, छालारोग, मानसिक रोग तथा मुटुरोग सम्बन्धी परामर्श अनुभवी चिकित्सकहरूसँग लि...
१३ श्रावण २०८२, सोमबार ०३:४११३ श्रावण २०८२, सोमबार ०३:४११३ श्रावण २०८२, सोमबार ०३:४१ by एलिनाNo Comments
किम्पो (दक्षिण कोरिया),—दक्षिण कोरियाको ख्यङ्गी प्रान्तस्थित किम्पो सहरमा म्यानमारका एक २४ वर्षीय आप्रवासी श्रमिकको रात्रि सिफ्टपछि अकस्मात मृत्यु भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएका ती श्रमिकको पोष्टमार्टम नगरी प्रहरीद्वारा घटनाको अनुसन्धान बन्द गरिएपछि स्थानीय र श्रमिक सहायता संस्थाहरूबाट तीव्र आलोचना सुरु भएको छ।
प्राप्त विवरणअनुसार, ती श्रमिकको मृत्यु जुलाई १८ तारिख राति ९:०६ बजे किम्पोस्थित एक अस्पतालमा भएको हो। उनी सन् २०२३ मा ई–९ भिसा प्रणाली अन्तर्गत कोरिया आएका थिए र सामान्यत: स्वस्थ थिए। मृत्यु हुनुअघि उनी कारखानामा रात्रि सिफ्टमा काम गरेर अत्यधिक थकान महसुस गरिरहेका थिए। सोही दिन बिहान उनले स्थानीय क्लिनिकमा गएर भिटामिन इन्जेक्सन समेत लिएका थिए।
तर, दिउँसोसम्म उनको स्वास्थ्यमा सुधार आएन। टाउको दुख्ने गुनासो रहिरहेकै अवस्थामा उनी अस्पताल जाँदै ...
१३ श्रावण २०८२, सोमबार ०२:४६१३ श्रावण २०८२, सोमबार ०२:४६१३ श्रावण २०८२, सोमबार ०२:४६ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पनि आत्मविश्वास उच्च रहनेछ। प्रेम, सन्तान र सिर्जनात्मकतामा राम्रो सफलता मिल्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिवारजनसँग समय बिताउने अवसर मिल्नेछ। घरको जिम्मेवारीले थोरै थकान दिन सक्छ, तर सन्तुष्टि मिल्नेछ। मनको कुरा खुलाउनु राम्रो हुन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भेटघाट, कुराकानी र संचार सम्बन्धी कामहरूमा व्यस्तता बढ्नेछ। भाइबहिनी वा साथीभाइको साथ पाइनेछ। लेखनमा रुचि जाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चाप बढ्न सक्छ, स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। कार्यक्षेत्रमा अनुशासन र समयको मूल्य बुझ्नुपर्ने दिन। सेवाभाव राख्दा फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज पनि तपाईंको दिन चम्किलो देखिन्छ। व्यक्तित्व उज्यालो बन्नेछ। नेतृत्व गर्ने अवसर...
१२ श्रावण २०८२, आईतवार ०२:२२१२ श्रावण २०८२, आईतवार ०२:२२१२ श्रावण २०८२, आईतवार ०२:२२ by विशाल श्रेष्ठNo Comments
सन् २०१८ मा अध्ययनको लक्ष्यसहित दक्षिण कोरिया पुगेकी धनगढीकी हेमलता शर्माले नेपाली युवापुस्तालाई गर्व गर्न लायक उपलब्धि हात पार्दै कोरियाको प्रतिष्ठित ‘सिन्हान बैंक’को केन्द्रीय कार्यालयमा ‘सहायक म्यानेजर’ पदमा नियुक्त भएकी छन्।
सानैदेखि सपनाहरू बोकेर अघि बढेकी हेमलता कोरियाको कठोर शिक्षा प्रणाली, भाषिक अवरोध, सांस्कृतिक भिन्नता र जीवन यापनको चुनौतीबीच पनि निरन्तर संघर्ष र लगनशीलताको उदाहरण बनिन्। शतप्रतिशत छात्रवृत्तिसहित उनले क्युङदोङ विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक अध्ययन पूरा गरिन्। त्यसक्रममा उनले हप्ताको पाँच दिन, दैनिक पाँच घण्टा कक्षासँगै काम गर्नुपरेको र घरबाटको अपेक्षाले मानसिक दबाबसमेत खेप्नुपरेको स्मरण गर्छिन्।
स्नातकपछि उनले ‘विश्वव्यापी संस्कृति उद्योग व्यवस्थापन’ मा स्नातकोत्तर (Master’s) अध्ययन सकिन्। अहिले उनी कोरियाली सरकारद्वारा सञ्चालित आप्रवासन तथा एकीक...