Advertisement
Advertisement

कोरियाका नयाँ श्रममन्त्री ट्रेन चालक, ट्रेन चलाउँदै गर्दा मन्त्री भएको थाहा पाए

Advertisement
Advertisement

दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले नयाँ मन्त्रिमण्डलको नाम सार्वजनिक गर्दा, ५७ वर्षीय ट्रेन चालक किम यङ-हुन त्यसबेला गिमछनदेखि बुसानसम्म ट्रेन चलाइरहेका थिए — फोन बन्द थियो, उनलाई आफू श्रममन्त्री मनोनित भएको कुरा करिब एक घण्टा पछि मात्र थाहा भयो।

किम यङ-हुन दक्षिण कोरियाको श्रम मन्त्रालयको नेतृत्व गर्ने पहिलो श्रमिक (ब्लू-कलर) वर्गका व्यक्ति बन्ने तयारीमा छन्। उनको नियुक्ति प्रगतिशील राष्ट्रपति द्वारा गरिएको हो जसले श्रमिक प्रतिनिधित्वलाई उच्च तहको नीति निर्माणमा ल्याउने प्रयासको प्रतीकका रूपमा हेरिएको छ।

किम श्रमिक आन्दोलनमा दशकभन्दा बढी सक्रिय थिए। उनले २०१०-२०१२ मा कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन्स (KCTU) को नेतृत्व गरेका थिए। यो संघ १२ लाखभन्दा बढी श्रमिकहरूको प्रतिनिधित्व गर्ने देशकै सबैभन्दा ठूलो श्रमिक संगठन हो।

तर, उनको मनोनयनमा समर्थन र आलोचना दुवै उठेको छ।

कुनैकुनै राजनीतिक विश्लेषक र विपक्षी नेताहरूले किमको प्रशासनिक क्षमता र KCTUको प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।

जनमत पनि विभाजित देखिएको छ — केहीले बधाइ दिएका छन् भने केहीले डर व्यक्त गरेका छन् कि उनले युनियनका एजेन्डा सरकारमा थोपार्न सक्छन्।

राष्ट्रपतिका प्रमुख सल्लाहकार काङ हून-सिकले भने, “किम श्रमिकका प्रतिनिधि हुन्। उनलाई औद्योगिक दुर्घटना, ‘हेलो इनभेलप कानुन’ र ४.५ दिने कार्यसप्ताह जस्ता विषयमा काम गर्ने आशा गरिएको छ।”

KCTU र अर्का ठूला श्रमिक संगठन FKTU ले पनि श्रम मन्त्रालयले विगतमा श्रमिक आवाजको बेवास्ता गरेको भन्दै आलोचना गरेका छन् र अब श्रमिक अधिकार सुनिश्चित गर्न किमले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×