Advertisement
Advertisement

भर्खरै

अर्घाखाँची सम्पर्क मञ्चद्वारा भव्य तीज विशेष कार्यक्रमको तयारी

अर्घाखाँची सम्पर्क मञ्चद्वारा भव्य तीज विशेष कार्यक्रमको तयारी

जानकारी, भर्खरै, समाचार
केशब पोखरेल/दक्षिण कोरिया :नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया ले भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगस्ट २४, आइतबार (२०८१ भदौ ७ गते) को दिन कोरियाको दोङदेमुन (서울시 중구 퇴계로 417 )सुविधासम्पन्न स्थलमा आयोजना हुने मन्चका अध्यक्ष रुद्र पौडेल ले जानकारि दिनुभयो !! प्रवासमा रहे पनि नेपाली संस्कार, संस्कृति र चाडपर्वको गौरवलाई सजीव राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमलाई इतिहासमै स्मरणीय बनाउने तयारी मञ्चले अगाडि सारेको छ। हरितालिका तीजको मौलिक स्वाद कार्यक्रममा सहभागीहरूले नेपालकै परम्परागत तीजका दर परिकारहरू – सेलरोटी, दूध–चिउरा, अचार, तरकारी, मिठाईलगायतका स्वादिष्ट भोजनहरूको स्वाद लिन पाउनेछन्। खाना तयारीमा पनि...
एनआरएनए दक्षिण कोरियाको उपाध्यक्षमा विकास बोहराले उम्मेदवारी दिने

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्षमा विकास बोहराले उम्मेदवारी दिने

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी जुलाई २६ र २७ मा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा  दक्षिण कोरियालि नेपाली समाजमा चिरपरिचित व्यक्ति विकास बोहराले  उपाध्यक्ष ‌पदका लागि आफ्नो उम्मेदवारी दिने भएको छ ।  गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व आगामी जुलाई २६ र २७ तारिखमा सउलमा आयोजना हुने दशौ महाधिवेशनमा दक्षिण कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन  सफल  सुदूरपश्चिम समाजको निवार्तमान उपाध्यक्ष तथा हालको प्रवक्ता विकास बोहराले उपाध्यक्ष  पदमा उम्मेदवारी दिने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ।  कोरियाको नेपाली समुदायमा अत्यन्त मिलनसार, लोकप्रिय र सामाजिक काममा निरन्तर लागिरहने व्यक्तिको रूपमा परिचित बोहरा विगत देखिनै कोरियाली नेपाली समाजलाइ आफ्नो तर्फबाट सकेको गर्दै ...
“खोटाङ हलेसी साङ्गीतिक सौगात भाग ५” को ‌ जुन २९ आइतबार आयव्यय सार्वजनिक हुँदै 

“खोटाङ हलेसी साङ्गीतिक सौगात भाग ५” को ‌ जुन २९ आइतबार आयव्यय सार्वजनिक हुँदै 

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा आयोजित “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को यहि आइतबार जुन २९ तारिख सउलमा आय व्यय सार्वजनिक हुने भएको छ।  कोरियन नयाँ वर्ष सलनालको अवसरमा नेपालको चर्चित ब्यान्ड SABIN RAI & PHAROH को साथमा जनवरी २९ तारिख आयोजना भएको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को जुन २९ तारिख मध्यान्ह १२ बजे दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा आय व्यय सार्वजनिक हुने भएको हो। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय र नेपाली सम्पर्क समिति(NCC) को सहजीकरणमा भएको कार्यक्रममा पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको प्रस्तुति रहेको थियो। “सामाजिक कल्याणकारी सहयोगार्थ” आयोजना भएको कार्यक्रमको आयव्यय यहि आइतबार सार्वजनिक गरिने हुदा सम्पूर्ण प्रादेशिक,क्षेत...
जुलाई १३ मा रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन हुने 

जुलाई १३ मा रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको यही जुलाई १३ तारिक सुवनमा आठौं अधिवेशन हुने भएको छ।  “प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले यही २०८२ साल असार २९ गते (२०२५ जुलाई १३, आइतबार) का दिन कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आठौं अधिवेशन – २०२५ आयोजना गर्न लागेको हो। सुवन स्टेशन गेट नं. १० नजिक रहेको भेटघाट रेस्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रम बिहान ११:०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।  स्थापना कालदेखी नै प्रवासमा रहेका रुपन्देहीबासीहरूबीच सामाजिक, सांस्कृतिक, र आपसी सहयोगको भावना विस्तार गर्न क्रियाशील रहँदै आएको सस्थाले कोरिया लगायत नेपालमा बिभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आइरहेको छ।जुलाई १३ मा हुन...
कोरियाका नयाँ श्रममन्त्री ट्रेन चालक, ट्रेन चलाउँदै गर्दा मन्त्री भएको थाहा पाए

कोरियाका नयाँ श्रममन्त्री ट्रेन चालक, ट्रेन चलाउँदै गर्दा मन्त्री भएको थाहा पाए

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले नयाँ मन्त्रिमण्डलको नाम सार्वजनिक गर्दा, ५७ वर्षीय ट्रेन चालक किम यङ-हुन त्यसबेला गिमछनदेखि बुसानसम्म ट्रेन चलाइरहेका थिए — फोन बन्द थियो, उनलाई आफू श्रममन्त्री मनोनित भएको कुरा करिब एक घण्टा पछि मात्र थाहा भयो। किम यङ-हुन दक्षिण कोरियाको श्रम मन्त्रालयको नेतृत्व गर्ने पहिलो श्रमिक (ब्लू-कलर) वर्गका व्यक्ति बन्ने तयारीमा छन्। उनको नियुक्ति प्रगतिशील राष्ट्रपति द्वारा गरिएको हो जसले श्रमिक प्रतिनिधित्वलाई उच्च तहको नीति निर्माणमा ल्याउने प्रयासको प्रतीकका रूपमा हेरिएको छ। किम श्रमिक आन्दोलनमा दशकभन्दा बढी सक्रिय थिए। उनले २०१०-२०१२ मा कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन्स (KCTU) को नेतृत्व गरेका थिए। यो संघ १२ लाखभन्दा बढी श्रमिकहरूको प्रतिनिधित्व गर्ने देशकै सबैभन्दा ठूलो श्रमिक संगठन हो। तर, उनको मनोनयनमा समर्थन र आलोचना दुवै उठेको छ। कु...
आजको राशिफल: २०८२ असार ११ गते बुधबार

आजको राशिफल: २०८२ असार ११ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको मन केही उत्साही र सक्रिय देखिन्छ। नयाँ कुरा सिक्ने जिज्ञासा बढ्नेछ। यात्रा वा सानो भ्रमणको अवसर पनि बन्न सक्छ। कसैको सल्लाह सुनेर काम गर्नु राम्रो हुनेछ। अहङ्कारबाट बच्नुस्, दिन सन्तुलित रहनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन पारिवारिक जिम्मेवारीमा बित्न सक्छ। घरको खर्च वा पैसासँग सम्बन्धित केही कामहरू अघि बढ्नेछन्। बोल्दाखेरि ध्यान दिनुहोला — तपाईंको शब्दले स्नेह ल्याउनेछ या दूरी पनि बढाउन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आत्मविश्वास उच्च देखिन्छ। आफ्ना विचार अरूलाई सहजै बुझाउन सक्नुहुनेछ। पढाइ, लेखाइ, वा नयाँ कामको शुरुवातका लागि पनि राम्रो समय हो। आजको दिन तपाईंका लागि नयाँ अवसरको ढोका खोल्ने संकेत देखिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अलिकति एकान्त मन पराउने दिन हो। भूतका...
नेपाली राजदूतद्वारा पहिलो पटक पानीजहाज कम्पनि भ्रमण  साथमा मोक्पोमा घुम्ती सेवा, श्रमिक अन्तरक्रिया र माने उद्घाटन

नेपाली राजदूतद्वारा पहिलो पटक पानीजहाज कम्पनि भ्रमण साथमा मोक्पोमा घुम्ती सेवा, श्रमिक अन्तरक्रिया र माने उद्घाटन

जानकारी, भर्खरै, समाचार
गत आइतबार जुन २२ तारिख नेपाली राजदूतावास सियोलको पहलमा मोक्पो यङ्आम गुन् साम्होमा घुम्ती सेवा सम्पन्न भएको छ।घुम्ती सेवाको मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी , किराँत याक्थुङ्ग चुम्लुङ्ग छाल्लादो शाखा , नेपाल मगर संघ छाल्लादो शाखाले संयुक्त सहआयोजना गरेको थियो l राहदानी घुम्ती सेवामा १३० भन्दा धेरै सेवाग्राहीले सेवा लिएका थिए l साथै सोहि अवसरमा श्रम काउन्सलर मैया कंडेल , प्रोफेसर डा. श्रीजना थापाले श्रमिक सचेतना तथा मानसिक सचेतना सम्बन्धि परामर्श पनि दिनु भएको थियो l कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाङफेले नजिकै यङ्गआमगुन साम्होमा अवस्थित छुक्सङआम गुम्बामा स्थानीय नेपाली श्रमिकहरु द्वारा निर्मित आकर्षक ४ वटा मनि खोर्ले (माने) अनावरण गर्नुभएको थियो l कार्यक्रममा बोल्दै डा.शिवमाया तुम्बाहाङफेले यो माने स्थापनाले दुई देश बिचको धार्मिक सम्बन्ध अझै प्रगाढ हुने जानकार...
आजको राशिफल: २०८२ असार १० गते मंगलबार

आजको राशिफल: २०८२ असार १० गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंको जीवनमा नयाँ ऊर्जा र उत्साहको संचार हुनेछ। चन्द्रमाको मेष राशिमा गोचरले तपाईंलाई साहस र आत्मविश्वास प्रदान गर्नेछ। नयाँ योजनाहरूको थालनी गर्न उपयुक्त समय हो। तर, आवेगमा नपरी सोचविचार गरेर अघि बढ्नु आवश्यक छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन तपाईंको आर्थिक पक्षमा सुधार आउने संकेत छन्। व्यापारमा लगानी गर्दा फाइदा हुनेछ। तर, परिवारसँगको सम्बन्धमा केही तनाव आउन सक्छ, त्यसैले संवादमा सावधानी अपनाउनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन तपाईंको सामाजिक र बौद्धिक गतिविधिहरूमा वृद्धि हुनेछ। नयाँ मित्रता र सञ्जालको विकास हुनेछ। तर, स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, खानपानमा सन्तुलन राख्नुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन तपाईंको परिवारसँगको सम्बन्धमा सुधार आउनेछ। साझेदार...
ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न सुर्खेती आवास गृह (सेल्टर‌), यस्तो छन् सुविधा हरु

ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न सुर्खेती आवास गृह (सेल्टर‌), यस्तो छन् सुविधा हरु

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:कोरियामा सक्रिय संस्था सुर्खेत समाज दक्षिण कोरिया द्वारा  कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै  ख्यङ्गि फेन्थेकमा सुबिधा सम्पन सुर्खेती आवास गृह नामक  सेल्टर औपचारिक रुपमा संचालनमा‌ ल्याएको छ। आइतबारका दिन दक्षिण कोरियामा सक्रिय विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा 평택 स्टेसन गेट नम्बर १ बाट निस्केर  २ मिनेट पर 경기 평택시 평택동 69-14 ( 평택 12로 9번길 27),3 충 मा रहेको सुर्खेती आवास गृहको एक कार्यक्रम गरी उद्घाटन उद्घाटन गर्दै औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।  विषेशगरि काम छोडि बस्नुभएका र विभिन्न दुःख समस्यामा परी आपत्कालीन रुपमा बस्नु पर्ने अवस्थामा यो सेल्टर आफ्नोपनका साथ प्रयोग गर्न सक्नुहुने सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्ष पुष्कर बुढाथोकीले बताउनुभएको छ। यति मात्रै नभएर कुनै पनि संघसंस्थाहरुले ५०-६० जना को कार्यक्रम गर्नुपर्यो भने हलको समेत व्यवस्था रहेको संस्थ...
खेङ्गिदो छेबुदोमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने

खेङ्गिदो छेबुदोमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना र नेपाली सम्पर्क समितिको सहआयोजनामा यही जुन २९ तारिखका दिन आइतबारका दिन ह्वासङ छेबुदोमा सुखद घर फिर्ती श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम साथमा राहदानी नवीकरण सेवा हुने भएको छ।  नेपाली राजदूतावासले कोरियामा रहनुभएका नेपाली सम्पूर्ण नागरिकहरूलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरूमा राहदानी र कन्सुलर घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही आउँदो जुन २९ तारिख का दिन  नेपाली राजदूतावासको आयोजना तथा नेपाली सम्पर्क समितिको सहकार्यमा छेबुदोको  경기도 화성시서신면 전곡산단 11길 107 मा घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएको हो। घुम्ती शिविर कार्यक्रममा जानको लागि बस न: सुवन ट्रेन २,३ न गेट बाट 10...