Advertisement
Advertisement

Breaking News

पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन

पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन प्रवासी पर्वतेहरूलाई एक सूत्रमा बाँध्दै आएको पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सउलको दोङ्देमुनस्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले बिमल खत्रीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। “एकता, सहयोग र साझा अभियानमार्फत प्रवासी पर्वतेको पहिचान मजबूत बनाउँदै समृद्ध पर्वत निर्माणमा योगदान पुर्याउने” उद्देश्यसहित सम्पन्न अधिवेशन निकै उत्साहपूर्ण र सहभागीमूलक भएको आयोजकले जनाएको छ। नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष • बिमल खत्री वरिष्ठ उपाध्यक्ष • आशिष गुरुङ उपाध्यक्षहरू • मेघ पौडेल • प्रकाश पाण्डेय • सृजना तिवारी (महिला) महासचिव • जीवन पौडेल सचिवहरू • सलिन शर्मा • सुनिल भुसाल (कृष्ण) कोषाध्यक्ष • सरोज क...
कोरियामा ‘जेनजी रेड फोर्स’ नाम परिवर्तन: अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विस्तार हुने

कोरियामा ‘जेनजी रेड फोर्स’ नाम परिवर्तन: अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विस्तार हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट जेनजी रेड फोर्स दक्षिण कोरिया ले आफ्नो संगठनात्मक र नाममा महत्वपूर्ण परिवर्तन गर्दै अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विधिवत् रूपमा गतिविधि सञ्चालन गर्ने घोषणा गरेको छ। संगठनले सामाजिक, नैतिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा कोरियाली समाजलाई कुनै पनि प्रकारको बाधा वा नकारात्मक प्रभाव नपर्नेगरी स्वस्थ, उत्तरदायी र सकारात्मक गतिविधि मात्र सञ्चालन गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। संगठनले आफ्नो पहिचान परिमार्जन गर्दै यसरी तीन मुख्य आधारलाई प्राथमिकता दिएको छ— • झण्डा : देशको प्रतीक • झोला : जिम्मेवारीको बोझ • सिद्धान्त–विचार : विकासवाद र समाजवाद संगठनका अनुसार, “आम प्रगतिशील परिवर्तनको चाहना राख्ने, विकासप्रेमी सोच भएका तथा सबल राजनीतिक चेतना बोकेका सम्पूर्ण नेपाली युवा वर्गलाई संगठित हुन आह्वान” गरिएको छ। ‘प्रवा...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रमा नेतृत्वको रस्साकस्सी अध्यक्ष पदमा रामबहादुर तामाङको औपचारिक घोषणा

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रमा नेतृत्वको रस्साकस्सी अध्यक्ष पदमा रामबहादुर तामाङको औपचारिक घोषणा

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको १२औँ महाधिवेशन यही आइतबार (नोभेम्बर २३) सम्पन्न हुँदै छ। महाधिवेशन नजिकिँदै जाँदा संस्थाभित्र नयाँ नेतृत्व चयनको बहस झन् तीव्र बन्दै गएको छ। खासगरी अध्यक्ष पदमा देखिएको प्रतिस्पर्धाले समुदायभित्र उत्साह, ऊर्जा र थप राजनीतिक तापक्रम बढाएको छ। यही बीच, संस्थाका वर्तमान वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दै नेतृत्व दौडमा शक्तिशाली प्रवेश गरेका छन्। 🔶 रामबहादुर तामाङ : निरन्तर सेवा यात्राबाट केन्द्रिय नेतृत्वसम्म “समाजका लागि केही गर्नुपर्छ” भन्ने अठोटसहित २०१८ बाट सुरु भएको तामाङको सामाजिक यात्रा आजसम्म निरन्तर सक्रिय छ। • तामाङ समाज ख्याङसाङनाम्दो–बुसान (हाल तामाङ घेदुङ बुसान शाखा) का संस्थापक • क्रमशः सचिव, उपाध्यक्ष, संगठन एकीकरणपछि केन्द्रीय उपाध्यक्ष • हाल नेपाल तामाङ घेदुङ दक्षिण कोरिया वरि...
‘परान’ बन्यो २०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म कोरियामा पनि प्रदर्सन  हुँदै अन्य शहरको लागि बुकिङ् खुला

‘परान’ बन्यो २०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म कोरियामा पनि प्रदर्सन हुँदै अन्य शहरको लागि बुकिङ् खुला

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नीर शाह स्टारर फिल्म ‘परान’ २०८२ सालमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ । प्रदर्शनको २१ औं दिन बिहीबार बेलुका ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कमाएको छ । फिल्मले अनमोल केसी स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कमाइलाई समेत उछिनेको छ । जेरीको कमाइ बिहीबार बेलुका ६ बजेसम्म बक्सअफिसमा १२ करोड १४ लाख नेरु ग्रस छ ।दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ ले आगामी सप्ताहन्त (शुक्रबार र शनिबार) १४ करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । यो अनुमानका सूचक सकारात्मक यसकारण देखिएका छन् कि फिल्मले विकडेजमा पनि दैनिक ३० देखि ५० लाख औषत कमाइरहेको छ, जुन सशक्त हो । बलियो ‘वर्ड अफ माउथ’ लाई, जसको कारण यो फिल्मको गति अझै रोकिएको छैन । फिल्म अन्तर्राष्ट्रिय बजारहरूमा पनि प्रदर्शन तयारीमा छ । यसै अनुरुप कोरियामा पनि डाइनामिक मोरङ कमिटिले कोरिया प्र...
दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि ‘जारी २’ खोसङमा नोभेम्बर २२ मा प्रदर्शन हुँदै

दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि ‘जारी २’ खोसङमा नोभेम्बर २२ मा प्रदर्शन हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि खोसङमा पनि भोली नोभेम्बर २२ मा प्रदर्सन हुने भएको छ। खोसङ नेपाली समाजको को आयोजनामा भोली शनिबारका दिन साझ ६:३० बजे 고성국문화체육센터 मा प्रदर्शन हुन लागेको ‘जारी २’ को शोप्रति कोरियामा रहेका नेपाली दर्शकहरूको उत्साह अत्यधिक देखिएको छ। ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। फिल्मको लेखन र निर्देशन उपेन्द्र सुब्बा ले गरेका छन् भने छायांकन सञ्जय लामा, सम्पादन निमेष श्रेष्ठ, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड स्कोर कोविद बज्रचार्य, र रंग संयोजन राजेन्द्र मोक्तान द्वारा गरिएको छ। ...
कोरियामा दिवंगत विद्यार्थी रोशन पख्रिनका लागि संकलित १ करोड ८१ लाख सहयोग रकम सार्वजनिक, बाँकी रकम परिवारलाई हस्तान्तरण हुने

कोरियामा दिवंगत विद्यार्थी रोशन पख्रिनका लागि संकलित १ करोड ८१ लाख सहयोग रकम सार्वजनिक, बाँकी रकम परिवारलाई हस्तान्तरण हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
गत नोभेम्बर ७ तारिकका दिन आत्महत्याको प्रयास पश्चात उपचारका लागि तत्काल अस्पताल पुर्याइएको दोङ ए विश्वविद्यालय बुसानमा अध्यनरत नेपाली विद्यार्थी रोशन बहादुर पख्रिनको उपचारको क्रममा २०२५ नोभेम्बर १० तारिक मृत्यु भएपछि उनको उपचार खर्च र शव नेपाल पठाउन लागेको खर्चमा सहयोग गर्न नेपाल विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) र अन्य संघ–संस्थाले सहयोग अभियान सञ्चालन गरी आवश्यक रकम सङ्कलन गरेको छ। उनको उपचार खर्च र शवको नेपाल सम्म पुर्याउनको लागि SONSIK ले नोभेम्बर ११ देखि नोभेम्बर १५ सम्म आन्तरिक तथा सार्वजनिक आर्थिक सङ्कलन अभियान चलाएको थियो। अभियानमार्फत कोरियामा अवस्थित विभिन्न संघसंस्था, विद्यार्थी समूह र समुदायले सक्रिय सहभागिता जनाउँदै कुल 18,176,322 कोरियन वोन सङ्कलन भएको जनाएको छ। SONSIK द्वारा सार्वजनिक गरिएको विवरण अनुसार: • कुल सङ्कलन: ₩18,176,322 • हस्पिटल बिल र सम्बन्धित ...
नोभेम्बर ३० मा बुसानमा नेपाली चलचित्र ‘माइतीघर’ महिला शेल्टरको सहयोगार्थ विशेष प्रर्दशन हुँदै

नोभेम्बर ३० मा बुसानमा नेपाली चलचित्र ‘माइतीघर’ महिला शेल्टरको सहयोगार्थ विशेष प्रर्दशन हुँदै

Breaking News, Breaking news 1, जानकारी, धर्म/ज्योतिश, भर्खरै, समाचार
नेपाल तामाङ घेदुङ ख्यङ्साङ, बुसान शाखाका आयोजनामा महिला शेल्टर “नाना आङा धिम” लाई सहयोग गर्ने उद्धेश्यले नेपाली कथानक चलचित्र ‘माइतीघर’ को विशेष प्रर्दशन आउँदो ३० नोभेम्बर २०२५ मा किम्हे (가야 대학교 김해) मा आयोजना गरिने भएको छ। कार्यक्रम दिउँसो १:०० बजे सुरु हुनेछ। फिल्म निर्देशक मिलन तामाङ द्वारा निर्देशित यो चलचित्रले मुख्यतः माइतीघर र छोरीको सम्बन्ध र तामाङ सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको बताइएको छ। चलचित्रमा प्रकाश, उपासना र धीरजका साथै केदार घिमिरे, श्यामाश्री शेर्पा, वराज लामा, बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मका लेखक रामशरण पाठक हुन् भने रबिन शेरचन र धिरज तामाङले लगानीकर्ता भई चलचित्र निर्माणमा सहयोग गरेका छन्। कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन् र रोहित अधिकारी प्रस्तोता हुनुहुन्छ। प्रवेश टिकटको मूल्य ...
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्दारा साधारण सदस्यता आवेदन खुला,समयसिमा १० दिन मात्रै

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्दारा साधारण सदस्यता आवेदन खुला,समयसिमा १० दिन मात्रै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले कोरियामा पत्रकारिता पेशामा सक्रिय रुपमा पत्रकारिता गरीरहेका नेपाली सञ्चारकर्मीहरूलाई संस्थागत रूपमा समावेश गर्न साधारण सदस्यता आवेदन खुला गरेको घोषणा गरेको छ। महासंघले संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ २०२५ नोभेम्बर १९ देखि २०२५ नोभेम्बर ३० तारिकसम्म साधारण सदस्यता आवेदन खुला गरेको जानकारी गराएको छ। निर्धारित योग्यता पूरा गर्ने इच्छुक पत्रकारहरूले तोकिएको मिति भित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्नेछन्। आवश्यक योग्यता आवेदकले तल उल्लेखित मध्ये कम्तीमा एक योग्यता पूरा गरेको हुनुपर्छ– • स्नातक उत्तीर्ण भई कम्तीमा एक वर्ष पत्रकारितामा संलग्न व्यक्ति, वा • +२/उच्चमाध्यमिक उत्तीर्ण भई कम्तीमा दुई वर्ष पत्रकारितामा संलग्न व्यक्ति। यद्यपि महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुसलिम, अपाङ्गता भएका तथा लैङ्गिक/अन्य पहिचान भएका तथा ...
दक्षिण कोरियामा निधन भएकी नेपाली महिलाको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन

दक्षिण कोरियामा निधन भएकी नेपाली महिलाको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको जुङ्बुक (중복 대소) क्षेत्रमा बसोबास गर्दै आएकी माया रोस्याराको असामयिक र अकल्पनीय निधन भएको घटनापछि, उहाँको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन सुरु गरिएको छ। माया रोस्यारा डडेलधुरा जिल्ला, नवदुर्गा गाउँपालिका–१ देउमाडाकी बुबाघर तथा हाल कोरियामा E-7-4 भिसाधारी पुस्कर राज धिक्त्तकी धर्मपत्नी हुन्। उहाँ ४ महिनाकी नवजात शिशुकी आमा समेत हुनुहुन्थ्यो। आत्महत्याको कारणबारे आधिकारिक पुष्टि नभए पनि, स्थानीय सुरक्षा निकायले आवश्यक अनुसन्धान जारी राखेको बुझिएको छ। दुर्भाग्यवश, माया रोस्यारा F-3 (dependent) भिसामा रहेकाले कुनै प्रकारको बीमा सुविधा उपलब्ध नभएको र पार्थिव शरीर नेपाल पठाउन डरलाग्दो मात्रामा खर्च हुने भएकाले कोरियास्थित सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आर्थिक सहयोगका लागि अभियान सञ्चालन गरेको जनाएको छ। समाजले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिन...
५औँ NRNA Pool Tournament–2025 नोभेम्बर २३ मा हुँदै

५औँ NRNA Pool Tournament–2025 नोभेम्बर २३ मा हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
NRNA ख्यङसानद्वारा नोभेम्बर २३ किम्हे बुसानमा ५औँ NRNA Pool Tournament–2025 आयोजना हुने भएको छ। कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट सामाजिक सेवा र सहकार्यको भावना विस्तार गर्ने उद्देश्यसाथ आयोजना हुने यस प्रतियोगितामा सहभागी हुन सबै पूल–प्रेमी खेलाडी हरूलाई आयोजकले हार्दिक आह्वान गरेको छ। आपतकालीन राहतकोष स्थापनाका लागि सामाजिक सेवामूलक रूपमा सञ्चालन हुने यो प्रतियोगिता नोभेम्बर २३ (आइतबार) बिहान ९ बजेदेखि 김해시 분성로 355번길 12-1, 3층 मा सुरु हुनेछ। आकर्षक पुरस्कारका कारण पनि यो प्रतियोगिताले समुदायभित्र उल्लेख्य उत्साह सिर्जना गरेको आयोजकहरूको भनाइ छ। प्रतियोगितामा पहिलो हुने खेलाडीले १४ लाख वोन, दोस्रोले ७ लाख वोन, तेस्रोले ३ लाख वोन, र सान्त्वना खेलाडीले १ लाख वोन सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले ७० हजार वोन प्रवेश श...