Advertisement
Advertisement

भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय समाज भोजपुर परिवार दक्षिण कोरियाले यही जुलाई १३ तारिखका दिन सउलमा “नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्ने भएको छ।

योगमाया र उनका अनुयायीहरूको जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा भोजपुर परिवार दक्षिण कोरियाले जुलाई १३ तारिख आइतबारका दिन १२ बजे पूर्वी नेपाल समाजको सभाहल दोङ्देमुनमा तीनजना विशेष वक्ताहरूको साथमा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सबै संस्थाहरूले निरन्तर गरिरहेको एकै प्रकारको परम्परागत कार्यक्रमका बीच भोजपुर समाजले, समाज बदल्न योगदान दिने व्यक्तिको सम्झनामा श्रद्धास्वरूप गर्न लागेको यो बिल्कुलै नयाँ किसिमको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला र खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुष्मा रानाहंमा राई वक्ताको रूपमा रहने आयोजकले जनाएको छ।
गणतन्त्र कोरियाको लागि नेपाली राजदूत डा.शिवमाया को उपस्थितिमा सम्पन्न हुने विभिन्न अन्याय अत्याचार जस्ता सबै खाले विसंगतिका विरुद्ध सामूहिक जलसमाधि लिएको ऐतिहासिक बलिदानको स्मरण गर्दै गरेको कार्यक्रममा दक्षिण कोरियाबासी नेपाली सम्पूर्णमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

को हुन् त योगमाया कान्तिपुरका दैनिकका लागि चित्ररेखा सिलवालले भएको लेख:
विसं. १९२४ मा भोजपुर मझुवाबेंसीको कट्टर ब्राह्मण परिवारमा जन्मिएकी युग ब्युझाउने व्यक्तिको रूपमा परिचित योगमायाको सचेत चेष्टा र सत्प्रयासको चर्चा जति नै गरे पनि कमै हुन्छ । राणा शासनकालीन निरंकुश युग, जसमा नागरिकका हकअधिकार र राज्यको नागरिकप्रतिको दायित्व के हो भन्ने विषयमा बहस गर्नु जीवनको मोह त्याग्नुबराबर हुन्थ्यो, त्यस्तो समयमा योगमायाले देखाएको साहस तारिफयोग्य छ ।

भ्रष्टाचार, लैंगिक असमानता, वर्गीय विभेद, छुवाछूत, दमन, शोषण र उत्पीडनका विरुद्ध सुशासन, सहअस्तिव, समानता, वर्ग र शोषणरहित समाजका लागि आवाज बुलन्द पार्ने र शासकलाई नागरिकको इच्छाबमोजिम न्यायपूर्ण शासन गर्न सुझाउने योगमाया तत्कालीन समाजले परिकल्पना र परिभाषित गर्ने नारी पात्रको परिधिमा अटाउने व्यक्तित्व नै थिइनन् ।

बालविवाह अनि शरीर र मनले धान्न नसक्ने बुहार्तनको तिक्त अनुभवसँगै आफ्नो जन्म र कर्मघर दुवैबाट अपहेलित र उपेक्षित हुन पुगेपछि उनी देशै छोडेर भारतको असम पुगिन् । उतै उनले पुनः विवाह गरिन्् । केही वर्षपछि गृहस्थी जीवन नै त्यागी आफ्नी छोरीसहित पुनः माइती गाउँ फिर्ता भइन् तर यसपटकको उनको फिर्ती पुनः फर्किनुका लागि थिएन ।

सम्भावित लाञ्छना र तिरष्कारलाई झेल्न सक्ने सहास, धैर्य र बुद्धिमत्ताका साथ उनी फर्केकी थिइन् । उनी उभिइन् सतीसालझैं । योगमायाको संघर्ष कुनै एक जातिका लागि मात्र थिएन । थियो त सम्पूर्ण मानव जातिका लागि । समाजको मूलधारबाट किनाराकृत, उत्पीडन, विभेद र अन्यायमा परेका हरेक व्यक्तिका लागि उनको संघर्ष थियो । चाहे ती महिला हुन् वा पुरुष वा हुन् जुनसुकै जाति वा धर्मका । योगमायाले जानेको धर्म त एउटै थियो– मानवधर्म ।

पाखण्डपूर्ण समाजमा सिद्धान्तलाई व्यवहारमा उतार्ने अदम्य सहासी थिइन्– योगमाया । सरल र सात्त्विक जीवन तर सामाजिक र राजनीतिक क्रान्तिको विद्रोही चेत, समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच, धार्मिक, सामाजिक, सांस्कृतिक रुढिवाद, शोषण अनि उत्पीडनका विरुद्ध तार्किक रूपमा सामाजिक यथास्थितवादमा झटारो हान्ने योगमाया अग्रणी महिला समाज सुधारक थिइन् ।

तत्कालीन शासकलाई समानता, न्याय र जनभावन अपेक्षाकृत शासन गर्न सुझाउने, योगमायाले कानुनी रूपमा नै सामाजिक उत्पीडन, विसंगति र विकृतिको अन्त्य गरिनुपर्ने साथै स्वेच्छाचारी र हैकमी शासनका विरुद्ध कानुनको शासन हुनुपर्ने कुरामा जोड दिइन् । पटक–पटक आफ्ना माग शासकसमक्ष पुर्‍याइन् ।

योगमायाका माग सार्वकालिक थिए । मिहिन रूपमा हेर्ने हो भने, योगमायाले विसं. १९९३ मा तत्कालीन प्रधानमन्त्रीलाई बुझाएको २६ बुँदे मागको सान्दर्भिकता अझै पनि उत्तिकै छ । उदाहरणका लागि विधवाले आफ्नो राजीखुसीले विवाह गर्न पाउनुपर्ने कुरालाई कानुनले अपराध नमाने पनि समाजले कलंकका रूपमा हेर्न छोडेको छैन ।

छुवाछूत र भेदभावविरुद्धको हकलाई मौलिक हकका रूपमा स्थापित गरी ऐनकानुनको व्यवस्था नै गरे तापनि हाम्रो सामाजिक मनोविज्ञानले पुरानो स्वभाव छोडेको छैन । त्यसै गरी बालविवाहको आँकडा पनि युग नसुहाउँदो गरी उच्च नै रहेको छ । हाम्रो संविधान र ऐन कानुनमा अटाएका हक समाजमा नअटाएझैं देखिन्छ ।

मान्छेको नैसर्गिक स्वभाव नै हुन्छ– बटुल्ने । अर्थात् भौतिक सम्पत्ति थुपार्ने र सुख–सुविधाको पछि दौडिने । तर योगमायाको जीवन मात्र होइन, मृत्युसमेत परोपकारको कामनामा समर्पित थियो । भौतिक अस्तित्वको क्षणभंगुरतासँग परिचित तर अविचलित योगमायाले आमजीवनको कठिन सत्य मृत्युलाई समेत सहर्ष वरण गरिन् ।
विसं. १९९८ असार २२ को मिर्मिरेमा असारको भाकामा उर्लिएको अरुण एक विस्मयकारी दृश्यको साक्षी बन्यो । सम्भवतः एउटा बस्ती नै रित्तियो होला । स्वतःस्फुर्त रूपमा निस्किएको एक लस्करले अरुणमा आफ्नो अन्तिम गन्तव्य फेला पार्‍यो अनि कसैले पनि फेला पार्न नसक्ने गरी अरुणले आफ्नो विशाल छातीमा ६८ जनालाई समाहित गर्‍यो ।

यो घटनालाई त्यत्तिकै दबाइयो अनि लुकाइयो । तत्कालीन राजनीतिक सामाजिक वृत्तमा यसको चर्चा हुनसमेत दिइएन । यो घटनालाई लुकाउनुका पछाडि राणा शासकको अनुदार र सामन्ती सोच नै मुख्य थियो ।

केही समययता मधुरो स्वरमै सही, योगमायाका कथा सुनिन थालेका छन् । योगमायाको जीवनमा आधारित कृति प्रकाशित भएका छन् । योगमायाको फोटो अंकित हुलाक टिकट र विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको स्थापनाले योगमायाको योगदानलाई राज्यले पनि केही कदर गर्न खोजेझैं देखिन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×