केशब पोखरेल/दक्षिण कोरिया :नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया ले भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगस्ट २४, आइतबार (२०८१ भदौ ७ गते) को दिन कोरियाको दोङदेमुन (서울시 중구 퇴계로 417 )सुविधासम्पन्न स्थलमा आयोजना हुने मन्चका अध्यक्ष रुद्र पौडेल ले जानकारि दिनुभयो !!
प्रवासमा रहे पनि नेपाली संस्कार, संस्कृति र चाडपर्वको गौरवलाई सजीव राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमलाई इतिहासमै स्मरणीय बनाउने तयारी मञ्चले अगाडि सारेको छ।
हरितालिका तीजको मौलिक स्वाद
कार्यक्रममा सहभागीहरूले नेपालकै परम्परागत तीजका दर परिकारहरू – सेलरोटी, दूध–चिउरा, अचार, तरकारी, मिठाईलगायतका स्वादिष्ट भोजनहरूको स्वाद लिन पाउनेछन्। खाना तयारीमा पनि...
११ असार २०८२, बुधबार १३:४०११ असार २०८२, बुधबार १३:४०११ असार २०८२, बुधबार १३:४० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी जुलाई २६ र २७ मा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा दक्षिण कोरियालि नेपाली समाजमा चिरपरिचित व्यक्ति विकास बोहराले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने भएको छ ।
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व आगामी जुलाई २६ र २७ तारिखमा सउलमा आयोजना हुने दशौ महाधिवेशनमा दक्षिण कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुदूरपश्चिम समाजको निवार्तमान उपाध्यक्ष तथा हालको प्रवक्ता विकास बोहराले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ।
कोरियाको नेपाली समुदायमा अत्यन्त मिलनसार, लोकप्रिय र सामाजिक काममा निरन्तर लागिरहने व्यक्तिको रूपमा परिचित बोहरा विगत देखिनै कोरियाली नेपाली समाजलाइ आफ्नो तर्फबाट सकेको गर्दै ...
११ असार २०८२, बुधबार १३:३२११ असार २०८२, बुधबार १३:३२११ असार २०८२, बुधबार १३:३२ by एलिनाNo Comments
विशाल आवाज: सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा आयोजित “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को यहि आइतबार जुन २९ तारिख सउलमा आय व्यय सार्वजनिक हुने भएको छ।
कोरियन नयाँ वर्ष सलनालको अवसरमा नेपालको चर्चित ब्यान्ड SABIN RAI & PHAROH को साथमा जनवरी २९ तारिख आयोजना भएको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को जुन २९ तारिख मध्यान्ह १२ बजे दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा आय व्यय सार्वजनिक हुने भएको हो। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय र नेपाली सम्पर्क समिति(NCC) को सहजीकरणमा भएको कार्यक्रममा पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको प्रस्तुति रहेको थियो।
“सामाजिक कल्याणकारी सहयोगार्थ” आयोजना भएको कार्यक्रमको आयव्यय यहि आइतबार सार्वजनिक गरिने हुदा सम्पूर्ण प्रादेशिक,क्षेत...
११ असार २०८२, बुधबार १०:२५११ असार २०८२, बुधबार १०:२५११ असार २०८२, बुधबार १०:२५ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको यही जुलाई १३ तारिक सुवनमा आठौं अधिवेशन हुने भएको छ।
“प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले यही २०८२ साल असार २९ गते (२०२५ जुलाई १३, आइतबार) का दिन कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आठौं अधिवेशन – २०२५ आयोजना गर्न लागेको हो। सुवन स्टेशन गेट नं. १० नजिक रहेको भेटघाट रेस्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रम बिहान ११:०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
स्थापना कालदेखी नै प्रवासमा रहेका रुपन्देहीबासीहरूबीच सामाजिक, सांस्कृतिक, र आपसी सहयोगको भावना विस्तार गर्न क्रियाशील रहँदै आएको सस्थाले कोरिया लगायत नेपालमा बिभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आइरहेको छ।जुलाई १३ मा हुन...
११ असार २०८२, बुधबार ००:४४११ असार २०८२, बुधबार ००:४४११ असार २०८२, बुधबार ००:४४ by एलिनाNo Comments
दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले नयाँ मन्त्रिमण्डलको नाम सार्वजनिक गर्दा, ५७ वर्षीय ट्रेन चालक किम यङ-हुन त्यसबेला गिमछनदेखि बुसानसम्म ट्रेन चलाइरहेका थिए — फोन बन्द थियो, उनलाई आफू श्रममन्त्री मनोनित भएको कुरा करिब एक घण्टा पछि मात्र थाहा भयो।
किम यङ-हुन दक्षिण कोरियाको श्रम मन्त्रालयको नेतृत्व गर्ने पहिलो श्रमिक (ब्लू-कलर) वर्गका व्यक्ति बन्ने तयारीमा छन्। उनको नियुक्ति प्रगतिशील राष्ट्रपति द्वारा गरिएको हो जसले श्रमिक प्रतिनिधित्वलाई उच्च तहको नीति निर्माणमा ल्याउने प्रयासको प्रतीकका रूपमा हेरिएको छ।
किम श्रमिक आन्दोलनमा दशकभन्दा बढी सक्रिय थिए। उनले २०१०-२०१२ मा कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन्स (KCTU) को नेतृत्व गरेका थिए। यो संघ १२ लाखभन्दा बढी श्रमिकहरूको प्रतिनिधित्व गर्ने देशकै सबैभन्दा ठूलो श्रमिक संगठन हो।
तर, उनको मनोनयनमा समर्थन र आलोचना दुवै उठेको छ।
कु...
११ असार २०८२, बुधबार ००:३९११ असार २०८२, बुधबार ००:३९११ असार २०८२, बुधबार ००:३९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको मन केही उत्साही र सक्रिय देखिन्छ। नयाँ कुरा सिक्ने जिज्ञासा बढ्नेछ। यात्रा वा सानो भ्रमणको अवसर पनि बन्न सक्छ। कसैको सल्लाह सुनेर काम गर्नु राम्रो हुनेछ। अहङ्कारबाट बच्नुस्, दिन सन्तुलित रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन पारिवारिक जिम्मेवारीमा बित्न सक्छ। घरको खर्च वा पैसासँग सम्बन्धित केही कामहरू अघि बढ्नेछन्। बोल्दाखेरि ध्यान दिनुहोला — तपाईंको शब्दले स्नेह ल्याउनेछ या दूरी पनि बढाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मविश्वास उच्च देखिन्छ। आफ्ना विचार अरूलाई सहजै बुझाउन सक्नुहुनेछ। पढाइ, लेखाइ, वा नयाँ कामको शुरुवातका लागि पनि राम्रो समय हो। आजको दिन तपाईंका लागि नयाँ अवसरको ढोका खोल्ने संकेत देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अलिकति एकान्त मन पराउने दिन हो। भूतका...