विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिखका दिन बुसानमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ।
“भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो।
नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम १२ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।
आफ्नो धर्म,संस्कृति,कला,...
२६ पुष २०८१, शुक्रबार १३:३८२६ पुष २०८१, शुक्रबार १३:३८२६ पुष २०८१, शुक्रबार १३:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरको साथमा आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको छ।
“चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति” भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया, किम्हे/बुसान शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो, मोक्पो छल्लादो शाखा र अठार मगरात खामभाषी सम्पर्क मञ्च, दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरज्यूको साथमा यही आउँदो आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा आयोजना हुन लागेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
कोरियामा बर्षेनी मनाउदै आइरहेको "मगर माघे संक्रान्ति विशेष कार्यक्रम" यसपालि सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장...
२६ पुष २०८१, शुक्रबार १२:२१२६ पुष २०८१, शुक्रबार १२:२१२६ पुष २०८१, शुक्रबार १२:२१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन सुवनमा हुन लागेको “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” सम्पूर्ण तयारी पूरा भएको छ।
प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
१८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका ...
२६ पुष २०८१, शुक्रबार ११:४७२६ पुष २०८१, शुक्रबार ११:४७२६ पुष २०८१, शुक्रबार ११:४७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको अवसर पारि जनवरी २९ तारिख सउलमा फिटनेस नेपालले सुरेश लामा र भ्योमाको साथमा नेपहप डान्स पार्टी आयोजना गर्नेभएको छ।
दक्षिण कोरियामा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "फिटनेस नेपाल"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा सउल स्थित 서울시 동대문구 청호대로 69길12,302.304 호 88 콜라텍 मा नेपहप डान्स पार्टी गर्ने भएको हो। जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक सुरेश लामा र र्याप विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल र्यापर भ्योमाको साथमा हुने नेपहप डान्स पार्टीको होस्ट भने गायत्री थापाले गर्नेछिन्।
नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा डिजे छिरिङ र नया दृश्य लाइभ ब्यान्डको प्रस्तुति रहने नेपहप डान्स पार्टीको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको छ।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्...
२५ पुष २०८१, बिहीबार १०:२६२५ पुष २०८१, बिहीबार १०:२६२५ पुष २०८१, बिहीबार १०:२६ by विशाल श्रेष्ठNo Comments
E-9 भिषामा कार्यरत भएकाले आफ्ना अभिभावकलाई दक्षिण कोरिया लैजाने सुवर्ण अवसर आएको छ ।
ख्यङसाङनाम्दोमा बसोबास गर्दै आउनु भएका E-9 भिषा बाहकले आफ्ना अभिभावकहरुलाई कोरिया भ्रमण गराउन चाहनुहुन्छ भने यो अबसर MAMF आयोजकले पूरा गरिदिने भएको छ ।
경상남도 도청 बाट आवश्यक सम्पुर्ण काग़जी प्रकृयाहरु पूरा गरिदिने संस्थामा कार्यरत नेपाली योगीता गौतमले सामाजिक सन्जालमा पोष्ट गर्दै जानकारी दिनुभएको छ ।
उहाले सन्जालमा बताउनुभएअनुसारः
MAMF महोत्सव आयोजना हुँदै आएको लामो समयपछि, धेरै E9 भिसा भएका दाजुभाइ दिदीबहिनीहरूले आफ्ना आमाबाबुलाई कोरियामा आमन्त्रित गर्न चाहेको प्रस्ताव गरेपछि, महोत्सव आयोजकले यस वर्षको लागि विशेष योजना बनाएको छ। अब E9 भिसा पहिलो प्राथमिकता र अन्य भिसा भएकाहरूका ६०-७० वर्ष उमेरका (१९५५-१९६४ जन्मेका) अभिभावकलाई ग्योङनाम प्रान्त भ्रमण र महोत्सवमा सहभागी गराउने योजना छ।
...
२४ पुष २०८१, बुधबार ०८:१८२४ पुष २०८१, बुधबार ०८:१८२४ पुष २०८१, बुधबार ०८:१८ by एलिनाNo Comments
गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।
प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेकी सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गरिन् ।
आफ्नो कार्यकालमा दुई देशबिचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक ...
२० पुष २०८१, शनिबार ०८:०७२० पुष २०८१, शनिबार ०८:०७२० पुष २०८१, शनिबार ०८:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा किरात राई यायोक्खा खेलकुद विभाग द्वारा जनवरी २८ तारिखका दिन सुवनमा "प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” को आयोजना हुने भएको छ।
किरात राई यायोक्खा खेलकुद विभाग द्वारा प्रवासमा नेपालीहरू बीच सद्भाव एकता।खेलकुद स्वास्थ्य जीवनको आवश्यकता भन्ने मुल नाराका साथ जनवरी २८ तारिख मङ्गलबारका दिन सुवन स्थित 수원시 권선구 이북동 796-16 मा "प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रिमियर लिग २०२५” आयोजना हुन लागेको हो।
प्रतियोगितामा नेपाली खेलाडीहरूले A, B, र C गरि ३ श्रेणीहरूमा भाग लिन पाउनेछन् भने प्रत्येक श्रेणीका विजेता र उपविजेता हुने खेलाडीहरूले चार लाख र दुइ लाख ५० हजार कोरियन वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तीनवटै श्रेणीमा तेस्रो हुने खेलाडीहरूले १ लाख ५० हजार कोरियन वन सहित मेडल र प्रमाणपत्र प्राप्त...
१८ पुष २०८१, बिहीबार १४:२३१८ पुष २०८१, बिहीबार १४:२३१८ पुष २०८१, बिहीबार १४:२३ by विशाल श्रेष्ठNo Comments
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेका छन् । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरूसँग बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उनले आगामी निर्वाचनका लागि यो महत्त्वपूर्ण संकेत भएको बताएका हुन् ।
यसपटकको उपनिर्वाचनमा कोशी प्रदेशमा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’, उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’
उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्...
१८ पुष २०८१, बिहीबार ०५:४६१८ पुष २०८१, बिहीबार ०५:४६१८ पुष २०८१, बिहीबार ०५:४६ by विशाल श्रेष्ठNo Comments
हालै मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान दुर्घटनाको सम्बन्धमा दक्षिण कोरियाली प्रहरीहरूले विमानस्थल र कम्पनीको कार्यालय समेत अन्य कयौँ स्थानमा छापा मारेका छन् ।
आइतबार बैंककबाट आएको जेजु एयरको यात्रुवाहक विमान अवतरणको समयमा भयानक दुर्घटनामा परेको थियो । यस घटनामा विमानमा रहेका १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको थियो
जियोननाम प्रान्तीय प्रहरीले छापा मारेको हो । यस क्रममा विमानस्थल, जेजु एयरको सोल र मुआनमा रहेको कार्यालय अनि बुसन क्षेत्रीय उड्डयन कार्यालयमा छापा मारेर सामान जफत गरिएको बताइएको छ ।
यस घटनामा पेसागत लापरबाहीका कारण मृत्यु भएको भन्दै सर्च वारेन्ट जारी भएको अधिकारीहरूले बताएका छन् ।...
१७ पुष २०८१, बुधबार १४:०५१७ पुष २०८१, बुधबार १४:०५१७ पुष २०८१, बुधबार १४:०५ by एलिनाNo Comments
नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो।
स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) गरिएको स्रोतले बताएको छ। भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको स्रोतले बताएको छ। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।
इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दक्षिण कोरियामै रहेका एक नेपालीले अध्यागमन क...