Advertisement
Advertisement

भर्खरै

कोरियाको ग्वाङ्जु विदेशी क्लबमा सामान्य विवादले ठूलो झगडामा रूप लिएपछि, विदेशीहरू पक्राउ

कोरियाको ग्वाङ्जु विदेशी क्लबमा सामान्य विवादले ठूलो झगडामा रूप लिएपछि, विदेशीहरू पक्राउ

जानकारी, भर्खरै, समाचार
सन्जय गुरुड्ं:ग्वाङ्जुमा रहेको एक विदेशीहरूका लागि मात्र खोलिएको क्लब बाहिर सामान्य विवादले झगडाको रूप लिएपछि संलग्न रहेका तीन जना विदेशीहरूलाई प्रहरीले पक्राउ गरेको छ। ग्वाङ्सान प्रहरीका अनुसार, पक्राउ परेका व्यक्ति मध्ये ३० वर्षिय कजाकस्तान नागरिक A सहित ३ जनालाई विशेष कुटपिट र सामूहिक कुटपिट (특수상해 및 공동폭행) अभियोगमा जताजतै पक्राउ गरिएको हो। प्रहरीले जानकारी दिएअनुसार, घटना गत ६ तारिख बिहान १:२० बजे ग्वाङ्सान구 월곡동स्थित एक विदेशी 전용 클럽को अगाडिको सडकमा घटेको हो। A समूह र उस्तै कजाकस्तान नागरिक भएको अर्को ३ जनाको समूहबीच झगडा भएको बताइएको छ। A र उनका साथीसँगै ती क्लबमा जाने उद्देश्य भनेको एक साथीको जन्मदिनको पार्टीमा सहभागी हुनु थियो, तर क्लबभित्र अन्य विदेशीहरूसँग सामान्य विवाद उत्पन्न भयो। पछि त्यो विवाद क्लब बाहिरसम्म पुगेर शारीरिक झगडामा परिणत भयो। यस क्रममा A ले साथमा ल्याएको धा...
एनआरएनए दक्षिण कोरियाको दशौं अधिवेशनअन्तर्गत निर्वाचन मण्डल चयन निर्वाचन जुलाई २६र २७ मा हुने 

एनआरएनए दक्षिण कोरियाको दशौं अधिवेशनअन्तर्गत निर्वाचन मण्डल चयन निर्वाचन जुलाई २६र २७ मा हुने 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको दशौं अधिवेशन तथा निर्वाचन यही जुलाई २६ र २७ मा सम्पन्न हुने भएको छ। अधिवेशनअन्तर्गत निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सुनिश्चित गर्न संघले निर्वाचन मण्डल गठन गरेको छ। निर्वाचन मण्डलमा अनुभव, पेशागत सशक्तता र विश्वासिलो नेतृत्वदायी व्यक्तित्वहरूको समावेश गरिएको छ। संघका वर्तमान सल्लाहकार तथा पुर्व एनआरएन आईसीसी सदस्य लोचन राई निर्वाचन मण्डलको संयोजकमा चयन भएका छन्। निर्वाचन सदस्यका रूपमा सञ्चारकर्मी डा. कमला केसी, र प्रोफेसर डा. बाबु काजी श्रेष्ठ चयन भएका छन्।  निर्वाचन मण्डलले निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन तयारी अघि बढाइसकेको छ। साथै, मण्डलले निर्वाचनमा सहभागी हुन चाहने इच्छुकहरूका लागि पञ्जिकृत सदस्यता फारम समयमै भर्नु हुन आग्रह गरेको छ।  एनआरएनए दक्षिण कोरियाको यो अधिवेशन तथा...
अब ३३ डिग्रि नाघेमा प्रत्येक २ घण्टामा २० मिनेट रेस्ट टाइम : श्रम मन्त्रालय 

अब ३३ डिग्रि नाघेमा प्रत्येक २ घण्टामा २० मिनेट रेस्ट टाइम : श्रम मन्त्रालय 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
लगातार गर्मी बढिरहेकाले गर्दा निर्माण स्थलमा काम गरिरहेका विदेशी कामदारको ज्यान जाने जस्ता गम्भीर दुर्घटनाहरू भएका छन्।  यसलाई ध्यानमा राख्दै, कोरिया श्रम मन्त्रालयले गर्मीको समयमा अनिवार्य रूपमा विश्राम दिने व्यवस्था पुनः 추진 गर्ने निर्णय गरेको छ। श्रम मन्त्रालयले ८ जुलाईमा नियम सुधार समितिलाई ‘औद्योगिक सुरक्षा तथा स्वास्थ्य मापदण्डसम्बन्धी नियम’मा समावेश गरिएको "महसुस हुने तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुगेमा प्रत्येक २ घण्टामा कम्तिमा २० मिनेट विश्राम दिनुपर्ने" भन्ने प्रस्तावमा पुनर्विचार गर्न अनुरोध गर्ने निर्णय गरेको छ। यसअघि नियम सुधार समितिले अप्रिल र मे महिनामा दुई पटकको समीक्षा बैठकमा उक्त प्रावधान सबै कार्यस्थलमा एकै किसिमले लागू गर्नु उपयुक्त नहुने र साना तथा मझौला व्यवसायहरूमा बोझ बन्न सक्ने भन्दै श्रम मन्त्रालयलाई पुनर्विचार गर्न सिफारिस गरेको थियो। त्यसपछि ...
आजको राशिफल: २०८२ असार २५ गते बुधबार

आजको राशिफल: २०८२ असार २५ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईँको सोच र दृष्टिकोणमा विस्तार आउनेछ। धार्मिक, सामाजिक वा परोपकारी कार्यमा आकर्षण बढ्नेछ। दूरदृष्टिले लिएको निर्णय लाभदायक सावित हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आर्थिक निर्णय वा लगानीमा सावधानी आवश्यक छ। अर्काको कुरामा धेरै विश्वास गर्नु अघि आफैँ पुष्टि गर्नु बुद्धिमानी हुनेछ। कसैको गोप्य सहयोगले ठूला काम सम्पन्न हुन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साझेदारीमा नयाँ सोच वा योजना अघि बढ्न सक्छ। दुवै पक्षको सम्मान गर्ने दृष्टिकोण अपनाउँदा सम्बन्ध प्रगाढ हुनेछ। व्यवसायिक वा वैवाहिक कुरामा सम्झदारी आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यस्थल वा दैनन्दिन जिम्मेवारीमा सुधारको समय हो। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ, तर खानपानमा ध्यान दिनुहोस। विवेकयुक्त मेहनतले सफलता ल्याउनेछ। ...
जुलाइ २७ मा ख्वाङहेवन (광혜원 )मा “समर पूल टुर्नामेन्ट” आयोजना हुदै

जुलाइ २७ मा ख्वाङहेवन (광혜원 )मा “समर पूल टुर्नामेन्ट” आयोजना हुदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गर्मिको अवसर पारि जुलाइ २७ तारिखका दिन KHGWANGEWON POOL CLUB को आयोजनामा‌ ख्वाङहेवन (광혜원 ) पोखरा रेस्टुरेन्टमा “समर पूल टुर्नामेन्ट” आयोजना हुने भएको छ। गत वर्ष पनि यस्ता पुल प्रतियोगिताहरू आयोजना गरिसकेको अनुभव बटुलेको KHGWANGEWON POOL CLUB ले यही आउँदो जुलाइ २७ तारिख आइतबारका दिन 충청북도 진천군 광혜원면 장기 2 길8(2충) मा रहेको पोखरा रेस्टुरेन्टमा “समर पूल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो। KHGWANGEWON POOL CLUB को आयोजना हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने लाइ ५ लाख कोरियन वन को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यति मात्रै नभएर प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २ लाख वन रकम सहित प्रमाणपत्र प्रदान गरिने समेत आयोजकले बताएको छ। पहिले पनि पुल प्रतियोगिता आयो...
अत्याधिक गर्मिमा काम गर्दा कोरियामा एक विदेशी कामदारको मृत्यु

अत्याधिक गर्मिमा काम गर्दा कोरियामा एक विदेशी कामदारको मृत्यु

जानकारी, भर्खरै, समाचार
पछील्लो समय कोरियामा अत्याधिक बढीरहेको गर्मीको कारण एक बिदेशी भियतनामी कामदार, ग्योङबुकको गुमीमा रहेको एक अपार्टमेन्ट निर्माण स्थलमा ढलेर र मृत्यु भएको छ। ग्योङबुक अग्निशमन विभाग र गुमी प्रहरी चौकीका अनुसार, एक सहकर्मीले ए (२३) लाई अघिल्लो दिन साँझ ४:४० बजेतिर गुमी-सीको सान्डोङ-युपमा रहेको अपार्टमेन्ट निर्माण स्थलमा ढलेको अवस्थामा फेला पारेर रिपोर्ट गरेको बताइएको छ। उक्त ब्यक्ती पहिले नै पहिलो बेसमेन्ट तल्लामा निर्माण स्थलमा मृत अवस्थामा फेला परेका थिए।गुमी अग्निशमन विभागका अनुसार सो व्यक्ति फेला पर्दा उनको शरीरको तापक्रम ४०.२ डिग्री रहेको बताइएको छ। त्यस समयमा गुमीमा दिनको तापक्रम ३७.२ डिग्री थियो। त्यस दिन देखिनै काम सुरु गरेका उनले फर्मवर्क जडान गर्ने काम गरिरहेको थियो भने काम सकेपछी सहकर्मीहरूलाई बाथरूम जान्छु भनेर हिंडेका उनी पछी नफर्केको भन्ने अनुसन्धान गरिएको छ। रोजगा...
कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
HD Hyundai ले भारतको सबैभन्दा ठूलो सरकारी शिपयार्ड, कोचिन शिपयार्डलाई आफ्नो पानीजहाज निर्माण प्रविधि प्रदान गर्ने भएको छ। यसका लागि दुबै कम्पनीबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU)मा हस्ताक्षर भएको छ। यस सम्झौतामार्फत HD Hyundai ले कोचिनलाई डिजाइन, खरिद, र जनशक्ति तालिममा सहयोग गर्नेछ, साथै दुबै कम्पनीले भारत तथा अन्तर्राष्ट्रिय बजारमा नयाँ जहाज निर्माण अर्डर खोज्नेछन्। भारतले "Maritime India Vision 2030" लगायत योजनाहरू अघि सारेको छ र ₹250 अर्बको "Maritime Development Fund" स्थापना गरेको छ।  सन् २०२२ मा $90 मिलियन रहेको भारतीय जलपोत बजार २०२४ मा $1.12 अर्ब पुगेको छ र आगामी वर्षहरूमा तीव्र वृद्धि हुने अनुमान छ। HD Hyundai ले यसअघि अमेरिकाको Huntington Ingalls र Edison Chouest सँग पनि साझेदारी गरिसकेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
आजको राशिफल:२०८२ असार २४ गते मंगलबार

आजको राशिफल:२०८२ असार २४ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईँको आत्मबल र निर्णय क्षमताले विशेष भूमिका खेल्नेछ। योजना बनाउनेभन्दा कार्यान्वयनमा बढी फोकस गर्नु लाभदायक हुनेछ। कुनै पुरानो द्विविधा अन्त्य हुने संकेत छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज नयाँ योजना, यात्रा वा समाचार प्राप्तिको संकेत छ। सञ्चारमा स्पष्टता आवश्यक छ — भ्रामक कुरा फैलन सक्ने सम्भावना छ। सजग भइ आफ्नो कुरा सरल भाषामा राख्नु राम्रो हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज नयाँ योजना, यात्रा वा समाचार प्राप्तिको संकेत छ। सञ्चारमा स्पष्टता आवश्यक छ — भ्रामक कुरा फैलन सक्ने सम्भावना छ। सजग भइ आफ्नो कुरा सरल भाषामा राख्नु राम्रो हुन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनात्मक निकटता प्राप्त हुने दिन। आफन्तजन वा सन्तानसँगको सम्बन्ध अझ बलियो बन्नेछ। धार्मिक वा सांस्कृतिक काममा सहभागी हु...
आमा, म भगवान पशुपतिनाथ सँग प्रार्थना गरि बसेको छु तपाईहरु लाई केहि नहोस् मेरा बा आमा को ख्याल गर है भगवान भनेर ।

आमा, म भगवान पशुपतिनाथ सँग प्रार्थना गरि बसेको छु तपाईहरु लाई केहि नहोस् मेरा बा आमा को ख्याल गर है भगवान भनेर ।

जानकारी, भर्खरै, रचना, लेख
म : hello आमा दर्शन सन्चै हुनुहुन्छ ??  आमा : आशिर्वाद छोरा म सन्चै छु तिमी लाई सन्चो छ?? तिमि जस्तै एउटा निर्दोष छोरा जेलमा सडेको छ।। सारै चिन्ता लागेको छ।। म: आमा त्यो निर्दोष छोरा जस्तै मेरो नि बोल्ने बानी छ खराब लाई खराब र अत्याचार लाई अत्याचार भन्ने चलन छ त्यही भएर त्यो देशमा बस्न सक्ने बाताबरण भएन आमा ।।। आमा : छोरा लोकतान्त्रिक ब्याबस्था मा नागरिक को अवस्था बदलिन्छ देसमै रोजगार पाइन्छ शिक्षा ,स्वास्थ निशुल्क पाइन्छ भनेको होइन र?? म: आमा यो सबै पाइन्छ तर पार्टीको कार्यकर्ता र पावर पहुँच हुनेहरुको लागी त्यो हामी जस्ताको लागी होइन रहेछ।। आमा : छोरा के अब यो देसमा सधै यस्तै ब्याक्ती हरुले शासन गर्नेहुन त?? म: आमा राम्रो काम गर्छु भनेर अमेरिका जस्तो देशमा सुख्ख को बिलासी जिन्दगी बिताएको छोरा देस बनाउछु भनेर आएको लाई यी भ्रष्ट नेताहरूले त्यसरी भए नभएको आरोप लगाएर जेल हाल...
भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय समाज भोजपुर परिवार दक्षिण कोरियाले यही जुलाई १३ तारिखका दिन सउलमा “नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्ने भएको छ। योगमाया र उनका अनुयायीहरूको जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा भोजपुर परिवार दक्षिण कोरियाले जुलाई १३ तारिख आइतबारका दिन १२ बजे पूर्वी नेपाल समाजको सभाहल दोङ्देमुनमा तीनजना विशेष वक्ताहरूको साथमा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सबै संस्थाहरूले निरन्तर गरिरहेको एकै प्रकारको परम्परागत कार्यक्रमका बीच भोजपुर समाजले, समाज बदल्न योगदान दिने व्यक्तिको सम्झनामा श्रद्धास्वरूप गर्न लागेको यो बिल्कुलै नयाँ किसिमको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला र खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुष्मा रानाहंमा राई वक्ताको...