
विशाल आवाज:तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्बर ३१ तारिख आइतबार का दिन SW컨벤션센터예식장 ११ 층 मा गायिका शर्मिला गुरुङ, तमू चलचित्रकी नायिका/मोडल अस्मि गुरुङ, गायक तथा म्युजिक एरेन्ज तेजेन्द्र गुरुङ लगायत स्थानीय कलाकारहरुको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०” गर्ने भएको छ।
कोरिया बसाईको क्रममा तमूहरुलाई आइपर्ने विविध दुख, कष्ट तथा समस्याहरुलाई समाधान गर्ने, तमू भाषा, लिपी, भेष-भूषा, धर्म संस्कार र संस्कृतिको संरक्षण संवर्धन गर्ने, तमूहरुको आपसी एकता, सद्भाव अभिवृद्धि, समग्र तमू समुदायको वृहत्तर हित र तमू समुदायको उत्थान एवं देश विदेशमा रहेका संघ-संस्थाहरूसंग समन्वय गर्ने उदेश्य राखी सन १९९९ मा स्थापित गौरवशाली संस्था तमू धीं दक्षिण कोरियाले निरन्तर रुपमा तमूहरूको महान चाड एवं राष्ट्रिय पर्व तमू ल्होसार मनाउदै आईरहेका छ ।
विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले तमूहरुको महान पर्व एवं नेपाली राष्ट्रीय पर्व तमू ल्होसारको पावन अवसरमा हि ल्हो (बिरालो वर्ग) को विदाई र मुप्री ल्हो(गिद्ध वर्ग) को स्वागत गर्दै तमूहरुको मौलिक परिकारहरु सहित स्योंकै(दिवा भोज), शुभकामना आदानप्रदान, स्याई-स्याई कार्यक्रम र विविध सांस्कृतिक कार्यक्रमको साथमा भव्य रुपमा मनाउन गईरहेको “तमू (मुप्री)ल्होसार २०८०” कार्यक्रममा गरिमामय उपस्थिति जनाईदिनुहुन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

विस्तृत जानकारी:
मितिः २०२३ डिसेम्बर ३१ तारिख आईतबार ।
समयः दिनको १२ः०० बजे देखि साझ ७ बजेसम्म।
स्थानः SW컨벤션센터예식장 ११ 층 दोङ्म्यो आफ स्टेशन, ६ नम्बर गेट।









