Advertisement
Advertisement

तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 मा ल्होसार मनाउने

Advertisement
Advertisement

 

तमू धीं दक्षिण कोरिया केन्द्र सउलको शाखाको रुपमा 2018 मा स्थापित संस्था तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले दक्षिण कोरियाको दक्षिणी भेगमा बिभिन्न पेशा, ब्यबसायमा आवद्व गुरूङ दाजुभाई तथा दिदी बहिनीहरूलाई एकिकृत गर्दै, गैर गुरुङ नेपाली दाजुभाई दिदी बहिनीहरूलाई आमन्त्रण गरी ल्होसार मनाउँदै आएको थियो, त्यसैलाई निरन्तरता दिदैँ यसपाली पनि तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 आइतबार भव्य रूपमा ल्होसार मनाउने भएको हो ।

बिशेषत नेपालमा तिन प्रकारको ल्होसार/ल्होछार मनाईन्छ, गुरूङ जातिले पौष १५ मा तमू/गुरुङ ल्होसार, तमाङ जातिले माघको पहिलो हप्तामा सोनाम ल्होसार र शेर्पा जातिले फाल्गुन महिनामा ग्याल्पो ल्होसार, “तमू ल्होसार” गुरूङ जातिको महान तथा मौलिक राष्ट्रिय चाड हो, गुरूङ जातिले ल्हो सर्ने, परिवर्तन हुने, अर्थात पौष १५ देखि नयाँ बर्षको सुरू हुने अवसरमा नयाँ ल्होलाई स्वागत गर्दै पुरानो ल्होलाई बिदाई गर्दै टाढा-टाढा पुगेका चेलिबेटी, दाजुभाई समुदायको आफन्त जन सबै भेला भई बिशेस पुजा, आज, गरि मिष्ठान्न परिकार खाँदै, रमाउँदै नाचगान गर्दै खुसी साटा-साट शुभकामना आदान-प्रदान गरि मनाईने गुरुङ जातिको सदिऔ देखि मनाउँदै आएको प्रमुख र ठुलो चाड हो ।

तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले यसपाली यहि Dec-31 आइतबार ख्यङ्साङनाम्दो वरपर छरिएर रहेका गुरूङ हरूलाई एकिकृत गर्दै, सो क्षेत्रमा स्थापित र प्रतिष्ठत संघ-संस्थाहरूलाई आमंत्रित गरि किम्हे स्थित, लुम्बिनी सभाहलमा ल्होसार कार्यक्रम आयोजित गरिएको र यस ल्होसार कार्यक्रमले गुरुङ संस्कार, संस्कृति, चाड, पर्व, परम्परा, रितीरिवाज भेष-भुषा लाई संरक्षण, संवर्द्धन, प्रवर्दन गर्न साथै पुस्ता हस्तान्तरण निरन्तरतामा जोड दिने बिश्वास लिएको छ ।

तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले यसपाली ल्हो सर्ने दिन पौष १५ को पावन अवसरमा हि ल्हो (बिरालो वर्ग) लाई बिदाई गरि मुप्री ल्हो ( गिद्व वर्ग ) लाई स्वागत गर्दै “ल्होसार” भव्य रूपमा मनाउन लागिएको हो, भने ल्होसारको लागि संस्थाले नेपाल बाट चर्चित गायक मिन गुरूङ लाई आमन्त्रण गरेका छन् । गायक मिन गुरूङ सँगै कोरियामा कार्यरत स्थानिय कलाकार हरूको ल्होसार कार्यक्रम अवधि भर बेजोड सांगितिक प्रस्तुती रहने र गुरुङ, गैर गुरुङ दाजुभाई, दिदी बहिनीहरूले भरपुर मनोरन्जन लिन सकिने आयोजकले बताएको छ ।

तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाको वर्तमान अध्यक्ष गितासिँह गुरूङ का भनाई अनुसार यसपाली दक्षिण कोरियामा तमू धीं दक्षिण कोरिया केन्द्र सउल र शाखा संस्थाहरू तमू धीं बुसान शाखा, तमू धीं थेगू शाखा ले गुरूङ जातिको परम्परा र तिथि मिति अनुसार Dec-31 नै ल्होसार परेको र उक्त्त दिन सबैको लागि उपयुक्त दिन भएकोले तिन वटै तमू धीं ले एकै दिन ल्होसार कार्यक्रम आयोजना गरिएको जानाकारी दिदैँ गुरूङ ले गुरूङ तथा गैर गुरुङ सम्पूर्ण नेपाली जनहरूमा तमू ल्होसार/ल्होछार २०८० को अग्रिम शुभकामना ब्यक्त गर्दै “ल्होसार ” को लागि हल, खान, पिन लगायत आवश्यक सम्पुर्ण तयारी भईरहेको Bishalaawaj.com लाई जानाकारी गराउनु भएको हो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×