तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 मा ल्होसार मनाउने
तमू धीं दक्षिण कोरिया केन्द्र सउलको शाखाको रुपमा 2018 मा स्थापित संस्था तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले दक्षिण कोरियाको दक्षिणी भेगमा बिभिन्न पेशा, ब्यबसायमा आवद्व गुरूङ दाजुभाई तथा दिदी बहिनीहरूलाई एकिकृत गर्दै, गैर गुरुङ नेपाली दाजुभाई दिदी बहिनीहरूलाई आमन्त्रण गरी ल्होसार मनाउँदै आएको थियो, त्यसैलाई निरन्तरता दिदैँ यसपाली पनि तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 आइतबार भव्य रूपमा ल्होसार मनाउने भएको हो ।
बिशेषत नेपालमा तिन प्रकारको ल्होसार/ल्होछार मनाईन्छ, गुरूङ जातिले पौष १५ मा तमू/गुरुङ ल्होसार, तमाङ जातिले माघको पहिलो हप्तामा सोनाम ल्होसार र शेर्पा जातिले फाल्गुन महिनामा ग्याल्पो ल्होसार, "तमू ल्होसार" गुरूङ जातिको महान तथा मौलिक राष्ट्रिय चाड हो, गुरूङ जातिले ल्हो सर्ने, परिवर्तन हुने, अर्थात पौष १५ देखि नयाँ बर्षको सुरू हुने अवसरमा नयाँ ल्होलाई स्वागत ग...








