विशाल आवाज:नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरको साथमा आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको छ।
“चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति” भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया, किम्हे/बुसान शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो, मोक्पो छल्लादो शाखा र अठार मगरात खामभाषी सम्पर्क मञ्च, दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरज्यूको साथमा यही आउँदो आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा आयोजना हुन लागेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” यसपालि सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장 2층] [호박나이트 클럽)) बिहान ११ बजेदेखि शुरु हुने गरी सो कार्यक्रम मनाउने भएको हो।

स्वादिष्ट परिकारहरुको साथमा नेपालबाट आमन्त्रित कलाकार सँगै दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रमको सञ्चालन गायत्री थापा, मिलन थापा र तिल्ता मगरले गर्ने छन्।

कोरियामा रहेका मगर समुदायलाई एकताको सुत्रमा बाँध्दै आफ्नो जातीय भेषभूषा, कला, संस्कृति र अस्तित्व संरक्षणमा टेवा पुर्याउँदै विभिन्न संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको नेपाल मगर संघ कोरियाद्धारा आयोजित “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागि विशाल आवाज मार्फत आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।










