विशाल आवाज:खिम छन्त्याल र पुर्णकला बि.सीको आवाजमा मौलिक पन्चेबाजा गित “सधै फेल हुन्छु”को म्युजिक भिडियो सार्वजनिक भएको छ।
खिम छन्त्यालको शब्द तथा लय सृजना रहेको गितमा छन्त्याल लाई आवाजमा लोकप्रिय गायिका पुर्णकला बि.सी ले साथ दिएकि छिन्।स्थाई डिजिटल रेकर्डिङ् स्टुडियो अनामनगर काठमाडौमा रेकर्ड गरिएको उक्त गितमा कृष्ण के.सीको संगित संयोजन र कुमार थापाको मिक्सिङ् रहेको छ।निर्देशक प्रेम थापाको निर्देशन रहेको म्युजिक भिडियो मा मोडल सारिका के.सी र खिम छन्त्याल को अभिनय देख्न सकिन्छ। राम के.सीले छायांकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन्।
गायक छन्त्यालले प्रदेशी भुमीमा रहेर पनि नेपाली गित संगितलाई निरन्तरता दिदै यस अघि पनि कोरियन रेल,मनै उडायो,कोरिया जानी,आधा ज्यान बिदेशलाई चन्दा भो जस्ता गितहरु बजारमा ल्याई सकेका छन्।
Post Views: 604










