Advertisement
Advertisement

सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

Advertisement
Advertisement

 

सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

काठमाडौँ । तेह्रथुमबाट एक जना स्थायी शिक्षकले केही समय अगाडि राजीनामा दिए । २०७९ को चैतमा शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नियुक्ति लिएका ती शिक्षक केही दिन अगाडिमात्रै राजीनामा दिएर दक्षिण कोरिया प्रस्थान गरेका हुन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा पढेर परीक्षा दिँदै उनी वैदेशिक रोजगारीका लागि कोरिया पुगेका हुन् । नेपालमा जागिर गरेर आफ्नो जीविकोपार्जन गर्न गाह्रो हुने भन्दै उनले कोरियन भाषाको समेत तयारी गर्दै आएका थिए ।

उनीजस्ता शिक्षकका साथै निजामती क्षेत्रका तल्लो दर्जाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीजस्ता सरकारी सेवाबाट राजीनामा गरेर कोरिया जाने धेरै छन् ।

केही दिन अगाडि सशस्त्र प्रहरीका एक जना असईले ईपीएस कोरिया शाखाका प्रमुखसँग एउटा जिज्ञासा राखे । ड्युटीमा खटिरहेका ती असईले कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीलाई कोरियाको विषयमा जिज्ञासा राखेका थिए

जागिरकै क्रममा उनले कोरियन भाषासमेत पढेका छन् । ईपीएस परीक्षासमेत पास गरिसकेका उनले अब सिप बिल्डिङ तर्फको दोस्रो परीक्षा पास गर्न बाँकी छ । त्यसैले उनले कार्यालयका निर्देशक सुवेदीलाई राजीनामा कहिले दिउँ भनेर सोधेका थिए ।

उहाँले मलाई राजीनामा कहिले दिउँ सर भनेर सोध्नुभएको थियो । मैले तत्काल नदिनुहोस् । यताको सबै परीक्षा पास भएर जाने बेलामात्र राजीनामा दिनुहोला भनेको छु,’ सुवेदीले भने ।

नेपालीहरूका लागि कोरिया प्रमुख श्रम गन्तव्य मुलुक हो । भाषा परीक्षा पास गरेर बर्सेनि नेपालीहरू कोरिया गइरहेका छन् । कोरियामा नेपाली युवाले मासिक ३ देखि ५ लाख रूपैयाँसम्म कमाउँदै आएका छन् । जसले गर्दा पनि धेरै नेपालीका लागि कोरिया प्रमुख रोजाइमा पर्दै आएको छ ।

निर्देशक सुवेदीका अनुसार ईपीएसमार्फत कोरिया जानेमध्ये १० देखि १५ प्रतिशत सरकारी कर्मचारी छन् । प्रहरी निरीक्षक, सुब्बा, शिक्षक आदि पोष्टका कर्मचारीहरू समेत जागिर छाडेर कोरिया गएको उनको भनाइ छ । कोरिया जानेहरूमा प्रधानाध्यापक तथा वडाअध्यक्ष समेत रहेको उनले सुनाए ।

‘ठ्याक्कै यति जना सरकारी कर्मचारी गए भनेर त छुट्याउन सकिने अवस्था हुँदैन । तर, जानेमध्ये १० देखि १५ प्रतिशत कर्मचारी, शिक्षक, प्रहरी, आर्मी छन् । माथिल्लो पोष्टभन्दा पनि तल्लो तहका कर्मचारीहरू यसतर्फ केन्द्रित देखिन्छन्,’ निर्देशक सुवेदीले भने ।

त्यसरी जानेहरूमा पेन्सन पाइसकेका कर्मचारीहरू समेत रहेको उनको भनाइ छ । ‘आर्मी, प्रहरी कतिपय त पेन्सन नै पाकेका पनि हुन्छन् । १६ वर्षमा जागिर खान्छन् । अनि चाँडै पेन्सन पाकिसकेको हुन्छ । पेन्सन पाकेपछि कोरियातिर जाने गरेको देखिन्छ,’ उनले भने ।

कोरिया जानका लागि १८ वर्षभन्दा माथि र ३९ वर्ष मुनिकाले आवेदन दिन पाउँछन् । निजामती कर्मचारीको हकमा पेन्सन नै पाकेर जानेको संख्या कम देखिएको सुवेदीको भनाइ छ । ‘लोक सेवा तयारी गर्दागर्दै धेरै उमेर गइसकेको हुन्छ । जसले गर्दा पेन्सन पनि ढिलै हुन्छ । उनीहरू खासै देखिएका छैनन्,’ सुवेदीले भने ।

सरकारी कर्मचारीहरू जागिर छाडेर कोरियातर्फ कति गए भन्ने विषयमा सरकारले सर्वेक्षण भने गरेको छैन । यसरी सरकारी कर्मचारीसमेत जाने क्रम नरोकिए भोलि सरकारी जागिर खाने मान्छे नै नरहनेप्रति सुवेदीले चिन्ता व्यक्त गरे ।

‘भोलि गएर सरकारी जागिर खाने मान्छे नै नभेटिन सक्छ । सरकारले सरकारी कर्मचारीले आवेदन दिन नपाउने भनेर रोक लगाउनुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने ।

नेपाल र कोरिया सरकारबिच भएको सम्झौता अनुसार कोरियामा नेपालीले रोजगारीको अवसर पाउँदै आएका हुन् । कोरियामा रियल टाइम नै १ लाख नेपाली पु¥याउने लक्ष्य छ । अर्थात् कोरियामा कार्यरत नै १ लाख नेपाली हुनेगरी पठाइनेछ ।

अहिलेसम्म १ लाख ५ हजारभन्दा बढी नेपाली कोरिया गइसकेका छन् । जसमध्ये हाल ४५ हजारको हाराहारीमा कार्यरत छन् । बाँकी नेपाल फर्किसकेका छन् ।

कोरियामा कृषि तथा पशुपालन, मेनुफेक्चर, सिप बिल्डिङमा नेपालीहरु जाने गरेका छन् । अब चाँडै नै कन्स्ट्रक्सन र सर्भिस सेक्टरमा समेत खोल्ने तयारी छ । सर्भिस सेक्टर अन्तर्गत होटलमा कुक, वेइटर, कवाडी उठाउने जस्ता काम पर्दछन् ।

कोरियास्थित रोजगारदाताहरूले नेपालीहरूको काम मन पराउने गरेका छन् । जसले गर्दा नेपालीहरुले बढी अवसर पाइरहेका छन् ।

राष्ट्रिय किताबखाना (शिक्षक) को तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्षमा ४ हजार ८०० भन्दा बढी शिक्षकले राजीनामा बुझाएका छन् । त्यस्तै पछिल्लो पाँच आर्थिक वर्षमा झण्डै ७ हजार प्रहरीले राजीनामा दिएका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्ममा ६ हजार ९८३ प्रहरीले राजीनामा बुझाएका हुन् ।

यसरी सरकारी कर्मचारी नै राजीनामा दिएर विदेश जान थाल्नु राज्यका लागि चुनौतीको विषय हुनसक्छ ।

𝐯𝐢𝐚:𝐫𝐚𝐭𝐨𝐩𝐚𝐭𝐢.𝐂𝐨𝐦

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×