दक्षिण कोरियाको छङ्जुस्थित एक कोरियन रेस्टुरेन्टमा नेपाली भाषामा आपत्तिजनक शब्द लेखिएको अण्डा फेला परेपछि गम्भीर विवाद सिर्जना भएको छ। उक्त अण्डा रेस्टुरेन्टमा कार्यरत एक नेपाली महिला कामदारले प्रयोगको क्रममा देखेपछि रेस्टुरेन्ट सञ्चालकलाई जानकारी गराएकी थिइन्।
प्रारम्भिक अनुसन्धान तथा परिस्थितिजन्य प्रमाणका आधारमा उक्त अण्डा नेपाली कामदार कार्यरत अण्डा उत्पादन वा प्याकिङ फ्याक्ट्रीमै आपत्तिजनक शब्द लेखेर पठाइएको आशंका गरिएको छ। अण्डाको बाहिरी खोलमा स्पष्ट रूपमा नेपाली भाषामै शब्द लेखिएको देखिएकाले यो कार्य उत्पादन वा प्याकिङ प्रक्रियाकै क्रममा भएको हुन सक्ने देखिन्छ। त्यही अण्डा सप्लाई हुँदै कोरियन रेस्टुरेन्टसम्म पुगेको बताइएको छ।
घटनापछि ती नेपाली महिला कामदारले यसलाई सामान्य मजाकका रूपमा लिन नमिल्ने भन्दै रेस्टुरेन्ट मालिकलाई प्रहरीमा उजुरी दिन आग्रह गरेको बताएकी छन्। उनका अनुसार...
२२ माघ २०८२, बुधबार ०८:४९२२ माघ २०८२, बुधबार ०८:४९२२ माघ २०८२, बुधबार ०८:४९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा अफ्रिकी स्वाइन फिभर (ASF) को संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि यसको सम्भावित स्रोतका रूपमा नेपालबाट ल्याइने नेपाली परिकार ‘सुकुटी’ माथि आशंका गरिएको छ।
कोरियाली पशु स्वास्थ्य निकायले गरेको प्रारम्भिक अनुसन्धानअनुसार हाल देखिएको ASF संक्रमण मार्ग नेपाली समुदायमा प्रचलित सुकुटीसँग जोडिएको हुन सक्ने संकेत पाइएको छ। नेपालमा ASF संक्रमित बङ्गुरबाट तयार पारिएको सुकुटी अवैध रूपमा कोरिया भित्रिएको र त्यसकै कारण संक्रमण फैलिन सक्ने सूचनापछि सम्बन्धित निकाय सतर्क बनेका छन्।
जानकारी अनुसार पछिल्लो समय नेपाली खाद्य सामग्री, विशेषगरी मासुजन्य वस्तुहरू, कोरियामा अवैध रूपमा प्रवेश गरिरहेको र केही स्थानमा बिक्रीसमेत भइरहेको पाइएको छ। यसले कोरियाका बङ्गुर फार्महरूलाई गम्भीर संकटमा पार्न सक्ने खतरा बढाएको पशु स्वास्थ्य विज्ञहरूले बताएका छन्।
यसैबीच, कोरियास्थित विभिन्न उद्योग, फार्म...
२ माघ २०८२, बिहीबार ०९:०७२ माघ २०८२, बिहीबार ०९:०७२ माघ २०८२, बिहीबार ०९:०७ by विशाल श्रेष्ठNo Comments
सउल, दक्षिण कोरिया — अबदेखि कोरियामा निद्रा लाग्ने वा होस कम गर्ने औषधि सेवन गरेर सवारी चलाए कडा कानुनी कारबाही हुने भएको छ। कोरियाली प्रहरीले औषधिको असरमा सवारी चलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिँदै आगामी अप्रिल २ तारिखदेखि सजायको मापदण्ड कडा बनाइने जनाएको छ।
ज्वरो, रुघाखोकी, एलर्जी, निद्रा लाग्ने औषधि लगायत सामान्य रूपमा प्रयोग हुने औषधि सेवनपछि सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएको हो। प्रहरीले औषधिको असरले सामान्य रूपमा सवारी चलाउन नसक्ने अवस्थालाई ‘औषधि सेवन गरी सवारी चलाउने अपराध’ मानिने स्पष्ट पारेको छ।
अबदेखि “मलाई थाहा थिएन” भन्ने बहानाले छुट नपाउने बताइएको छ। औषधि सेवनपछि सवारी चलाएर दुर्घटना गराएमा वा नियन्त्रणमा परेमा मादक पदार्थ सेवन गरी सवारी चलाएसरह सजाय हुने जनाइएको छ। गम्भीर अवस्थामा २० मिलियन वोन (करिब २ करोड कोरियन वोन) सम्म जरिवाना वा...
२० कार्तिक २०८२, बुधबार ०५:४८२० कार्तिक २०८२, बुधबार ०५:४८२० कार्तिक २०८२, बुधबार ०५:४८ by एलिनाNo Comments
दक्षिण कोरियाको थेजन (Daejeon) शहरमा एक २० वर्षीया भियतनामी महिला विद्यार्थीले कोठामै बच्चा जन्माएर त्यसलाई बालगृह (childcare center) अगाडि फ्याँकेकी घटनाले सबैलाई स्तब्ध बनाएको छ।
प्रहरीका अनुसार, उक्त युवती (A) ले अक्टोबर २३ तारिख साँझ करिब ७:२० बजे थेजनको युसोंग–गु (Yuseong-gu) क्षेत्रस्थित भाडाको कोठामा छोरा जन्माएकी थिइन्। बच्चा जन्माएको करिब ६ घण्टापछि, अर्थात अक्टोबर २४ बिहान १:२० बजे, उनले नवजात शिशुलाई सिओ–गु (Seo-gu) मा रहेको एक बालगृहको अगाडि छाडेकी थिइन्।
सफा गर्ने क्रममा बिहान ७:५० बजे एक फोहोर संकलकले कपडामा बेरिएको शिशु भेट्टाए र तुरुन्तै बालगृहका कर्मचारीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरी शिशुलाई तत्काल अस्पताल पुर्याइएको थियो।
CCTV फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले अक्टोबर २६ तारिखमा ती महिला र उनका प्रेमी (B) लाई पक्राउ गरेको थियो। अनु...
११ कार्तिक २०८२, सोमबार १०:०५११ कार्तिक २०८२, सोमबार १०:०५११ कार्तिक २०८२, सोमबार १०:०५ by एलिनाNo Comments
२०औं MAMF (Migrants’ Arirang Multicultural Festival)–2025 मा सुदूरपश्चिम समाज बुसानले आफ्नो क्षेत्रको मौलिक पहिचान झल्काउने भव्य देउडा नृत्य प्रस्तुत गरेको छ।
देउडा खेलमा सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूलाई समेटिएका मार्मिक शब्दहरू प्रयोग गरिएका थिए। सहभागीहरूले मौलिक पहिरनमा सजिएर आकर्षक ढंगले सांस्कृतिक झल्को प्रस्तुत गरे।
कार्यक्रममा दुई समूहमा विभाजन भई ५/५ जना सहभागीहरूले तालमेलसहित देउडा खेल प्रस्तुत गरेका थिए।
उक्त अवसरमा सुदूरपश्चिम समाज बुसानका अध्यक्ष देवराज बडु स्वयंले देउडा गीत गाएर प्रस्तुति दिनुभएको थियो।
सांस्कृतिक विविधताबीच नेपालको सुदूरपश्चिम पहिचानलाई उजागर गर्ने यो प्रस्तुति कार्यक्रममा उपस्थित दर्शकहरूको आकर्षणको केन्द्र बनेको थियो।...
२४ आश्विन २०८२, शुक्रबार ०३:२०२४ आश्विन २०८२, शुक्रबार ०३:२०२४ आश्विन २०८२, शुक्रबार ०३:२० by एलिनाNo Comments
दक्षिण कोरियाको दक्षिणी सहर चोङ्जुकी ६९ वर्षीया चा सा-सुन (Cha Sa-soon) नामकी महिलाले अन्ततः आफ्नो ड्राइभिङ लाइसेन्स प्राप्त गरेकी छिन् — त्यो पनि ९६०औं प्रयासपछि!
सन् २००५ मा पहिलो पटक लिखित परीक्षा दिएकी चा सा-सुनले बारम्बार असफलता झेल्दै पनि हार मानिनन्। आफ्नो तरकारी व्यवसायका लागि लाइसेन्स अत्यावश्यक भएको बुझेर उनले दिनहुँजसो परीक्षा दिने निरन्तर प्रयास जारी राखिन्।
तीन वर्षको अवधिमा मात्रै उनले ७८० पटक परीक्षा दिइन्। अन्ततः उनले लिखित परीक्षा पास गरेपछि व्यावहारिक (road test) चरण पनि सफलतापूर्वक पार गर्दै आफ्नो सपना साकार पारिन्।
उनकी प्रशिक्षकका अनुसार,
“जब उनले अन्ततः लाइसेन्स पाइन्, हामी सबैले उनलाई फूल र बधाईका साथ स्वागत गर्यौँ। त्यो हाम्रो लागि पनि ठूलो राहत र प्रेरणाको क्षण थियो।”
उनको दृढता र हार नमान्ने आत्मबलको सम्मानस्वरूप Hyundai मोटर्स कम्पनीले उनलाई नयाँ...
२३ आश्विन २०८२, बिहीबार ०५:५६२३ आश्विन २०८२, बिहीबार ०५:५६२३ आश्विन २०८२, बिहीबार ०५:५६ by एलिनाNo Comments
दक्षिण कोरियामा हरेक वर्ष अक्टोबर ९ तारिखका दिन “कोरियन लिपी दिवस” (한글날 / Hangeul Day) विभिन्न कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइन्छ। यो दिन कोरियाली लिपि हाङ्गुल को आविष्कार र प्रयोगको सुरुवात भएको सम्मानमा मनाउने गरिन्छ।
इतिहासअनुसार, सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा “हाङ्गुल” लिपिको विकास गरेका थिए। त्यसअघि कोरियालीहरू आफ्नो विचार चिनियाँ अक्षरहरूमा व्यक्त गर्थे, जुन जटिल र सामान्य जनताका लागि कठिन थियो।
हाङ्गुलको मूल नाम “훈민정음 (Hunmin Jeongeum)” हो, जसको अर्थ हुन्छ — “जनताका लागि सही ध्वनिहरू।”
सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा हाङ्गुलको विकास गरेका थिए।
ती अक्षरहरू यसरी बनाइएका थिए कि बोल्दा मुख, जिब्रो...
२९ भाद्र २०८२, आईतवार १३:०२२९ भाद्र २०८२, आईतवार १३:०२२९ भाद्र २०८२, आईतवार १३:०२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको थेगु खुजीमा नेपाली परोपकार समाज (NPS) द्वारा आयोजित चौथो एन.पी.एस. भलिबल कप २०२५ भव्य रूपमा सम्पन्न भएको छ।
भलिबल प्रतियोगितामा कोरियाभरका विभिन्न संघ–संस्था र क्लब गरी २६ टोलीको सहभागिता रहेको थियो। प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धात्मक देखिएको प्रतियोगिताको अन्तिममा गुल्मी सम्पर्क समितिले उत्कृष्ट प्रदर्शन गर्दै बागलुङ समाजलाई पराजित गर्दै उपाधि जित्न सफल भयो।
फाइनलमा रोमाञ्चक भिडन्तपछि गुल्मी सम्पर्क समितिले ३० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दै च्याम्पियन बनेको हो। उपविजेता बनेको बागलुङ समाजले २० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
सेमी फाइनलिस्ट आयोजक 𝐍𝐏𝐒 र विश्वाकर्मा दुई टोलीले ५/५ लाख वन नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, लिबरो, कोच र सर्भरलाई पनि नगद प...
२९ भाद्र २०८२, आईतवार ०९:३७२९ भाद्र २०८२, आईतवार ०९:३७२९ भाद्र २०८२, आईतवार ०९:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज–सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा आयोजना हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को सम्पुर्ण तयारि पुरा भइ टाइसिट पनि सार्वजानिक गरिएको छ।
आइतबारका दिन सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम गर्दै आयोजक संस्थाले टाईसिट सार्वजनिक गरेको हो। दक्षिण कोरियामा रहेको विभिन्न २४ वटा टिम दर्ता रहेको प्रतियोगितापोल ए र पोल बि गरी दुईवटा पोलमा खेलाइने आयोजकले जनाएको छ भने प्रतियोगिता २१ तारिख आइतबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचारसिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइदै ...
६ भाद्र २०८२, शुक्रबार ०४:४०६ भाद्र २०८२, शुक्रबार ०४:४०६ भाद्र २०८२, शुक्रबार ०४:४० by एलिनाNo Comments
दक्षिण कोरियाको इन्छनमा घटेको एक रहस्यमयी घटनाले प्रहरीसमेत शंकाको घेरामा पारेको छ।
अगस्ट २० तारिख दिउँसो करिब २ बजे इन्चोन शहरको नामदोंगुस्थित एक भिलामा ५० वर्षीय पुरुष ए씨 मृत अवस्थामा भेटिएका थिए। प्रारम्भिक खबर अनुसार उनलाई श्वास नचल्ने अवस्थामा फेला पारिएपछि दमकल टोली घटनास्थल पुगेको थियो। तर घटनास्थलमै उनको मृत्यु भइसकेको पुष्टि भएपछि प्रहरीले लिएको थियो।
तर, घटनास्थलमा मृतकले लगाएको २० तोला बराबरको सुनको हार (बजार मूल्य झन्डै १ करोड १० लाख वोन) गायब भएको तथ्य बाहिर आएपछि थप रहस्य गहिरिएको छ।
नामदोंग प्रहरीको पहिलो प्रतिवेदन अनुसार, घटनास्थलमा खिचिएको प्रारम्भिक फोटोमा मृतकको शरीरमा सो सुनको हार प्रष्टै देखिन्छ। तर केही बेरपछि इन्चोन प्रहरीको अनुसन्धान टोलीले खिचेका तस्बिरमा भने हार देखिँदैन।
यसपछि घटनास्थलमै रहेका प्रहरीहरूले आपसमा नै एक–अर्काको शारीरिक खानतलासीसमेत गरेका...