विशाल आवाज: सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा आयोजित “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को यहि आइतबार जुन २९ तारिख सउलमा आय व्यय सार्वजनिक हुने भएको छ।
कोरियन नयाँ वर्ष सलनालको अवसरमा नेपालको चर्चित ब्यान्ड SABIN RAI & PHAROH को साथमा जनवरी २९ तारिख आयोजना भएको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को जुन २९ तारिख मध्यान्ह १२ बजे दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा आय व्यय सार्वजनिक हुने भएको हो। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय र नेपाली सम्पर्क समिति(NCC) को सहजीकरणमा भएको कार्यक्रममा पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको प्रस्तुति रहेको थियो।
“सामाजिक कल्याणकारी सहयोगार्थ” आयोजना भएको कार्यक्रमको आयव्यय यहि आइतबार सार्वजनिक गरिने हुदा सम्पूर्ण प्रादेशिक,क्षेत्रीय, राजनैतिक पार्टी, पत्रकार, जातीय सङ्घसंस्था का प्रतिनिधि लगायत दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।









