Advertisement
Advertisement

Day: २९ मंसिर २०८०, शुक्रबार १४:४५

सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

Breaking News, Breaking news 1, Breaking news 3
  सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर काठमाडौँ । तेह्रथुमबाट एक जना स्थायी शिक्षकले केही समय अगाडि राजीनामा दिए । २०७९ को चैतमा शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नियुक्ति लिएका ती शिक्षक केही दिन अगाडिमात्रै राजीनामा दिएर दक्षिण कोरिया प्रस्थान गरेका हुन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा पढेर परीक्षा दिँदै उनी वैदेशिक रोजगारीका लागि कोरिया पुगेका हुन् । नेपालमा जागिर गरेर आफ्नो जीविकोपार्जन गर्न गाह्रो हुने भन्दै उनले कोरियन भाषाको समेत तयारी गर्दै आएका थिए । उनीजस्ता शिक्षकका साथै निजामती क्षेत्रका तल्लो दर्जाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीजस्ता सरकारी सेवाबाट राजीनामा गरेर कोरिया जाने धेरै छन् । केही दिन अगाडि सशस्त्र प्रहरीका एक जना असईले ईपीएस कोरिया शाखाका प्रमुखसँग एउटा जिज्ञासा राखे । ड्युटीमा खटिरहेका ती असईले ...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
कमला केसी/विशाल आवाज :दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा ग यहि डिसेम्वर २४ तारिख आइतवार साधारण सभा सउलमा हुने भएको छ । समाजको गत आइतवार सम्पन्न वैठकले २४ तारिखमा सिओलमा साधारण सभा गर्ने निणर्य गरेको हो । साधारणसभाको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । वैठकमा साधारण सभा के कसरी संचालन गर्ने के कसरी प्रतिनिधिहरुको सहभागिता गराउने लगायतका विषयमा छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गर्ने निणर्य भएको छ । त्यसैगरी वैठकमा तीन सय जना सम्मको सहभागिता रहने अनुमान गर्दै सोहि अनुसार पत्राचार, कार्यक्रम हल व्यवस्थापन, खाजानास्ताको व्यवस्थापन गर्ने निर्णय समेत भएको अध्यक्ष गिरीले ...
तमू धीं दक्षिण कोरियाले शर्मिला गुरुङ लगायत कलाकारको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०” मनाउदै 

तमू धीं दक्षिण कोरियाले शर्मिला गुरुङ लगायत कलाकारको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०” मनाउदै 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज:तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्बर ३१ तारिख आइतबार का दिन SW컨벤션센터예식장 ११ 층 मा गायिका शर्मिला गुरुङ, तमू चलचित्रकी नायिका/मोडल अस्मि गुरुङ, गायक तथा म्युजिक एरेन्ज तेजेन्द्र गुरुङ लगायत स्थानीय कलाकारहरुको साथमा "तमू ल्होसार कार्यक्रम-२०८०” गर्ने भएको छ। कोरिया बसाईको क्रममा तमूहरुलाई आइपर्ने विविध दुख, कष्ट तथा समस्याहरुलाई समाधान गर्ने, तमू भाषा, लिपी, भेष-भूषा, धर्म संस्कार र संस्कृतिको संरक्षण संवर्धन गर्ने, तमूहरुको आपसी एकता, सद्भाव अभिवृद्धि, समग्र तमू समुदायको वृहत्तर हित र तमू समुदायको उत्थान एवं देश विदेशमा रहेका संघ-संस्थाहरूसंग समन्वय गर्ने उदेश्य राखी सन १९९९ मा स्थापित गौरवशाली संस्था तमू धीं दक्षिण कोरियाले निरन्तर रुपमा तमूहरूको महान चाड एवं राष्ट्रिय पर्व तमू ल्होसार मनाउदै आईरहेका छ । विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू ध...
तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 मा ल्होसार मनाउने

तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 मा ल्होसार मनाउने

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, धर्म सस्कृति, मनोरञ्जन
  तमू धीं दक्षिण कोरिया केन्द्र सउलको शाखाको रुपमा 2018 मा स्थापित संस्था तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले दक्षिण कोरियाको दक्षिणी भेगमा बिभिन्न पेशा, ब्यबसायमा आवद्व गुरूङ दाजुभाई तथा दिदी बहिनीहरूलाई एकिकृत गर्दै, गैर गुरुङ नेपाली दाजुभाई दिदी बहिनीहरूलाई आमन्त्रण गरी ल्होसार मनाउँदै आएको थियो, त्यसैलाई निरन्तरता दिदैँ यसपाली पनि तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 आइतबार भव्य रूपमा ल्होसार मनाउने भएको हो । बिशेषत नेपालमा तिन प्रकारको ल्होसार/ल्होछार मनाईन्छ, गुरूङ जातिले पौष १५ मा तमू/गुरुङ ल्होसार, तमाङ जातिले माघको पहिलो हप्तामा सोनाम ल्होसार र शेर्पा जातिले फाल्गुन महिनामा ग्याल्पो ल्होसार, "तमू ल्होसार" गुरूङ जातिको महान तथा मौलिक राष्ट्रिय चाड हो, गुरूङ जातिले ल्हो सर्ने, परिवर्तन हुने, अर्थात पौष १५ देखि नयाँ बर्षको सुरू हुने अवसरमा नयाँ ल्होलाई स्वागत ग...
आजको राशिफल : २०८० मंसिर २९ गते (शुक्रवार)

आजको राशिफल : २०८० मंसिर २९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ,...